Janakpur Khabar
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
Janakpur Khabar
No Result
View All Result

दलित महिला जनप्रतिनिधिको भूमिका महत्वपूर्ण

जनकपुरखबर संवाददाता जनकपुरखबर संवाददाता
असार २८, २०७८
In समाज
0

पोखरा,२८ असार : गण्डकी प्रदेश प्रमुख सीताकुमारी पौडेलले आफ्नो अधिकारको खोजी गरेर समतामूलक समाज निर्माणको लागि दलित महिला जनप्रतिनिधिको भूमिका महत्वपूर्ण हुने बताउनु भएको छ । जिल्ला समन्वय समिति(जिसस) कास्कीको आयोजनामा स्थानीय तहका निर्वाचित दलित महिला वडा सदस्य र जिसस पदाधिकारीका लागि आयोजना गरिएको क्षमता अभिवृद्धि कार्यक्रमको उद्घाटन गर्दै उहाँले कानूनीरुपमै मानव–मानवबीचको सम्बन्धमा कुरीतिको रुपमा रहेको जातीय भेदभावको अन्त्य भइसकेको उल्लेख गर्नुभयो ।

प्रदेश प्रमुख पौडेलले २०६३ जेठ २१ गते नै नेपाललाई छुवाछूतमुक्त राष्ट्र घोषणा गरेको र २०६८ मा जातीय भेदभाव तथा छुवाछूत कसूर र सजाय ऐन बनेको बताउनुभयो । उहाँले शताब्दीयौँ देखि बहिष्कृत दलित समुदायको उत्थानका लागि जनप्रतिनिधिले वडा तथा पालिकाका नीति कार्यक्रम योजना तर्जुमा गर्दा यथोचित सहभागिता हुन आवश्यक रहेको बताउनु भयो ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले संविधानले सबैखाले विभेद्को अन्त्य गर्ने कुराको सुनिश्चित गर्दै मौलिक हक अन्तर्गत समानताको हक, छुवाछूत तथा भेदभाव विरुद्धको हक व्यवस्था गरेकाको जनप्रतिनिधिले आफ्नो अधिकारको प्रयोग गरेर सामाजिक रुपान्तरणमा जुट्नुपर्ने बताउनुभयो ।

जिससका प्रमुख बैनबहादुर क्षेत्रीले सबै प्रकारका जातीय विभेद, कुरीति, कुसंस्कार, अन्धविश्वासजस्ता अमानवीय व्यवहारलाई निर्मूल गर्न जनप्रतिनिधिले सचेतनामा जोड दिनुपर्दछ भन्नुभयो । दुई दिनसम्म सञ्चालन हुने सो कार्यक्रममा जिल्लाका ७२ वडाका ३६ जनाको सहभागिता रहेको जिससका उपप्रमुख सावित्री भण्डारीले जानकारी दिनुभयो ।(रासस)

  • 19shares
  • Share
  • Tweet
  • Facebook Messenger
  • WhatsApp
  • Email
  • Print
जनकपुरखबर संवाददाता

जनकपुरखबर संवाददाता

सम्बन्धित समाचार

समाज

सिरहाका डीएसपी पासवानको कार्यशैली प्रति स्थानीय जन-प्रतिनिधिहरूले गरे प्रशंसा

बैशाख २३, २०८२
समाज

बुद्धिजीवी संगठन द्वारा बाढी पहिरो पीडित लाई पाँच लाख बढी सहयोग

कार्तिक ७, २०८१
समाज

मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा : छैटौँ दिन ११ जना सडक आश्रित मानवहरुको उद्धार

कार्तिक ४, २०८१
समाज

सप्तरी बाट १३ जना सडक आश्रित मानिसहरुको उद्धार

कार्तिक ३, २०८१
समाज

डेंगी सङ्क्रमितको संख्या १९ हजार नाघ्यो, नौं जनाको मृत्यु

अशोज ३०, २०८१
समाज

पशुपति विकास कोषको दावी : ‘मारवाडीलाई मोहियानी हक पाउने प्रमाण छैन्’

अशोज २९, २०८१

आफ्नो प्रतिकृया दिनुहोस्

ताजा खबर

उच्च रक्तचाप बाट बच्न दैनिक व्यायाम आवश्यक

जेष्ठ ४, २०८२

उच्च रक्तचाप ‘साइलेन्ट किलर’ हो, लक्षण नदेखिन सक्छ : डा.मिश्र

जेष्ठ ४, २०८२

वीरेन्द्रनगरमा ढकमक्क गुलमोहर

जेष्ठ ४, २०८२

वाटर पार्कमा विद्यार्थी र प्रहरीबीच झडप, अश्रुग्यास प्रहार

जेष्ठ ४, २०८२

अस्पताल सञ्चालनमा प्रदेश सरकार पूर्वाग्रही भएको कांग्रेसको आरोप

जेष्ठ ४, २०८२

एमालेको बहुमत सरकार आवश्यक छ: प्रधानमन्त्री ओली

जेष्ठ ४, २०८२

आज ‘विश्व दूरसञ्चार दिवस’ देशभर मनाइँदै

जेष्ठ ४, २०८२

गभर्नर नियुक्तिमा मेरिटोक्रेसीलाई प्राथमिकता दिइनेछ : प्रधानमन्त्री ओली

जेष्ठ २, २०८२



प्रकाशक - जनकपुर खबर मिडिया ग्रुप प्रा.लि.
अध्यक्ष तथा प्रबन्ध निर्देशकः– रवि मंडल
सम्पादक - निरज कुमार मण्डल
+977-9854028150/9802328150
news@ejanakpurkhabar.com
सुचना बिभाग दर्ता नं. 2182/077-78

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

Send this to a friend