१५ असार,जनकपुरधाम : पेस्तोल सहित प्रहरीले जनकपुरधामबाट एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जनकपुरधाम उपमहानगरपालिका–९ का ३७ वर्षीय मनिषकुमार अधिकारी रहेका छन् । जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको टोलीले अमेरिकन पेस्तोल सहित अधिकारीलाई पक्राउ गरेको प्रहरी नायब उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले जानकारी दिनुभयो ।
अधिकारीको घरको छतमाथि गोली चलेको भन्ने सुचना प्राप्त हुनासाथ तत्कालै जिल्ला प्रहरी कार्यालय धनुषा बाट खटिएको प्रहरी टोलीले घटनास्थलमा पुगी उनको घर खानतलासी गर्ने क्रममा भान्सा कोठामा लुकाइ राखेको अवस्थामा एक थान पेस्तोल र एक राउण्ड गोली बरामद भएको हो ।
उक्त घटना सम्बन्धमा अनुसन्धान गर्दा थापा चोकमा बस्ने गणेश यादवको छोरा मनिष कुमार अधिकारीले श्रीमति संग घरायसी वादविवादको विषयलाई लिई निजले लुकाई छिपाई राखेको पेस्तोलबाट आफ्नै घरको छतमा गोली चलाएको भनी खुल्न आएको हो । घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।



















आफ्नो प्रतिकृया दिनुहोस्