Janakpur Khabar
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
Janakpur Khabar
No Result
View All Result

नबिल र नेपाल बंगलादेश बैंकको आजदेखि एकीकृत कारोबार सुरु

जनकपुरखबर संवाददाता जनकपुरखबर संवाददाता
असार २७, २०७९
In अर्थ
0

२७ असार,काठमाडौँ :नबिल बैंक लिमिटेड र नेपाल बंगलादेश बैंकबीच भएको प्राप्तिसम्बन्धी सम्पूर्ण कार्य समापन भई आजदेखि एकीकृत कारोबार सुरु गरेको छ । दुई बैंकको मर्जपछि ‘नबिल बैंक लिमिटेड’ नामबाट एकीकृत रूपमा वित्तीय कारोबार सञ्चालन हुने भएको हो । नेपाल राष्ट्र बैंकबाट ‘क’ वर्गको इजाजत प्राप्त नबिल बैंक लिमिटेडले नेपाल बंगलादेश बैंक लिमिटेडलाई प्राप्ति गरेसँगै नेपाल बंगलादेश बैंकको सम्पूर्ण सम्पत्ति तथा दायित्वको अभिभारा नबिल बैंकले प्राप्त गरेको हो।

दुई बैंकको एकीकृत कारोबार सुरु गरेको अवसरमा आज यहाँ आयोजित समारोहमा समग्र बैंकिङ प्रणालीको आवश्यकतालाई समेत दृष्टिगत गर्दै बैंकप्रति सर्वसाधारणको विश्वासनीयतामा थप अभिवृद्धि गर्न यस्तो कदम चालेको बैंकका कार्यकारी निर्देशक ज्ञानेन्द्र ढुङ्गानाले बताउनुभयो । उहाँले नेपालको वित्तीय क्षेत्रमा अग्रणी भूमिका निर्वाह गर्दै आएका सम्मानित संस्थाहरू एक भई अझै विस्तारित र सशक्त भएर राष्ट्र निर्माणमा अग्रसरता लिने उद्देश्यका साथ दुई बैंकबीच समझदारी भएको जानकारी दिनुभयो ।

कार्यक्रममा नेपाल सरकारका मुख्य सचिव शंकरदास बैरागीले बैंकिङ क्षेत्रले राष्ट्रिय अर्थतन्त्रमा ठूलो योगदान पु-र्याउने हुँदा स्थिर अर्थतन्त्रका लागि विश्वसनीय बैंकिङ प्रणालीको भूमिका महत्वपूर्ण रहने बताउनुभयो । मुख्य सचिव बैरागीले बजारमा हल्ला भएजस्तो मुलुकाको अर्थतन्त्र श्रीलङ्काको जस्तो नरहे पनि सचेत र चनाखो भने हुनुपर्ने बताउनुभयो ।

कार्यक्रममा बैंकिङ प्रणालीमा स्वस्थ प्रतिस्पर्धा, व्यावहारिक नाफा र सामाजिक उत्तरदायित्वका बारेमा बैंकहरुले मनन गर्नुपर्ने उहाँको भनाइ थियो । दुवै बैंकलाई राष्ट्र बैंकले यही असार १५ गते मर्जरका लागि अन्तिम स्वीकृति प्रदान गरेको थियो । त्यस्तै असार १९ गते बसेको सञ्चालक समितिको बैठकले असार २७ गतेदेखि एकीकृत कारोबार गर्ने निर्णय गरेको थियो ।

  • 33shares
  • Share
  • Tweet
  • Facebook Messenger
  • WhatsApp
  • Email
  • Print
जनकपुरखबर संवाददाता

जनकपुरखबर संवाददाता

सम्बन्धित समाचार

अर्थ

क्यासिनोले इजाजतपत्र लिएर मात्र विदेशी मुद्राको कारोबार गर्न पाउने

अशोज २४, २०८२
अर्थ

अर्थमन्त्री र विभिन्न मुलुकका राजदूतबीच शिष्टाचार भेट

अशोज १२, २०८२
अर्थ

जेनजी आनदोलनको क्षति : २० अर्ब ७० करोड भन्दा बढीको बीमा दाबी

अशोज २, २०८२
अर्थ

महालेखा परीक्षकको आग्रह – ‘बेरुजु लुकायो वा पठाएन’ भन्ने आशंका नगर्नुहोस्

साउन २३, २०८२
अर्थ

गौर भन्सार कार्यालय बाट लक्ष्य भन्दा कम राजस्व संकलन

साउन ७, २०८२
अर्थ

राजस्व संकलन १ खर्ब २० अर्बले वृद्धि

साउन १, २०८२

आफ्नो प्रतिकृया दिनुहोस्

ताजा खबर

फोहरबाट ऊर्जा: जनकपुरधामलाई सफा र समृद्ध बनाउने सुनौलो अवसर

असार २९, २०८३

इन्धन आपूर्तिमा सम्भावित चुनौती सवारी साधन प्रयोगमा संयम अपनाउनु पर्छ : डंगोल

चैत्र २२, २०८२

शनिबार र आइतबार सार्वजनिक बिदा दिने सरकारको निर्णय, नौं बजे देखि कार्यालय खुल्ने

चैत्र २२, २०८२

नवनियुक्त महान्यायाधिवक्ता कँडेलले गरे पदबहाली

चैत्र २२, २०८२

रामायणको तीनसय बर्ष पूरानो दुर्लभ पाण्डुलिपि संग्रहालयमा राखिने

चैत्र २१, २०८२

सरकारी मिडियालाई मात्र विज्ञापन : पारदर्शिता कि नियन्त्रणको रणनीति ?

चैत्र २१, २०८२

गृहमन्त्री सुधन गुरुङको पहिलो साता : धमाधम गिरफ्तारी र आक्रामक शैलीले तरंग

चैत्र २१, २०८२

वीरगन्जमा ११ वर्षीया बालिकामाथि यौन हिंसाको प्रयास, पसल सञ्चालक मिया पक्राउ

चैत्र २१, २०८२



प्रकाशक - जनकपुर खबर मिडिया ग्रुप प्रा.लि.
अध्यक्ष तथा प्रबन्ध निर्देशकः– रवि मंडल
सम्पादक - निरज कुमार मण्डल
+977-9854028150/9802328150
news@ejanakpurkhabar.com
सुचना बिभाग दर्ता नं. 2182/077-78

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

Send this to a friend