५ भाद्र,काठमाडौँ : राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष गणतन्त्र ब्राजिल र गणतन्त्र कोरियाका लागि नवनियुक्त राजदूतहरुले राष्ट्रपतिको कार्यालय, महाराजगञ्जमा आयोजित एक समारोहका बीच पद तथा गोपनीयताको शपथ ग्रहण गर्नु भएको छ ।

राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यका अनुसार गणतन्त्र ब्राजिलका लागि निर्मलराज काफ्ले र गणतन्त्र कोरियाका लागि प्रा.डा. ज्योति प्याकुरेल (भण्डारी) नियुक्त गरिएका हुन् । उक्त अवसरमा नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरूको समेत उपस्थिति रहेको थियो ।



















आफ्नो प्रतिकृया दिनुहोस्