Janakpur Khabar
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
Janakpur Khabar
No Result
View All Result

जनकपुरधाम जलमग्न

जनकपुरखबर संवाददाता जनकपुरखबर संवाददाता
असार १५, २०७९
In स्थानीय
0

१५ असार,जनकपुरधाम :दुई दिनदेखिको वर्षाका कारण जनकपुरधाम जलमग्न भएको छ । जनकपुरधाम उपमहानगरपालिका–१० स्थित अधिकांश घर डुबानमा परेका छन् । पानीको उचित निकास नहुँदा अविरल वर्षाका कारण बस्ती नै जलमग्न भएको उपमहानगरपालिकाका उपप्रमुख किशोरी साहले जानकारी दिनुभयो । अधिकांश घरमा पानी पसेपछि स्थानीयवासी समस्यामा परेका छन् । पानी निकासको समस्या समाधान नहुँदा बर्सेनि डुबानको समस्या हुने गरेको छ ।

वर्षाका कारण जनकपुरधामस्थित अधिकांश सरकारी कार्यालय परिसरमा पानी जमेको छ । जिल्ला प्रशासन, जिल्ला प्रहरी, आन्तरिक राजस्व, हुलाकलगायत सरकारी कार्यालय परिसरमा पानी जमेको छ । बजार डुबानमा परेपछि व्यापार व्यवसाय चौपट भएको छ । अहिलेसम्म मधेस प्रदेशमा कुनै मानवीय क्षति नभएको मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरधामका प्रवक्ता प्रहरी उपरीक्षक तुलबहादुर कार्कीले जानकारी दिनुभयो ।

यसैबीच जिल्ला प्रशासन कार्यालय धनुषाले वर्षा जारी रहेकाले नदी आसपासका स्थानीयवासीलाई सचेत रहन आग्रह गरेको छ । कमला नदी र रातुखोलामा पानीको सतह बढ्न सक्ने भएकाले नदी आसपासका क्षेत्रका स्थानीयवासीलाई सचेत हुन प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडलले आग्रह गर्नुभएको छ ।तस्विर साभार : प्रफिल्ल घिमिरे

  • 14shares
  • Share
  • Tweet
  • Facebook Messenger
  • WhatsApp
  • Email
  • Print
जनकपुरखबर संवाददाता

जनकपुरखबर संवाददाता

सम्बन्धित समाचार

स्थानीय

इन्धन आपूर्तिमा सम्भावित चुनौती सवारी साधन प्रयोगमा संयम अपनाउनु पर्छ : डंगोल

चैत्र २२, २०८२
स्थानीय

काठमाडौं महानगरले वैशाख १ गते देखि रात्रिकालीन बस सेवा सञ्चालन गर्ने

चैत्र १९, २०८२
स्थानीय

गंगासागर क्षेत्रका अवैध टहरा हटाइयो, फुटपाथ पसलमा डोजर अभियान तीव्र

चैत्र १६, २०८२
स्थानीय

कार्यसम्पादन मूल्याङ्कनमा रौतहटको गौर नगरपालिका जिल्लामै प्रथम

फाल्गुन १, २०८२
स्थानीय

अब जाममुक्त बन्दै जनकपुरधाम: रामानन्द चौक–जनक चौक खण्डमा ‘वान-वे’ नियम लागू

माघ २१, २०८२
स्थानीय

जनकपुरधाममा एचपीभी खोप अभियान शुरु हुँदै, पाठेघरको मुखको क्यान्सर विरुद्ध नि:शुल्क खोप

माघ २१, २०८२

आफ्नो प्रतिकृया दिनुहोस्

ताजा खबर

फोहरबाट ऊर्जा: जनकपुरधामलाई सफा र समृद्ध बनाउने सुनौलो अवसर

असार २९, २०८३

इन्धन आपूर्तिमा सम्भावित चुनौती सवारी साधन प्रयोगमा संयम अपनाउनु पर्छ : डंगोल

चैत्र २२, २०८२

शनिबार र आइतबार सार्वजनिक बिदा दिने सरकारको निर्णय, नौं बजे देखि कार्यालय खुल्ने

चैत्र २२, २०८२

नवनियुक्त महान्यायाधिवक्ता कँडेलले गरे पदबहाली

चैत्र २२, २०८२

रामायणको तीनसय बर्ष पूरानो दुर्लभ पाण्डुलिपि संग्रहालयमा राखिने

चैत्र २१, २०८२

सरकारी मिडियालाई मात्र विज्ञापन : पारदर्शिता कि नियन्त्रणको रणनीति ?

चैत्र २१, २०८२

गृहमन्त्री सुधन गुरुङको पहिलो साता : धमाधम गिरफ्तारी र आक्रामक शैलीले तरंग

चैत्र २१, २०८२

वीरगन्जमा ११ वर्षीया बालिकामाथि यौन हिंसाको प्रयास, पसल सञ्चालक मिया पक्राउ

चैत्र २१, २०८२



प्रकाशक - जनकपुर खबर मिडिया ग्रुप प्रा.लि.
अध्यक्ष तथा प्रबन्ध निर्देशकः– रवि मंडल
सम्पादक - निरज कुमार मण्डल
+977-9854028150/9802328150
news@ejanakpurkhabar.com
सुचना बिभाग दर्ता नं. 2182/077-78

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

Send this to a friend