Janakpur Khabar
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
Janakpur Khabar
No Result
View All Result

सुधार सहित ‘एक देश, दुई प्रणाली’को नीतिलाई कायम राख्ने चिनियाँ राष्ट्रपतिको प्रतिबद्धता

जनकपुरखबर संवाददाता जनकपुरखबर संवाददाता
अशोज ३०, २०७९
In अन्तराष्ट्रिय
0

३०आश्विन, बेइजिङ : चिनियाँ कम्युनिष्ट पार्टी (सिपिसी)का महासचिव एवम् राष्ट्रपति सी चिनफिङले सुधारसहित एक देश, दुई प्रणालीको नीतिलाई कायम राख्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । चिनियाँ कम्युनिष्ट पार्टीको आज यहाँ शुरू भएको बीसौँ महाधिवेशनमा राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै उहाँले “एक देश, दुई प्रणालीको नीति चिनियाँ विशेषतासहितको समाजवादको ठूलो आविष्कार हो, हङकङ र मकाउमा दिगो समृद्धि र स्थायित्व सुनिश्चित गर्न यो प्रणाली सबैभन्दा राम्रो संस्थागत व्यवस्था साबित भएको छ,” भन्नुभयो ।

उक्त नीतिलाई दीर्घकालीन रूपमा पालना गर्नुपर्नेमा जोड दिँदै त्यसलाई पूर्णरूपेण इमानदारी एवम् दृढताका साथ कार्यान्वयन गर्ने प्रतिबद्धता उहाँले व्यक्त गर्नुभयो । हङकङ र मकाउमा कानुनमा आधारित शासन सुनिश्चित गर्न एक देश, दुई प्रणालीअन्तर्गत हङकङका जनताले हङकङको प्रशासन गर्ने र मकाओका जनताले मकाउको शासन गर्ने बताउँदै उहाँले दुवैलाई उच्च स्तरको स्वायत्तताका लागि सिपिसी प्रतिबद्ध रहने स्पष्ट गर्नुभयो । महासचिव सीले दुवै क्षेत्र देशभक्तहरूद्वारा प्रशासित भएको सुनिश्चित गर्न  केन्द्र सरकारले समग्र अधिकार उपभोग गर्न दिने स्पष्ट गर्नुभयो ।

हङकङ र मकाउको अर्थतन्त्र सबल बनाउन, त्यहाँका जनताको जीवनस्तरमा सुधार गर्न, आर्थिक एवम् सामाजिक विकासका समस्या समाधान गर्न तथा दुई विशेष प्रशासनिक क्षेत्रमा दीर्घकालीन समृद्धि र स्थिरता प्रवद्र्धन गर्न सहयोग गर्ने दृढता पनि महासचिव सीले व्यक्त गर्नुभयो । उहाँले हङकङ र मकाउलाई चीनको समग्र विकासमा अझ राम्रोसँग समाहित गर्न चाहेको बताउनुभयो । महासचिव सीले महाधिवेशनमा प्रस्तुत गर्नुभएको प्रतिवेदनअनुसार केन्द्र सरकारको समग्र क्षेत्राधिकार र विशेष प्रशासनिक क्षेत्रमा उच्च स्तरको स्वायत्तता सुनिश्चित हुनेछ भने केन्द्रीय अधिकारीहरूले हङकङ र मकाउमा कार्यकारी नेतृत्वको सरकारलाई समर्थन गर्नेछन् ।

  कानुनमा आधारित प्रशासनको अभ्यास गर्न, उनीहरूको समग्र शासन र व्यवस्थापन क्षमता अभिवृद्धि गर्न तथा उनीहरूको न्यायिक र कानुनी प्रणालीमा सुधार गर्न दुई क्षेत्रका प्रमुख कार्यकारीहरू र सरकारलाई केन्द्रबाट सहयोग हुनेछ ।“हामी हङकङ र मकाउका बासिन्दालाई दुवै क्षेत्रप्रति सद्भाव राख्न, थप देशभक्त हुन र एक देश, दुई प्रणाली नीतिको समर्थनमा स्वदेश र विदेशमा फराकिलो संयुक्त मोर्चा बनाउन प्रेरित गर्नेछौँ । हङकङ र मकाउमा अराजकता सिर्जनाको प्रयास गर्ने चीन विरोधी तत्वहरूलाई कडा कारबाही गर्नेछौँ ।  हामी हङकङ र मकाउको मामिलामा बाह्य शक्तिहरूको हस्तक्षेप रोक्न र दृढ कदम चाल्नेछौँ,” प्रतिवेदनमा भनिएको छ ।

