Janakpur Khabar
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
Janakpur Khabar
No Result
View All Result

प्रतिस्पर्धी जनशक्ति उत्पादन गर्न त्रिविलाई प्रधानमन्त्रीको आग्रह

जनकपुरखबर संवाददाता जनकपुरखबर संवाददाता
असार २४, २०७९
In समाचार
0

२४ असार,काठमाडौँ :प्रधानमन्त्री शेरबहादुर देउवाले उच्चशिक्षालाई विश्व परिवेशअनुकूल बनाउँदै अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्नसक्ने गुणस्तरीय जनशक्ति उत्पादन गर्ने गरी प्राज्ञिक कार्यक्रलाई ल्याउन त्रिभुवन विश्वविद्यालयलाई आग्रह गर्नुभएको छ ।

त्रिभुवन स्मृति भवन कीर्तिपुरमा आज आयोजित सो विश्विद्यालयको ६३औँ वार्षिक दिवसको अवसरमा आज आयोजित वार्षिक र साधारण दुवै सभालाई सम्बोधन गर्दै विश्वविद्यालयका कुलपति देउवाले समाजका सबै वर्ग, समुदायले सहज र सुलभरुपमा उच्च शिक्षा प्राप्त गरी आफ्नो प्रतिभा, सिर्जना राष्ट्र र समाजको लागि उपयोग गर्नसक्ने वातावरण निर्माणको राष्ट्रिय दायित्व रहेको जानकारी गराउनुभयो । उहाँले उच्चशिक्षा अध्ययनका लागि विदेशिने विद्यार्थीलाई आफ्नै देशमा उनीहरूका रुचि र बजारको माग अनुसार शिक्षा प्राप्त गर्ने वातावरण बनाई राष्ट्रको ठूलो धनरासी जोगाउन विश्वविद्यालयका पदाधिकारी समक्ष अनुरोध गर्नुभएको थियो ।

प्रधानमन्त्री शेरबहादुर देउवा शुक्रबार कीर्तिपुरस्थति त्रिभुवन विश्वविद्यालयको बार्षिक दिवस बैठकमा सहभागी हुँदै ।

बैठकमा शिक्षा विज्ञान तथा प्रविधिमन्त्री एवं विश्वविद्यालयका सहकुलपति देवेन्द्र पौडेलले गौरवशाली इतिहास बोकेको सो विश्वविद्यालयबाट उत्पादित जनशक्तिले नै मुलुकको राजनीति, प्रशासन, शिक्षा र व्यवसाय धानिरहेको उल्लेख गर्दै विश्वविद्यालयको व्यवस्थापन तथा पदाधिकारीविरुद्ध पछिल्ला दिनमा गैरप्राज्ञिक तथा अराजनीतिक गतिविधिमार्फत नाजायज माग पूरा गराउन भइरहेको असभ्य गतिविधिको अन्त्य हुनुपर्ने बताउनुभयो ।

प्रधानमन्त्री शेरबहादुर देउवा शुक्रबार कीर्तिपुरस्थति त्रिभुवन विश्वविद्यालयको बार्षिक दिवस बैठकमा सहभागी हुँदै ।

त्रिविलाई राष्ट्रको इतिहास, संस्कृतिसँग सम्बन्धित विषयवस्तुलाई जोगाइ राख्नु पर्ने, विश्वपरिवेशमा मानवहितका लागि सिर्जित नयाँ ज्ञान र प्रविधि प्रयोगको दायित्व बढाउने रहेको बताउनुभयो । उहाँले सरकारले यसै वर्षको नीति कार्यक्रम तथा बजेटमा त्रिविलाई उत्कृष्टताको केन्द्र बनाउने लक्ष्य लिएकाले आफ्ना विगतको प्राज्ञिक यात्राको समीक्षा गरी प्रतिस्पर्धी शैक्षिक केन्द्रको रुपमा अघि बढ्न विश्वविद्यालयलाई आग्रह गर्दै आफूले आवश्यक सम्पूर्ण सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो । बैठकले ६०औँ ग्रेस लिस्ट पारित गरेको छ ।(रासस)

  • 1share
  • Share
  • Tweet
  • Facebook Messenger
  • WhatsApp
  • Email
  • Print
जनकपुरखबर संवाददाता

जनकपुरखबर संवाददाता

सम्बन्धित समाचार

समाचार

माओवादी चुनाव लड्नै सक्दैन भन्ने विरोधीहरूको भाष्य खारेज भयो: अध्यक्ष प्रचण्ड

चैत्र ६, २०८१
समाचार

‘राजा-महाराजालाई जनताले इतिहासको विषय बनाइसके’ – अध्यक्ष दाहाल

चैत्र ४, २०८१
समाचार

‘प्रचण्ड’ द्वारा बडी विल्डिङ च्याम्पियन सिपका रजत पदक प्राप्त खेलाडी लाई सम्मान

पुस १४, २०८१
समाचार

कांग्रेसका सभापति द्वारा ‘क्रिसमस डे’ को शुभकामना

पुस १०, २०८१
समाचार

पत्रकारहरुले कलम समाए पछि धर्म छाड्नु हुँदैन् : पुर्व राष्ट्रपती यादव

पुस ८, २०८१
समाचार

देशको प्रतिष्ठा र आर्थिक विकासका लागि खेलको विकास महत्वपूर्ण: प्रचण्ड

पुस ७, २०८१

आफ्नो प्रतिकृया दिनुहोस्

ताजा खबर

उच्च रक्तचाप बाट बच्न दैनिक व्यायाम आवश्यक

जेष्ठ ४, २०८२

उच्च रक्तचाप ‘साइलेन्ट किलर’ हो, लक्षण नदेखिन सक्छ : डा.मिश्र

जेष्ठ ४, २०८२

वीरेन्द्रनगरमा ढकमक्क गुलमोहर

जेष्ठ ४, २०८२

वाटर पार्कमा विद्यार्थी र प्रहरीबीच झडप, अश्रुग्यास प्रहार

जेष्ठ ४, २०८२

अस्पताल सञ्चालनमा प्रदेश सरकार पूर्वाग्रही भएको कांग्रेसको आरोप

जेष्ठ ४, २०८२

एमालेको बहुमत सरकार आवश्यक छ: प्रधानमन्त्री ओली

जेष्ठ ४, २०८२

आज ‘विश्व दूरसञ्चार दिवस’ देशभर मनाइँदै

जेष्ठ ४, २०८२

गभर्नर नियुक्तिमा मेरिटोक्रेसीलाई प्राथमिकता दिइनेछ : प्रधानमन्त्री ओली

जेष्ठ २, २०८२



प्रकाशक - जनकपुर खबर मिडिया ग्रुप प्रा.लि.
अध्यक्ष तथा प्रबन्ध निर्देशकः– रवि मंडल
सम्पादक - निरज कुमार मण्डल
+977-9854028150/9802328150
news@ejanakpurkhabar.com
सुचना बिभाग दर्ता नं. 2182/077-78

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

Send this to a friend