Janakpur Khabar
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
Janakpur Khabar
No Result
View All Result

युक्रेन विरुद्ध ‘तत्कालका लागि’ थप ठूलो आक्रमण आवश्यक नरहेको पुटिनको भनाइ

जनकपुरखबर संवाददाता जनकपुरखबर संवाददाता
अशोज २८, २०७९
In अन्तराष्ट्रिय
0

२८आश्विन,कजाकस्तान : रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेन विरुद्ध ‘तत्कालका लागि’ थप ‘ठूलो’ आक्रमणको योजना नरहेको र क्रेमलिनको उद्देश्य पश्चिमा समर्थित देशलाई ‘नष्ट’ गर्नु नभएको बताउनु भएको छ । कजाकिस्तानमा पूर्व सोभियत राष्ट्रहरूको शिखर सम्मेलनपछि पत्रकारहरूसँग उहाँले भन्नुभयो, “अहिले ठूलो आक्रमणको आवश्यकता छैन । अहिलेका लागि त्यहाँ अन्य कामहरू आवश्यक छन् ।”

रूसले युक्रेनको राजधानी कीभलगायत सम्पूर्ण क्षेत्रमा क्षेप्यास्त्र आक्रमण गरेको केही दिनपछि उहाँले सो कुरा बताउनुभएको हो । फेब्रुअरी २४ मा युक्रेनमा सेना पठाएका पुटिनले मित्र-राष्ट्रहरूबाट समेत अलगाव र आलोचनाको सामना गरिरहनु भएको छ । तर युक्रेनमा सरकार ढाल्ने असफल प्रयास र हप्तौं देखिको क्षेत्रीय क्षतिका बावजुद रूसले ‘सबै कुरा ठीक गरिरहेको’ उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “आज जे भइरहेको छ, त्यो सुखद छैन ।

यदि रूसले फेब्रुअरीमा आक्रमण नगरेको भए हामी पनि त्यस्तै अवस्थामा हुने थियौं । केवल हाम्रो लागि स्थिति खराब हुने थियो ।” रूसी नेता पुटिनले थप्नुभयो, “त्यसैले हामी सबै कुरा ठीक गरिरहेका छौं।” यद्यपि उहाँले मस्कोका पूर्व सोभियत सहयोगीहरू द्वन्द्वलाई लिएर ‘चिन्तित’ रहेको स्वीकार गर्नुभएको छ । पुटिनले भन्नुभयो, “पक्कै पनि हाम्रा साझेदारहरू रुसी–युक्रेनी सम्बन्धको भविष्य प्रति चासो राख्छन् र चिन्तित छन् तर यसले क्रेमलिनसँगको सम्बन्धमा कुनै असर नपार्ने उहाँको दाबी छ ।

उहाँले रूसमा परिचालन विस्तार गर्ने आफ्नो कुनै योजना नरहेको पनि बताउनुभएको छ । पुटिनले भन्नुभयो, “थप केही पनि योजना छैन । रक्षा मन्त्रालयबाट कुनै प्रस्ताव प्राप्त भएको छैन र म निकट भविष्यमा कुनै थप आक्रमणको आवश्यकता देख्दिनँ ।” उहाँले यस युद्धका लागि तीन लाख जनशक्ति परिचालन गर्ने लक्ष्य रहेकोमा दुई लाख २२ हजार जनशक्ति परिचालन गरिएको पनि बताउँदै करिब दुई हप्ताभित्र सबै परिचालनका काम सम्पन्न हुने उल्लेख गर्नुभयो ।(रासस/एएफपी)

  • 0share
  • Share
  • Tweet
  • Facebook Messenger
  • WhatsApp
  • Email
  • Print
जनकपुरखबर संवाददाता

जनकपुरखबर संवाददाता

सम्बन्धित समाचार

अन्तराष्ट्रिय

भारत–पाकिस्तानको युद्धविरामको घोषणा पछि कश्मीरमा चहलपहल बढ्यो

बैशाख २९, २०८२
अन्तराष्ट्रिय

भारत–पाकिस्तान युद्धविराम : राष्ट्रसंघको स्वागत, आरोप–प्रत्यारोप यथावत्

बैशाख २८, २०८२
अन्तराष्ट्रिय

पाकिस्तानमा भारतको हवाई आक्रमण, ८ जनाको मृत्यु, ३५ घाइते

बैशाख २४, २०८२
अन्तराष्ट्रिय

ब्राजिलको गाईको मासु निर्यातमा अमेरिकी करको मार

बैशाख २२, २०८२
अन्तराष्ट्रिय

चीनमा अहिलेसम्मकै ठूलो कार्गो ड्रोनको सफल परीक्षण उडान

चैत्र ५, २०८१
अन्तराष्ट्रिय

म्यासेडोनियाको नाइट क्लबमा आगलागी, ५९ को मृत्यु, एक सय भन्दा बढी घाइते

चैत्र ३, २०८१

आफ्नो प्रतिकृया दिनुहोस्

ताजा खबर

चलचित्र ‘रिमै’ को फर्स्टलुक पोस्टर सार्वजनिक, भदौ २७ गते बाट प्रदर्शनमा आउने

बैशाख ३०, २०८२

धार्मिक सम्प्रदायमा असर पार्ने भिडियो बनाएको आरोपमा रौतहटमा युवक पक्राउ

बैशाख ३०, २०८२

लिभर ट्रान्सप्लान्टमा नेपाल संसारकै सस्तो देश हो : डा.एकानन्द सिंह

बैशाख २९, २०८२

नेपालले दक्ष नर्स उत्पादन गर्छ तर विदेशले फाइदा लिइरहेको छ

बैशाख २९, २०८२

भारत–पाकिस्तानको युद्धविरामको घोषणा पछि कश्मीरमा चहलपहल बढ्यो

बैशाख २९, २०८२

जसपा नेपाल धनुषाको अध्यक्षमा पुन: पशुपति यादव

बैशाख २९, २०८२

बुद्धका मार्गदर्शनले दृष्टि सम्यक्, विचार शुद्ध र कर्म उज्यालो बनोस् : प्रधानमन्त्री ओली

बैशाख २९, २०८२

किराँत समुदायमा आज उभौली पर्व, चण्डी पूर्णिमा र चण्डेश्वरी जात्राको पनि शुभारम्भ

बैशाख २९, २०८२



प्रकाशक - जनकपुर खबर मिडिया ग्रुप प्रा.लि.
अध्यक्ष तथा प्रबन्ध निर्देशकः– रवि मंडल
सम्पादक - निरज कुमार मण्डल
+977-9854028150/9802328150
news@ejanakpurkhabar.com
सुचना बिभाग दर्ता नं. 2182/077-78

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

Send this to a friend