२८ बैशाख, (रवि कुमार) : गए राति मंगलवार ८ बजेको समयमा केहि अराजक जत्था का समुह द्वारा महोत्तरी स्थित मटिहानी न. पा. का निवर्तमान प्रमुख तथा पुन : लोकतान्त्रिक समाजवादी पार्टी (नेपाल) को समर्थनमा मटिहानी नगर पालिकाको लागि प्रमुख पदका उम्मेदवार हरि प्रसाद मंडल र उनका संग रहेका लोसपा कार्यकर्ता सहित पुर्व मन्त्रि चन्दा चौधरी माथि गरिएको हुल हुज्जत र गालि बेइज्जति गरि निजहरुको घरमा तोडफोड समेत ज्यान नै जाने गरि आक्रमणको प्रयास तथा संघातिक हमलाको विरोधमा मधेशका प्रमुख पार्टी लोसपा नेपालले स्व- स्फुर्त रुपमा संज्ञान लिएको छ ।

साथै गम्भीर रुपमा यस घटनाको छानबिन गरि दोषी उपर कडा भन्दा कडा कार्यवाही गर्न नेपाल सरकार तथा निर्वाचन आयोग संग मांग गरेको छ। यस संगै शान्तिपूर्ण तरिकाले कुनै पनि अमार्यदित गतिविधि नगर्न सबै पक्ष संग लोसपा (नेपाल)का सर्वमान्य नेता महन्त ठाकुर द्वारा एक प्रेस विज्ञप्ति मार्फत सबै संग आग्रह गरिएको छ।



















आफ्नो प्रतिकृया दिनुहोस्