८ आश्विन,जनकपुरधाम(धर्मराज):जनकपुरधाम उप-महानगरपालिका द्वारा सरकारले निर्देष्ट गरेका मापदण्ड पुरा नगर्ने सञ्चालनमा आएका स्वास्थ्य संस्थाहरुलाई कानून बमोजिम कारवाही गर्ने जनाएको छ।
उप-महानगरपालिकाले ५ गते बुधवारनै एक सूचना निकाली स्वास्थ्य संस्था सञ्चालन सम्बन्धि सम्पूर्ण मापदण्ड पुरा गर्न सञ्चालित निजी, गैरसरकारी, सहकारी तथा गैरनाफामूलक स्वास्थ्य संस्थाहरुलाई ध्यानाकर्षण गराएको हो।
उप-महानगरपालिकाबाट जारि विज्ञप्ति पत्रमा विशिष्टीकृत अस्पताल ,निजी अस्पताल ,नर्सिङ्ग होम ,सामुदायिक अस्पताल ,डाइग्नोस्टिक सेन्टर ,पोली क्लिनिक, प्रयोगशाला ,रेडियो ईमेजिंग ,स्वास्थ्य क्लिनिक, पुर्नस्थापना केन्द्र ,मेडिकल सेन्टर लगायत अन्य स्वास्थ्य संग सम्बन्धित संस्थाहरुलाई सरकार ले निर्देष्ट गरेका मापदण्ड पुरा गर्न पन्ध्र (१५) दिनको समयावधि दिएको छ।

सो समयवधि भित्र मापदण्ड पुरा नगरेको स्वास्थ्य संस्थाहरुलाई जनस्वास्थ्य सेवा नियमावली २०७७ अनुसार कारवाही गरिने समेत उप-महानगरपालिकाबाट जारि पत्रमा उल्लेख छ।जनकपुरधाम उप-महानगरपालिकाले जनताको स्वास्थ प्रति गरेको संवेदनशील कार्य स्वागत योग्य रहेको तथा यसले नगरवासीहरुको स्वास्थजन्य क्रियाकलापले व्यापक सुधार आउने विश्वाश जनताले लिएका छन्।
आफ्नो प्रतिकृया दिनुहोस्