२९ भाद्र,(धर्मराज) जनकपुरधाम उप-महानगरपालिका कार्यालयले सार्वजानिक तथा सार्वजानिक घर विधुतको पोल लगायतका स्थानमा राखिएको झन्डा ब्यानर हटाउन थालेको छ।

नगर प्रमुख मनोज कुमार साह आफै बजार अनुगमनमा निस्किएर बजार क्षेत्रमा तथा सार्वजनिक भवन, सार्वजनिक उद्यान, सार्वजनिक सडकका पोलमा नियम विपरित पोस्टर,तुल, ब्यानर, जस्ता प्रचारात्मक सामग्री प्रयोग गरेको त्यस्तो स्थानलाई दुरुस्त बनाई राख्न तत्काल हटाउन निर्देशन दिएका हुन्।

उप-महानगर पालिका क्षेत्रको सार्वजानिक स्थानमा बिना अनुमति कुनै प्रकार पोष्टर,ब्यानर राख्न नपाउने व्यवस्था भएकाले नगर प्रहरी परिचालन गरेर हटाउन थालिएको कर प्रमुख परमेश झा ले जानकारी दिएका छन्।यस साथै दृश्य प्रदुषण सम्बन्धी अन्य कार्यको समन्वय तथा सहजीकरण गर्न नगर प्रमुख साहले अनुगमन घुम्ती टोली खटाउन लागेको विशेष श्रोत ले जनाएको छ।
आफ्नो प्रतिकृया दिनुहोस्