२३ फागुन,जनकपुरधाम: नेपालमा रहेका ७ वटा प्रदेश मध्ये सबभन्दा बढी कुष्ठ रोगि मधेश प्रदेशमा रहेको छ। मधेश प्रदेश सरकारको सामाजिक विकाश मन्त्रालयले आज जनकपुरधाममा आयोजना गरेको जिल्ला स्तरीय कुष्ठरोग सम्बन्धि योजना तर्जुमा तथा अभिमुखीकरण कार्यक्रममा वक्ताहरुले सो कुरा बताएका छन् । नेपालमा वार्षिकरुपमा पत्ता लाग्ने नयाँ कुष्ठरोगिहरु का विरामीहरु मध्ये ४० प्रतिशत जति यो प्रदेशमा रहेको एक तथ्यांकले देखाएको छ।
जस मध्ये बालबालिकाहरु को लागि यो डर उच्च रहेको छ। नयाँ रोगि पत्ता नलाग्दा अंग भंग, अपांगता तथा तरल जटिलता बढ्दै गएको देखिन्छ।पेप कार्यक्रमका लागि छानिएका धनुषा र महोत्तरी जिल्लामा विगत ८ वर्ष यता पत्ता लागेका कुष्ठरोगका नयाँ विरामीहरु,कुष्ठ रोग प्रभावित व्यक्तिहरु नजिकको सम्पर्कमा आएका व्यक्तिहरु लाइ यो कार्यक्रमका लागि लक्षित समुहका रुपमा लिएको छ।
लगभग ३ हजार ५ सय जना यस रोग बाट प्रभावित तथा २ लाख ८९ हजार १ सय जना सम्पर्कमा आएका व्यक्तिहरु लाई लामो समय सम्म औषधि खुवाएर निगरानीमा राखिएको छ । उक्त परियोजनाले ई जिल्ला मा सन् २०२५ सम्ममा रोग को संक्रमणलाई ५० प्रतिशतले र सन् २०३० बाट ९५ प्रतिशत भन्दा बढी न्यूनीकरण गर्ने लक्ष्य राखेको छ।
जिल्ला समन्वय समिति धनुषाका अध्यक्ष रामदेव मरवैता को सभापतित्वमा भएको सो गोष्ठीमा स्वास्थ्य निर्देशनालयका निर्देशक विजय झा ले समाजमा कुष्ठरोग लाई एउटा अभिशापको रुपमा लिइन्छ जुन कुरा गलत हो – र मधेश प्रदेश सरकारले कुष्ठ रोग लाई न्यूनीकरण गर्न विभिन्न प्रभावकारी कार्यक्रम ल्याएको बताउनु भएको छ।
आफ्नो प्रतिकृया दिनुहोस्