२८आश्विन,लण्डन: बेलायती प्रधानमन्त्री लिज ट्रसले शुक्रबार आफ्ना अर्थमन्त्रीलाई दक्षिणपन्थी आर्थिक फोरमका कारण उत्पन्न उथलपुथलका लागि आरोप लगाउँदै बर्खास्त गर्नुभएको छ । वासिङ्टनमा अन्तर्राष्ट्रिय बैठकबाट फर्केपछि तत्कालै ट्रसले आफ्ना वित्तमन्त्रीलाई व्यक्तिगत रूपमा बर्खास्त गरेको विभिन्न सञ्चारमाध्यमले जनाएका छन् । यसै वर्ष बेलायतको चौथो अर्थमन्त्री बन्ने उहाँको उत्तराधिकारीको तत्काल कुनै घोषणा भएको छैन ।
ट्रसको पत्रकार सम्मेलनका लागि कुनै समय दिइएको थिएन, तर यो घोषणाले खतराको भावनालाई जोड दिएको छ किनकि केही कन्जरभेटिभ सांसदहरूले बोरिस जोनसनको उत्तराधिकारी भएको पाँच हप्तापछि मात्र नयाँ नेतालाई अपदस्थ गर्ने वातावरण बनाउन सांसदहरूलाई परिचालन गरेका थिए । अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) की प्रमुख क्रिस्टालिना जर्जिएभाले ‘सुसङगत’ नीतिको खाँचोबारे चेतावनी दिएपछि क्वार्तेङले यसै साता वासिङ्टनमा अन्तर्राष्ट्रिय मुद्रा कोष र विश्व बैंकको वार्षिक बैठक समापन गर्ने कार्यक्रम तय भएको थियो ।
ट्रेजरीका एक प्रवक्ताले क्वार्टेङले अक्टोबर ३१ मा हुने ‘आफ्नो मध्यम अवधिको वित्तीय योजनामा काम जारी राख्न’ यात्रा कटौती गरेको पुष्टि गरे, ट्रसले बिहीबार आफ्नै वित्तीय सल्लाहकारहरूसँग उहाँको अनुपस्थितिमा हतारमा बैठकहरू गनुभएको थियो । बेलायती प्रसारणकर्ताहरूले क्वार्टेङको ब्रिटिस एयरवेजको विमान हिथ्रो विमानस्थलमा अवतरण गरेको प्रत्यक्ष फुटेज देखाएसँगै सरकारी ऋणपत्रको प्रतिफल कम भएको छ ।(रासस/एएफपी)
आफ्नो प्रतिकृया दिनुहोस्