२८ असार,काठमाडौँ :नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव कुमार नेपाल सँग नेपाल भ्रमणमा रहनु भएका चिनियाँ कम्युनिष्ट पार्टी (सिपिसी) का विदेश विभाग प्रमुख लिउ जियानचाओले आज शिष्टाचार भेट गर्नुभएको छ । नयाँ बानेश्वर स्थित एक होटलमा उहाँहरू बीच भेटवार्ता भएको हो । भेटवार्ता पछि अध्यक्ष नेपालले सञ्चारकर्मी सँग संक्षिप्त कुरा गर्दै कसरी नेपाल र चीन बीचको सम्बन्ध लाई बलियो बनाउने विषयमा छलफल भएको बताउनुभयो ।

अध्यक्ष नेपालले चीन विरुद्ध नेपालको भूमि प्रयोग हुन नदिने नेपालको परराष्ट्र नीतिबारे आफूहरूले विश्वस्त बनाएको बताउनुभयो । दुवै देशका राजनीतिक लगायत विभिन्न तहबाट हुने भ्रमणबाट एकापसमा सम्बन्ध सुमधुर रहने सिपिसीका विदेश विभाग प्रमुख जियानचाओले विचार व्यक्त गर्नुभएको र विभिन्न पार्टीसँग सम्बन्ध सुमधुर बनाउन चाहेको बताउनु भएको थियो ।

सो अवसरमा सम्मानित नेता झलनाथ खनाल, उपाध्यक्षद्वय जयन्ती राई र प्रमेश हमाल, उपमहासचिवद्वय डा गंगालाल तुलाधर र जगन्नाथ खतिवडा, सचिव प्रकाश ज्वाला लगायत नेता सहभागी हुनुहुन्छ ।
आफ्नो प्रतिकृया दिनुहोस्