३१ साउन,बाँके :सशस्त्र प्रहरी बल नेपाल बिओपी जयसपुरले नेपालबाट भारत तर्फ लैजाँदै गरेको करीब १० लाख रुपैयाँ बराबरको ४ सय ५० ग्राम अवैध यार्सागुम्बा बरामद गरेको छ।बाँके जिल्लाको जानकी गाँउपालिका १ पंचपोखरा ईलाकाबाट साउन ३० गते सशस्त्र प्रहरीले सो यार्सागुम्बा बरामद गरेको हो।
शंकित व्यक्तिले गस्तीमा रहेको सशस्त्र प्रहरीलाई देख्ना साथै सोही ठाउँमा यार्सागुम्बा छाडि भागेका थिए । बरामद यार्सागुम्बा आवश्यक कारवाहीको लागि डिभिजन वन कार्यालय नेपालगंज बाँकेमा बुझाइएको छ ।श्रोत :(ए.पी.एफ.)
आफ्नो प्रतिकृया दिनुहोस्