Janakpur Khabar
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
Janakpur Khabar
No Result
View All Result

बभनटोलीमा समयमै रोपाइँ

जनकपुरखबर संवाददाता जनकपुरखबर संवाददाता
असार २६, २०७९
In समाज
0

२६ असार,महोत्तरी(गोपालप्रसाद बराल) :न मालिक भन्नेको छुट्टै शान छ, नत बस्तीमा गरिब भनेर कसै प्रति हेला । घटीबढी जग्गा हुने र भूमिहीन किसान पनि छन् बस्तीमा तर खेतीका बेला यहाँ सबैका खेतमा काम गर्न बस्तीका घरलौरी नै पुग्छन् । यो चलनले महोत्तरीको भंगहा नगरपालिका–४ को रामनगर बस्तीको बभनटोली (बाहुनटोल) को धान रोपाइँ समयमै सकिन्छ । ओरपरका बस्तीमा रोपाइँ गर्ने जनशक्ति नपाएर असार निगल्दो सम्म खेत बाँझै देखिएका बेला ‘बभनटोली’ मा भने समयमै रोपाइँ सकिन्छ ।

खेताला पाउन छाडेपछि पछिल्लो करिब एक दशकयता पर्म गरेर खेती गर्न थालेका यस बस्तीका २५ घर किसानले यसपालिको रोपाइँ सक्नै लागेका छन् । टोलमा धनी-गरिबको भेद छाडेर सबैका खेतमा बस्तीका सबै एकआपसमा मिलेर काम गरेपछि यो बस्तीमा कृषि जनशक्तिको अभाव खट्किन छाडेको छ । “बस्तीको नाउँ बभनटोली भनिए पनि हाम्रो टोलमा बाहुन, क्षेत्री, नेवार, घर्ती र कामीसहितका पर्वते मूलका र कोइरी, बिन (मलाहा) र केही घर मुसलमान समुदायका सहित मधेसी मूलका पनि बाक्लै छौँ” ।

बस्तीकै पाको उमेरकी रुक्मिणी भुजेल भन्नुहुन्छ, “सबैले मिलेर काम गर्न थालेपछि असार निगल्दो सम्म हाम्रो रोपाइँ सकिने गरेको छ ।” केही वर्ष खेताला नपाएर खेत बाँझै रहेपछि टोलका सबैलाई भेला गरेर यो थिति बसाले पछि रोपाइँ सक्न कहिल्यै गाह्रो नपरेको यस बस्तीका किसान बताउँछन् । जात र धनले सानो ठूलो भन्ने विभेद निमिट्यान्न नभइसके पनि रोपाइँका बेला भने टोलका सबै घरका सदस्य एकअर्काको खेतमा काम गर्न थालेकाले यहाँको रोपाइँ असार निगल्दो सकिने गरेको हो ।

“अब २५ घरभित्र शाहीरोप ९कलम लगाउन बेर्ना रोपिने पहिलो बीउ रोप्न केहीमात्र बाँकी छ” बस्तीकी मुस्लिम समुदायकी ऐसा खातुन भन्नुहुन्छ, “असार अझै पाँच/छ दिन बाँकी छ, असार भरिमा हाम्रो टोलको रोपाइँ सकिन्छ । पछि साउन निगल्दो खरुवन कलम रोप, अहिले रोपिएको बीउको रोपो गाँजिए पछि त्यही उखालेर गरिने रोप्न का बेला एकपटक अझै धपेडी हुन्छ तर हामी अरुको भन्दा सजिलै रोपाइँ सक्छौँ ।”

बस्तीमा दुई बिघादेखि दुई कठ्ठासम्म जग्गा हुने किसान छन् । तीन/चार घरपरिवारको त आफ्नो स्वामित्वको जग्गा पनि छैन, उनीहरु ठेक्का/बटैया गर्छन् । यी सबैले रोपाइँ सकेपछि पर्मको हिसाब गरेर बढी श्रम गरेका परिवारका सदस्यलाई चलेको पारिश्रमिक दिने गरिएकाले किचोला कहिल्यै नभएको बस्तीका पाका किसान दीपबहादुर फुयाँलको भनाइ छ । बस्तीका २५ घरको स्वामित्वमा करिब १६÷१७ बिघा धानखेती गरिने जग्गा भएको र पछिल्ला आठ/दश वर्षयता रोपाइँमा पर्म चलाउन थालेपछि कहिल्यै खेत बाँझो नरहेको त्यहाँका किसान बताउँछन् ।

