२८ बैशाख, मटिहानी : लोकतान्त्रिक समाजवादी पार्टी (नेपाल) समर्थित महोत्तरी जिल्ला अन्तर्गत मटिहानी नगरपालिकाका प्रमुख पदका उम्मेदवार हरि प्रसाद मंडल तथा उनका कार्यकर्ताहरु ऐबुल राईन,इसराफिल राइन,अभिषेख राईन,प्रदीप माझी तथा दर्जनौ समर्थक हरु समेतलाई केहि अराजक तत्वहरु ले कूटपिट गरि घाइते तुल्याएका छन् ।

निवर्तमान प्रमुख मंडल आफ्ना कार्यकर्ता सहित मंगलवार राति करिब ८:०० बजे तिर वडा नं. ३ को (बरदाहा) जादैं गरेको अवस्थामा उनले चढेको स्कार्पिओ गाडी लाई स्कौटिंग नै गरेर भिपेश चौधरी तथा त्यसको साथमा रहेका अन्य व्यक्तिको समुहले अचानक बीच बाटोमा गाडी घेरेर अन्य कुरामा हुल हुज्जत गरेको र धाकधम्कि समेत गालि बेइज्जत गरि गुन्डाशैलीमा मारपिट गरेको प्रमुख पदका प्रत्याशी हरि प्रसाद मंडलको भनाई रहेको छ।
मंडलले चढेको चार पांग्रे गाडी (स्कार्पिओ) को शिशा पनि फुटाइएको छ भने घरेलु हथियार प्रयोग गरेर उनि माथि संघातिक हमला को प्रयास पनि गरिएको थियो भने प्रत्यक्षदर्शीहरु ले बताएका छन । संघातिक हमला गर्ने मा पहिलो व्यक्ति एकिकृत समाजवादी पार्टीबाट मेयर पदका उम्मेदवार रहेका विजय चौधरीका छोरा भिपेश चौधरी हुन् भने बुझिएको छ ।तथा अन्यहरु को पहिचान गर्ने क्रम जारि छ।
बुझौं पिडित मेयर प्रत्याशी हरि प्रसाद मंडल को भनाई ,
“म एक चालक र दुईजना सहयोगीसंग बरदाहा जादै थिए । बरदाहा पुग्नु भन्दा अगावै कलौवा पोखरी नजिक दिवेश चौधरीले स्कारपियो ओभर टेक गरेर अगाडी तेर्स्याउदै रोक्न लगायो र मेरो चालकलाई गाली गलौज गर्न थाल्यो । सो पछि मलाई देखेपछि मेरो मोटरसाईकल किन ओभरटेक गरेको भन्दै अश्लिल गाली गलौज गर्न थाले । आफ्ना सहयोगी भाईहरुले किन गाली गलौज गरेको भनेपछि दिवेशसंगै आएका करिव दशजनाको समुहले गाडीको सिसा फुटाउदै आफुहरुमाथि आक्रमण गरे । दिवेशले चालक र सहयोगीहरुमाथी हातपात गरे र मेरो कौलर समाते । पछि स्थिति असामान्य बन्दै गएपछि स्थानिय म मंजुर शेषको घरमा गएर ज्यान जोगाए ।

मटिहानीमा आफुमाथि विजय चौधरी समुहले पटक पटक आक्रमणको प्रयास गर्ने गरेको बताउदै निवर्तमान मेयर मण्डलले आफ्नै पालिकामा गुन्डाशैलीमा भएको आक्रमणको भत्सर्ना गर्दै दोषीलाई कार्यवाहीको मांग गरेका छन ।यता आरोपी पीडक हरु संग यस घटना बारे सम्पर्क गर्न खोज्दा उनीहरु सम्पर्कमा आउन नचाहेको सुत्रले बताएका छन्।
विजय कुमार चौधरीको जेठो भाई जय कुमार चौधरी, छोरा भितेश चौधरी लगायत नीरज चौधरी, निशान्त चौधरी, दिपक कलर, राजा बाबु चौधरी, बिकेश साह, आशीष चौधरी, धनन्जय साह र अन्यहरु ले मेयर उम्मेदवार हरि प्रसाद मंडल माथि ज्यान नै जाने गरि गरिएको हमला भनेर यसको विरोधमा स्थानीयहरुद्वारा प्रदर्शन गर्ने क्रम जारि छ ,भने उक्त घटनाको सत्य तथ्य बारे उच्च स्तरीय छानबिन भैरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका एसपी कृष्ण प्रसाद पंगेनीले बताएका छन ।एसपी पंगेनी काअनुसार मटिहानीमा आज साँझ सम्म सम्पूर्ण स्थिति पूर्ण रुपमा सामान्य ढंगले बहाल हुने छन्।
आफ्नो प्रतिकृया दिनुहोस्