Janakpur Khabar
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
Janakpur Khabar
No Result
View All Result

पिपुल्स हेल्पफुल सहकारी बैंकका संचालक राजेन्द्र किरण केवट कारागार चलान

जनकपुरखबर संवाददाता जनकपुरखबर संवाददाता
भदौ १, २०७९
In अपराध
0

१ भाद्र,जनकपुरधाम : सर्वसाधारणले जम्मा गरेको रकम ठगी गरेको आरोप लागेका पिपुल्स हेल्पफुल बचत तथा ऋण सहकारी संस्था लि . धनुषाका अध्यक्ष राजेन्द्र किरण केवट सहित ९ जना विरुद्ध मुद्दा दायर भएको छ ।अदालतमा दायर मुद्दामा सहकारीका अध्यक्ष अध्यक्ष राजेन्द्र किरण केवट, व्यवस्थापक राम चन्द्र मण्डल , कैशियर गोविन्द झा समेत लाई प्रतिवादी बनाइएको हो । पिपुल्स सहकारीका बचतकर्ताले बचत र त्यसको ब्याज नपाएपछि प्रहरी समक्ष उजुरी दिएका थिए ।

प्रहरी समक्ष ज्ञानि देवी हलुवाइ समेत ८८ जना ले उजुरी दिएका छन् । धनुषा प्रहरीले केवट लाई गत जेष्ठमा पक्राउ गरेर ठगी मुद्दामा अनुसन्धान गरेको थियो । पछि संगठित अपराधमा समेत थप अनुसन्धान गरेको हो । जिल्ला प्रहरी कार्यालय धनुषाको अनुसन्धान पछि जिल्ला सरकारी वकिलको कार्यालयले मंगलवार जिल्ला अदालत धनुषामा उनीहरू विरुद्ध १ करोड ३६ लाख ६५ हजार १४० रुपैयाँ बिगो सहित ठगी र संगठित अपराधमा मुद्दा दायर गरेको थियो। 

जिल्ला अदालत धनुषा का श्रेस्तेदार विकाश बस्नेतका अनुसार मिति २०७९-०४-२९ मा दर्ता भएको ठगी र संगठित अपराध मुद्दामा इजलाश नं. ५ का जिल्ला न्यायाधीश भिष्मराज प्रसाईले सुनवाई गर्दै धनौजी गाउँ पालिका ५ बौहरवा हाल जनकपुर २ मा सहकारी संचालन गरेका राजेन्द्र प्रसाद किरण केवट लाई पुर्पक्षको लागि थुनामा राख्ने आदेश गरेको छ। सो आदेश अनुसार केवट लाई अहिले सिन्धुली कारागार पठाइएको धनुषा प्रहरी ले जनाएको छ ।

यस्मा आरोपित मैनेजर राम चन्द्र मण्डल तथा कैशियर गोविन्द झा सहित अन्य ८ जना अझै फरार रहेको र उनीहरुको खोज तलाश जारि रहेको छ । विषयगत कुरा अनुसार अध्यक्ष केवटले सहकारी बैंकमा आफ्नै सालो रामचन्द्र मण्डललाई मैनेजर बनाई राखेका थिए भने अरु विभिन्न पदहरुमा आफ्नै नातेदार लाई नियुक्त गरि उनीहरुको माध्यमद्वारा सहकारीका सदस्यहरु बाट भारि मात्रामा रकम जम्मा गराएका थिए।

  • 456shares
  • Share
  • Tweet
  • Facebook Messenger
  • WhatsApp
  • Email
  • Print
जनकपुरखबर संवाददाता

जनकपुरखबर संवाददाता

सम्बन्धित समाचार

अपराध

पूर्व-सभामुख कृष्ण बहादुर महरा पक्राउ

अशोज २६, २०८२
अपराध

हत्याको आरोपमा एक जना पक्राउ

अशोज २२, २०८२
अपराध

दुई छोराको हत्या प्रकरण : बाबुको पीडा, प्रहरीमाथि लापरबाहीको आरोप

अशोज १८, २०८२
अपराध

सिराहामा १५ वर्षीय किशोरको अपहरण पछि हत्या, क्षतविक्षत अवस्थामा शव फेला

अशोज ७, २०८२
अपराध

रौतहटमा युवकको हत्या, एक जना पक्राउ

भदौ ४, २०८२
अपराध

हिन्दुहरुलाई गाली, बेइज्जती र धम्की दिने टिकटकर ‘गुण्डा’ नामक इरसाद खान पक्राउ

साउन ३०, २०८२

आफ्नो प्रतिकृया दिनुहोस्

ताजा खबर

युवा उठे भने परिवर्तन रोकिन्न , निर्वाचन नै त्यसको शुरुवात हो: (सम्पादकीय)

कार्तिक १२, २०८२

सत्यतथ्य अनुसन्धान गरी दोषीलाई कारबाही गर्न मुख्यमन्त्रीको निर्देशन

कार्तिक १, २०८२

परिस्थिति सामान्य भएपछि ४१ स्थानबाट सेना फिर्ता

कार्तिक १, २०८२

दियावती पर्वको शुरुवात, आज साँझ देखि धनतेरस

कार्तिक १, २०८२

दिवालीको बिदामा पनि बैंकिङ सेवा सञ्चालन गर्न नेपाल राष्ट्र बैंकको आग्रह

कार्तिक १, २०८२

जसपा मधेश प्रदेश अधिवेशनमा विवाद, एक पक्षको बहिष्कार घोषणा

अशोज ३०, २०८२

लोकतन्त्रमा ‘वन म्यान आर्मी’को ठाउँ हुँदैन : पूर्व मुख्यमन्त्री सिंह

अशोज ३०, २०८२

आज विश्व खाद्य दिवस मनाइँदै

अशोज ३०, २०८२



प्रकाशक - जनकपुर खबर मिडिया ग्रुप प्रा.लि.
अध्यक्ष तथा प्रबन्ध निर्देशकः– रवि मंडल
सम्पादक - निरज कुमार मण्डल
+977-9854028150/9802328150
news@ejanakpurkhabar.com
सुचना बिभाग दर्ता नं. 2182/077-78

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

Send this to a friend