Janakpur Khabar
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
Janakpur Khabar
No Result
View All Result

डा. भट्टराई द्वारा कारबाही खारेजीको माग

जनकपुरखबर संवाददाता जनकपुरखबर संवाददाता
असार ३२, २०७९
In राजनीति
0

३२ असार,काठमाडौँ :जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले आफू सहितका नेतामाथि गरिएको कारबाहीको भर्त्सना गर्दै उक्त निर्णयको खारेजीको माग गर्नुभएको छ । जसपाका अध्यक्ष उपेन्द्र यादवले भट्टराई सहित पार्टीका नौ नेतामाथि कारबाहीको निर्णय गरेपछि भट्टराईले शुक्रबार राति अबेर विज्ञप्ति जारी गर्दै नयाँ पार्टी पुनर्गठनमा जुट्न सबैलाई अपिल गर्नुभएको छ ।

अध्यक्ष यादवले भने पार्टीको विधि, विधान र पद्धति अनुरुप नचलेकाले उहाँहरुलाई कारबाही गरिएको स्पष्ट पारेको छ । जसपाका नेता मोहम्मद इस्तियाक राईले भन्नुभयो, “पार्टीको बैठक अध्यक्षले बोलाउने हो, अर्को पक्ष (बाबुराम भट्टराई पक्षका नेता) बैठकमा सहभागी नहुनु उहाँहरुको इच्छा हो, पार्टी सञ्चालन प्रक्रिया पार्टीको राजनीतिक दलको विधानअनुरुप हुने हो ।” संघीय परिषद् अध्यक्ष भट्टराईले पार्टी रुपान्तरणका लागि अनवरतरूपमा खटिएका केन्द्रीय सदस्य लगायत सबैलाई पार्टी पुनर्गठनका लागि पनि अपिल गर्नुभएको छ ।

“हामी यस कारबाहीको घोर भत्र्सना गर्दै कारबाहीको निणर्य खारेज गर्दछौँ । यो परिस्थितिमा अब हाम्रो सामु पार्टी पुनर्गठनको विकल्प रहेन”, विज्ञप्तिमा भनिएको छ । पार्टीभित्र लामो समयदेखि देखिएका वैचारिक, राजनीतिक, साङ्गठनिक र केन्द्रीय समिति अध्यक्षको कार्यशैली विरुद्धको बहस उत्कर्षमा पुग्दै गर्दा केन्द्रीय समितिको अलग अलग बैठक गर्नुपरेको भट्टराईको भनाइ छ ।

संघीय परिषद् अध्यक्षको अध्यक्षतामा बसेको केन्द्रीय समितिको विस्तारित बैठकले पार्टी रूपान्तरणका लागि अन्तिमसम्म प्रयत्न गरेको भन्दै उहाँले पार्टी अध्यक्ष यादवले पार्टीलाई एकताबद्ध बनाउन पहल नगरेर अवैधानिकरूपमा संघीय परिषद् अध्यक्ष लगायत केन्द्रीय कार्यकारिणी सदस्यलाई पदमुक्त गरेको आरोप लगाउनुभएको छ । यता भट्टराई पक्षको यही असार २८ र २९ गते काठमाडौँमा सम्पन्न केन्द्रीय समितिको विस्तारित बैठकले पार्टी रुपान्तरणका लागि अन्तिमसम्म प्रयत्न गर्ने निर्णय गरेको थियो ।(रासस)

  • 5shares
  • Share
  • Tweet
  • Facebook Messenger
  • WhatsApp
  • Email
  • Print
जनकपुरखबर संवाददाता

जनकपुरखबर संवाददाता

सम्बन्धित समाचार

राजनीति

GEN-Z आन्दोलनले उठाएका विषय सम्बोधन गर्न जरुरी: नेता पौडेल

अशोज ११, २०८२
राजनीति

GEN-Z को माग जायज रहेको एमाले नेता महासेठको दाबी

अशोज ३, २०८२
राजनीति

पूर्व-प्रधानन्यायाधीश कार्कीलाई पूर्वमन्त्री भट्टराईको समर्थन

भदौ २७, २०८२
राजनीति

जेन–जी आन्दोलनका एजेण्डाहरूले उन्नत लोकतन्त्रको माग गरेको छ : प्रचण्ड

भदौ २६, २०८२
राजनीति

हकका लागि रोएर होइन, लडेर लिनु पर्छ : जसपा अध्यक्ष यादव

भदौ १४, २०८२
राजनीति

तराईका किसानलाई अझै पेलिन्छ, सरकारले समस्या समाधान गर्नु पर्छ : अध्यक्ष उपेन्द्र यादव

भदौ १२, २०८२

आफ्नो प्रतिकृया दिनुहोस्

ताजा खबर

युवा उठे भने परिवर्तन रोकिन्न , निर्वाचन नै त्यसको शुरुवात हो: (सम्पादकीय)

कार्तिक १२, २०८२

सत्यतथ्य अनुसन्धान गरी दोषीलाई कारबाही गर्न मुख्यमन्त्रीको निर्देशन

कार्तिक १, २०८२

परिस्थिति सामान्य भएपछि ४१ स्थानबाट सेना फिर्ता

कार्तिक १, २०८२

दियावती पर्वको शुरुवात, आज साँझ देखि धनतेरस

कार्तिक १, २०८२

दिवालीको बिदामा पनि बैंकिङ सेवा सञ्चालन गर्न नेपाल राष्ट्र बैंकको आग्रह

कार्तिक १, २०८२

जसपा मधेश प्रदेश अधिवेशनमा विवाद, एक पक्षको बहिष्कार घोषणा

अशोज ३०, २०८२

लोकतन्त्रमा ‘वन म्यान आर्मी’को ठाउँ हुँदैन : पूर्व मुख्यमन्त्री सिंह

अशोज ३०, २०८२

आज विश्व खाद्य दिवस मनाइँदै

अशोज ३०, २०८२



प्रकाशक - जनकपुर खबर मिडिया ग्रुप प्रा.लि.
अध्यक्ष तथा प्रबन्ध निर्देशकः– रवि मंडल
सम्पादक - निरज कुमार मण्डल
+977-9854028150/9802328150
news@ejanakpurkhabar.com
सुचना बिभाग दर्ता नं. 2182/077-78

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

Send this to a friend