Janakpur Khabar
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
Janakpur Khabar
No Result
View All Result

वडा नं. २ का वासीहरुको घर डुबानमा

जनकपुरखबर संवाददाता जनकपुरखबर संवाददाता
असार १, २०७९
In समाचार
0

 १ असार,जनकपुरधाम (धर्मराज):अविरल वर्षाका कारण वडा नं. २ को जनकपुरधाम उप-महानगरपालिका कार्यालय आसपास क्षेत्रका केही घरहरू डुबानमा परेको छ । वर्षाका कारण पानी जाने निकास नहुँदा त्यस क्षेत्र डुबानमा परेको हो। यहाँका केही घरमा पानी पसेपछि त्यहाँका मानिसको विचल्ली बनेको छ , घर डुबानमा परी जलमग्न भई तलाउमा परिणत भएका छन्। स्थानीयहरुले बस्तीलाइ डुबानबाट जोगाउनको लागी राम्रो उपाए भनेको पानीको निकासामा राम्रो व्यवस्थापन हुनुपर्ने जनाएका छन्  ।

यो  समस्या धेरै दिन देखि यथावत रहेको छ । तर जिम्मेदार निकाय पूर्ण रुपले आँखा बन्द गरेको छ । वडावासीहरु कैयौ दिन यस समस्याको निदान लागि अधिकारी लगायत सम्बन्धित उच्च अधिकारी समेतको अगाडी हार गुहार लगाएता पनि आज सम्म कसैले यो गम्भीर समस्या हटाएन । अझ नालीहरुको सफाई नहुनु को कारण यो समस्या विकराल रूप लिदैं गईरहेको  छ । स्थानीय वासीहरुले यस सम्बन्धमा वडा अध्यक्ष शिव कुमार साह संग भेटि यस समस्याको निदान गर्न मांग गरेका छन् ।

स्थानीय संजु देवीले  घरभित्र पानी पसेर बस्न समस्या भएपछि छिमेकीको घरमा राति बास बसेको भनी उहाँले  सुनाउनुभयो । “सडक र नाली पूरै भरिएर घर डुबानमा परेको छ”,  “घरभित्र दुई फिटजति पानी जम्मा भएर खाद्यान्न, लुगाकपडा भिजेका छन् भने उनलाई खाना पकाउन समस्या भएको छ ।” उनका छिमेकी कैलाश महतोले बताए । रोड निर्माण संगै पानीको उचित निकासको व्यस्थापन हुन नसकेका कारण पनि थप समस्या निम्तिएको यहाँका अगुवाको भनाइ रहेको छ  ।

उपमहानगर भित्र भएका प्राकृतिक नदि नाला अतिक्रमण भएपछि डुबानको समस्या वर्षेनी दोहोरिने गरेको छ ।डुबानको अर्को मुख्य कारण  ‘जथाभावी रुपमा गरिएको प्लटिङ, भएको स्वाभाविक  नालीहरु अतिक्रमण, सडक बनाउँदा नालीलाई प्राथमिकतामा नदिइनु, घर बनाउँदा पानी बग्ने नालीको भाग नछाडि जथाभावी रुपमा बनाउँदा समस्या बढ्दै गएको स्थानीय पाण्डव सिंह  बताउँछन् ।  व्यवस्थित बनाइएको भनिए पनि पानी निकास हुने ठाँउ नभएपछि त्यस क्षेत्र का घर हरु डुबानमा पर्दै आएको छ ।

थुप्रै भित्री सडकहरुमा पानी बग्ने र डुबान हुने समस्या छ । कतिपय ठाउँमा नाला छ, देखाउनका लागि मात्रै ।सडक निर्माण गर्दा पानी निकास हुन नसकी डुबान हुने गरेको हो । जनकपुर  क्षेत्रमा विशेषगरी ठुला नाला र सुकुटी नाला सबैभन्दा बढी अतिक्रमणमा परेका छन्।  कतिपय ठाउँमा नहर पुरेर सडक बनाइएको छ भने कतिपय ठाउँमा पार्टी प्यालेस, निजी तथा सार्वजनिक भवन समेत बनाइ सकेको पाइएको  छ ।

  • 19shares
  • Share
  • Tweet
  • Facebook Messenger
  • WhatsApp
  • Email
  • Print
जनकपुरखबर संवाददाता

जनकपुरखबर संवाददाता

सम्बन्धित समाचार

समाचार

सर्लाहीमा पहिलो पटक आमाको नामबाट नागरिकता जारी

माघ १९, २०८२
समाचार

जनकपुर–ढल्केवर हाइवेमा शौचालय बनेको बाधक, सडक र सुचारु रेल्वे लाइनसँगै हुँदा दुर्घटनाको गम्भीर जोखिम , जिल्ला ट्राफिक कार्यालय धनुषाको ध्यानाकर्षण आवश्यक

पुस ११, २०८२
समाचार

GEN-Z हरुको बीचमा गुटबन्दी र खुट्टा तानातान गर्ने प्रवृत्ति हावी हुदै छ : मन्त्री पुन

अशोज २६, २०८२
समाचार

निर्वाचनमा जाने कुराहरुमा कसैको पनि विमति छैन : मन्त्री खरेल

अशोज २४, २०८२
समाचार

अनलाइन संचारमाध्यम दर्ता तथा नवीकरण गर्न अझै केही समय लाग्ने

अशोज २३, २०८२
समाचार

सिंहदरबारको आगो समयमा निभाउन नसकिएको कारण, “ प्रदर्शनकारीको अवरोध ” : मेयर बालेन

अशोज २१, २०८२

आफ्नो प्रतिकृया दिनुहोस्

ताजा खबर

आइसीसी टी–२० विश्वकप : नेपाल इंग्ल्याण्डसँग ४ रनले पराजित

माघ २५, २०८२

कांग्रेस–कम्युनिस्ट असफल हुँदा देशमा असहज अवस्था आयो : उपेन्द्र यादव

माघ २५, २०८२

नेपाल–भारत सीमामा संयुक्त गस्ती

माघ २५, २०८२

आदिवासी जनजाति पत्रकारका माग र मुद्दामा सरकार गम्भीर नभएको गुनासो

माघ २४, २०८२

अभिनेता थापाको असामयिक निधन प्रति प्रधानमन्त्री कार्कीद्वारा दु:ख व्यक्त

माघ २४, २०८२

फागुन १ बाट रिलिज हुने सिनेमा ‘श्री बुकुरो: द होम कलिङ’को नयाँ गीत सार्वजनिक

माघ २४, २०८२

रास्वपाका उम्मेदवारले केन्द्रीय कार्यालयमा करारपत्रमा हस्ताक्षर गर्नुपर्ने

माघ २४, २०८२

चुनावी अभियानमा बालिकाको मृत्यु: रास्वपा द्वारा क्षतिपूर्ति र न्यायको प्रतिबद्धता

माघ २३, २०८२



प्रकाशक - जनकपुर खबर मिडिया ग्रुप प्रा.लि.
अध्यक्ष तथा प्रबन्ध निर्देशकः– रवि मंडल
सम्पादक - निरज कुमार मण्डल
+977-9854028150/9802328150
news@ejanakpurkhabar.com
सुचना बिभाग दर्ता नं. 2182/077-78

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

Send this to a friend