Janakpur Khabar
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
Janakpur Khabar
No Result
View All Result

सरकार निर्वाचन गराउन प्रतिबद्ध छ : प्रधानमन्त्री देउवा

जनकपुरखबर संवाददाता जनकपुरखबर संवाददाता
असार १६, २०७९
In सरकार
0

१६ असार,काठमाडौँ : प्रधानमन्त्री शेरबहादुर देउवाले संघीय संसद् र प्रदेशसभाको निर्वाचन गराउन सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । संघीय संसद् सचिवालय र पूर्व सांसद मञ्च नेपालले ६४औँ संसद् दिवसका अवसरमा आज आयोजना गरेको कार्यक्रममा उहाँले स्थानीय तहको निर्वाचन गत वैशाख ३० गते सफतापूर्वक सम्पन्न भएको र आगामी निर्वाचन स्वच्छ र भयरहित वातावरणमा सम्पन्न गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभयो ।

६४औँ संसद दिवस प्रधानमन्त्री शेरबहादुर देउवा पूर्वसांसद मञ्च नेपालद्वारा नयाँबानेश्वरमा बिहीबार आयोजित ६४औँ संसद दिवसलाई सम्बोधन गर्दै ।

“संविधानसभा बाट संविधान जारी गरेपछि मुलुक संघीय लोकतान्त्रिक व्यवस्थाबाट अघि बढिरहेको छ”, प्रधानमन्त्री देउवाले भन्नुभयो, “स्थानीय तहको निर्वाचन भयरहित, स्वच्छ वातावरणमा सम्पन्न भएको छ, प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन सम्पन्न गर्न सरकार प्रतिबद्ध छ ।” दिगो शान्ति र सुशासन कायम गर्नेतर्फ मुलुक अगाडि बढिरहेको बताउँदै उहाँले देशलाई विकसित बनाउन सबैले मिलेर काम गर्नुपर्नेमा जोड दिनुभयो ।

प्रधानमन्त्री देउवाले पूर्व सांसद मञ्चले दलीय राजनीति भन्दामाथि उठेर काम गरिरहेको र सरकारलाई समयसमयमा महत्वपूर्ण सल्लाह दिने गरेकोप्रति कृतज्ञता व्यक्त गर्नुभयो । प्रधानमन्त्री देउवाले जनताबाट निर्वाचित जनप्रतिनिधि रहेको संसद्ले संसदीय लोकतान्त्रिक मूल्यमान्यतालाई व्यवस्थित गर्न महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो । पूर्व प्रधानमन्त्री झलनाथ खनालले संसद् राष्ट्रको आवाज बोल्ने र देशलाई ठीक ढङ्गले अगुवाइ गर्ने थलोका रुपमा विकास भइरहेको बताउनुभयो ।

उहाँले सरकार र दलहरूले राम्रोसँग भूमिका निर्वाह गर्न नसकेकाले जनताले निर्दलीय व्यक्तिलाई मत दिएर जिताउने गरेको र देशलाई ठीक ढङ्गले अगुवाइ गर्न नसक्दा फरक परिणाम आउने अवस्था सिर्जना भएको तर्क गर्नुभयो । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा कोइरालाले संसद् सोचेअनुरुप क्रियाशील हुन नसक्दा २०७५ सालदेखि ५३ वटा विधेयक र आठवटा अध्यादेश संसद्मा रहेको बताउनुभयो ।

उहाँले नागरिकताजस्तो राष्ट्रिय महत्वको विषयलाई सहमतिबाटै टुङ्ग्याउनुपर्नेमा जोड दिनुभयो । पूर्व सभामुख रामचन्द्र पौडेलले जनताको आवाजलाई मुखरित गर्ने र निरङ्कुशताको विरुद्ध लड्ने संसद् सधैँ क्रियाशील हुनुपर्ने बताउनुभयो । संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङले पूर्व सांसद मञ्चले संसद्ले गरेका वार्षिक कामको अध्ययन गरेर थप क्रियाशील बनाउनुपर्ने सुझावसमेत दिनुभयो ।

मञ्चका अध्यक्ष ओमकारप्रसाद श्रेष्ठले २०१६ साल असार १६ गते तत्कालीन राजा महेन्द्र वीरविक्रम शाहले निर्वाचत संसद्को पहिलो बैठक बसेको र त्यही दिवसका अवसरमा प्रत्येक वर्ष यो दिवस मनाउन लागेको जानकारी दिनुभयो ।(रासस)

  • 34shares
  • Share
  • Tweet
  • Facebook Messenger
  • WhatsApp
  • Email
  • Print
जनकपुरखबर संवाददाता

जनकपुरखबर संवाददाता

सम्बन्धित समाचार

सरकार

भारत–पाकिस्तान तनाव प्रति नेपाल सरकारको चिन्ता व्यक्त

बैशाख २६, २०८२
सरकार

सरकार द्वारा लाल आयोगको प्रतिवेदन सार्वजनिक

कार्तिक २६, २०८१
सरकार

वहिष्कारका बिच एनआरएन सम्मेलन सुरु, प्रधानमन्त्री र मन्त्रीहरु जनाए सहभागिता

कार्तिक ११, २०८१
सरकार

आज राष्ट्रिय जलवायु सम्मेलन हुँदै

कार्तिक १०, २०८१
सरकार

पर्यटनमन्त्री पाण्डेका तीन महिना : ऐन, नियम र कानुन निर्माण प्राथमिकतामा

कार्तिक ८, २०८१
सरकार

ऊर्जा मन्त्रीका सय दिन, नेपाल बाट बंगलादेशमा ४० मे.वा. विद्युत निर्यात गर्ने स म्झौतामा हस्ताक्षर

कार्तिक ७, २०८१

आफ्नो प्रतिकृया दिनुहोस्

ताजा खबर

उच्च रक्तचाप बाट बच्न दैनिक व्यायाम आवश्यक

जेष्ठ ४, २०८२

उच्च रक्तचाप ‘साइलेन्ट किलर’ हो, लक्षण नदेखिन सक्छ : डा.मिश्र

जेष्ठ ४, २०८२

वीरेन्द्रनगरमा ढकमक्क गुलमोहर

जेष्ठ ४, २०८२

वाटर पार्कमा विद्यार्थी र प्रहरीबीच झडप, अश्रुग्यास प्रहार

जेष्ठ ४, २०८२

अस्पताल सञ्चालनमा प्रदेश सरकार पूर्वाग्रही भएको कांग्रेसको आरोप

जेष्ठ ४, २०८२

एमालेको बहुमत सरकार आवश्यक छ: प्रधानमन्त्री ओली

जेष्ठ ४, २०८२

आज ‘विश्व दूरसञ्चार दिवस’ देशभर मनाइँदै

जेष्ठ ४, २०८२

गभर्नर नियुक्तिमा मेरिटोक्रेसीलाई प्राथमिकता दिइनेछ : प्रधानमन्त्री ओली

जेष्ठ २, २०८२



प्रकाशक - जनकपुर खबर मिडिया ग्रुप प्रा.लि.
अध्यक्ष तथा प्रबन्ध निर्देशकः– रवि मंडल
सम्पादक - निरज कुमार मण्डल
+977-9854028150/9802328150
news@ejanakpurkhabar.com
सुचना बिभाग दर्ता नं. 2182/077-78

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

Send this to a friend