“हाम्रो टोलका सिडियो साब (हाल मोरङका प्रमुख जिल्ला अधिकारी काशिराज दाहाललाई बस्तीका सबैले सिडियो साब भन्छन्) का घरबाट पनि पालोपर्ममा काम गर्न आमा, भाइबुहारी निस्कनुहुन्छ” बस्तीकी कञ्चनिंया बिन भन्नुहुन्छ, “सबैको काममा बस्तीका सबै घरबाट निस्कन्छन्, उचोनिचाकोे भेद हामी गर्दैनौँ, खेतीपाती समयमै सक्छौँ ।” समुचा रामनगर बस्तीमा अहिले ३० प्रतिशतमात्र रोपाइँ सकिएका बेला बभनटोलीमा भने ७० प्रतिशतभन्दा बढी रोपाइँ सकिएको भंगहा–४ का वडाध्यक्ष गणेश महतो बताउनुहुन्छ ।

“अन्य टोलमा रोपाइँका लागि खेताला जाने श्रमिक पाइएन भनेर चिन्तित छन्” उहाँ भन्नुहुन्छ, “ आफु लाई धनीमा गन्ने किसान अरुका खेतमा पाइला राख्न इज्जतको सवाल ठान्छन्” वडाध्यक्ष महतो भन्नुहुन्छ, “आफूलाई इज्जतदार सम्झदा अनि कसरी चल्छ काम रु मिलेर काम गर्दा सजिलै धान रोपाइँ सकिने र उत्पादन पनि राम्रो हुने आफ्नो बस्ती सबैका लागि राम्रो उदाहरणीय बनेको छ ।” खासगरी कृषि काममा दक्ष मानिएका बस्तीका मुसहर जातिका युवा राम्रो पारिश्रमिक पाउन भारतको पंजाब र हरियाना जान थालेपछि बस्तीमा धान रोपाइँका बेला खेताला पाउन मुस्किल हुँदै आएको छ ।

बभनटोलीका किसानले समयअनुकूल आफुलाई ढाल्न सक्दा वर्सेनि राम्रो उत्पादन लिइरहेको बारे अरुले पनि त्यसलाई आत्मसाथ गर्न नसक्दा बस्तीकै अन्य टोलको रोपाइँ हुन नसकेर खेत बाँझै बस्ने गरेको रामनगरका अर्का किसान चन्देश्वर राय दनुवार बताउनुहुन्छ । “अब लाज मानेर काज चल्दैन” उहाँ भन्नुहुन्छ, “बभनटोलीको अनुशरण सबैले गर्नैपर्छ ।” समयअनुसार नयाँ थिति बसाउन सकिएकाले आफ्नो टोलमा गरिबमा गनिनेको घरमा पनि खाने अन्न भने खासै बेसाउनु नपरेको अगुवा महिला सामाजिक कार्यकत्र्ता हीरा दाहालको भनाइ छ ।

“हाम्रो टोलमा सबैको श्रम सबैलाई चलेको छ” उहाँ भन्नुहुन्छ, “केही पाका उमेरका अभिभावकमा खानेकुरामा अझै छुवाछुतको भावना भने मरिसकेको छैन तर नयाँ पिढीका सबै एकअर्कोको खेतमा काम गर्दा र खाजा तथा खाना खान थालेपछि यसको टिप्पणी भने पाकाले गर्न छाडेका छन् ।” आफ्नो रोपाइँको अत्तोपत्तो नै नहुँदा बभनटोलीमा भने रोपो लहलह भएको देख्दा आफ्नो टोलमा पनि पर्म सुरु गर्ने रामनगरका सबै टोलमा चर्चा चलेको छ ।

“हाँमी पनि यो थिति (पर्म) बसाउन खोज्दैछौं’ बस्तीका पूर्व-वडाअध्यक्ष बृदेवसिंह दनुवार भन्नुहुन्छ, “अब यसमा ढिलो गरिए मुखमा माड लाग्दैन ।” बभनटोलीका सबैजसो किसान खेतीपातीबारे सघन छलफल गर्छन् । मध्यान्हको चर्को गर्मी छल्न बस्ती माझको चौतारो यो बस्तीको थकाइ मेट्ने र सामुहिक छलफलको थलो हुने गरेको छ । सबै उमेर समूहका किसान मौसमको अनुमान, लक्षण हेरेर अब कुन खेती गर्दा राम्रो होला भन्ने छलफल गर्छन् ।

प्राय सबैजसोले प्राङ्गारिक खेती प्रणाली अपनाएका छन् । जान्ने, बुझ्ने तथा प्राविधिकसँग छलफल गर्ने र सबैभन्दा सकारात्मक पक्ष सबैले एकअर्काप्रति गर्ने समभावको व्यवहारले यहाँ प्रत्येक बालीबाट राम्रै उत्पादन लिने गरिएको अर्का बृद्ध किसान रामनन्दन महतो बताउनुहुन्छ । फरक–फरक दल र फरक विचारका भए पनि आपसमा मिलेर खेतीको काम उकास्न बभनटोलीका किसानले बसालेको थिति अन्य टोलका सबैले अनुशरण गर्नपर्ने रामनगरका बुढापाका बताउँछन् ।

  • 2shares
  • Share
  • Tweet
  • Facebook Messenger
  • WhatsApp
  • Email
  • Print
जनकपुरखबर संवाददाता

जनकपुरखबर संवाददाता

सम्बन्धित समाचार

समाज

सिरहाका डीएसपी पासवानको कार्यशैली प्रति स्थानीय जन-प्रतिनिधिहरूले गरे प्रशंसा

बैशाख २३, २०८२
समाज

बुद्धिजीवी संगठन द्वारा बाढी पहिरो पीडित लाई पाँच लाख बढी सहयोग

कार्तिक ७, २०८१
समाज

मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा : छैटौँ दिन ११ जना सडक आश्रित मानवहरुको उद्धार

कार्तिक ४, २०८१
समाज

सप्तरी बाट १३ जना सडक आश्रित मानिसहरुको उद्धार

कार्तिक ३, २०८१
समाज

डेंगी सङ्क्रमितको संख्या १९ हजार नाघ्यो, नौं जनाको मृत्यु

अशोज ३०, २०८१
समाज

पशुपति विकास कोषको दावी : ‘मारवाडीलाई मोहियानी हक पाउने प्रमाण छैन्’

अशोज २९, २०८१

आफ्नो प्रतिकृया दिनुहोस्

ताजा खबर

मोबाइल व्यवसाय व्यवस्थित गर्न दबाब, बार्षिक नौं अर्ब अतिरिक्त राजश्व गुमाउँदै सरकार

बैशाख २८, २०८२

आतंकवाद विरुद्धको लडाइँमा मधेश भारतको साथमा छ : मुख्यमन्त्री सिंह

बैशाख २८, २०८२

सलहेश फूलबारी नजिक डा. अम्बेडकर पार्क निर्माणको विरोधमा मधेश आन्दोलनरत

बैशाख २८, २०८२

आजको मौसम : मधेश प्रदेशमा हावाहुरीको सम्भावना

बैशाख २८, २०८२

भारत–पाकिस्तान युद्धविराम : राष्ट्रसंघको स्वागत, आरोप–प्रत्यारोप यथावत्

बैशाख २८, २०८२

प्रधानमन्त्री र सभापति नै गभर्नर नियुक्ति रोकिएको प्रमुख दोषी : सांसद अमरेश सिंह

बैशाख २६, २०८२

न्यायपूर्ण समाज निर्माणमा न्याय र कानून क्षेत्रको भूमिका महत्वपूर्ण छ : राष्ट्रपति पौडेल

बैशाख २६, २०८२

प्रधानमन्त्री ओली र भारतीय राजदूत श्रीवास्तव बीच भेटवार्ता

बैशाख २६, २०८२



प्रकाशक - जनकपुर खबर मिडिया ग्रुप प्रा.लि.
अध्यक्ष तथा प्रबन्ध निर्देशकः– रवि मंडल
सम्पादक - निरज कुमार मण्डल
+977-9854028150/9802328150
news@ejanakpurkhabar.com
सुचना बिभाग दर्ता नं. 2182/077-78

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

Send this to a friend