चीन कहिल्यै विस्तारवादमा संलग्न नहुने

चिनियाँ कम्युनिष्ट पार्टीको २०औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रकै क्रममा राष्ट्रपति सीले चीन कहिल्यै प्रभुत्व खोज्ने वा विस्तारवादमा संलग्न नहुने स्पष्ट गर्नुभयो । चीन सबै प्रकारका आधिपत्यवाद र शक्ति राजनीति, शीतयुद्धको मानसिकता, अन्य देशको आन्तरिक मामिलामा हस्तक्षेप र दोहोरो मापदण्डको विरुद्धमा दृढतापूर्वक उभिएको र भविष्यमा पनि उक्त नीतिमा अडिग रहने उहाँले बताउनुभयो । चीन विश्वशान्तिका निम्ति स्वतन्त्र विदेश नीति अवलम्बन गर्न दृढ रहेको, गुण र दोषका आधारमा वैश्विक विषयहरूमा आफ्नो अडान र नीति निर्धारण गरेको दोहो¥याउँदै महासचिव सीले चिनियाँ विदेश नीतिबाट देशको अन्तर्राष्ट्रिय सम्बन्धलाई नियन्त्रित गर्ने आधारभूत मान्यतालाई कायम राख्न तथा अन्तर्राष्ट्रिय निष्पक्षता एवम् न्यायको रक्षा गर्न मद्दत पुग्ने बताउनुभयो । (रासस/सिन्ह्वा)

  • 0share
  • Share
  • Tweet
  • Facebook Messenger
  • WhatsApp
  • Email
  • Print
जनकपुरखबर संवाददाता

जनकपुरखबर संवाददाता

सम्बन्धित समाचार

अन्तराष्ट्रिय

भारत–पाकिस्तानको युद्धविरामको घोषणा पछि कश्मीरमा चहलपहल बढ्यो

बैशाख २९, २०८२
अन्तराष्ट्रिय

भारत–पाकिस्तान युद्धविराम : राष्ट्रसंघको स्वागत, आरोप–प्रत्यारोप यथावत्

बैशाख २८, २०८२
अन्तराष्ट्रिय

पाकिस्तानमा भारतको हवाई आक्रमण, ८ जनाको मृत्यु, ३५ घाइते

बैशाख २४, २०८२
अन्तराष्ट्रिय

ब्राजिलको गाईको मासु निर्यातमा अमेरिकी करको मार

बैशाख २२, २०८२
अन्तराष्ट्रिय

चीनमा अहिलेसम्मकै ठूलो कार्गो ड्रोनको सफल परीक्षण उडान

चैत्र ५, २०८१
अन्तराष्ट्रिय

म्यासेडोनियाको नाइट क्लबमा आगलागी, ५९ को मृत्यु, एक सय भन्दा बढी घाइते

चैत्र ३, २०८१

आफ्नो प्रतिकृया दिनुहोस्

ताजा खबर

चलचित्र ‘रिमै’ को फर्स्टलुक पोस्टर सार्वजनिक, भदौ २७ गते बाट प्रदर्शनमा आउने

बैशाख ३०, २०८२

धार्मिक सम्प्रदायमा असर पार्ने भिडियो बनाएको आरोपमा रौतहटमा युवक पक्राउ

बैशाख ३०, २०८२

लिभर ट्रान्सप्लान्टमा नेपाल संसारकै सस्तो देश हो : डा.एकानन्द सिंह

बैशाख २९, २०८२

नेपालले दक्ष नर्स उत्पादन गर्छ तर विदेशले फाइदा लिइरहेको छ

बैशाख २९, २०८२

भारत–पाकिस्तानको युद्धविरामको घोषणा पछि कश्मीरमा चहलपहल बढ्यो

बैशाख २९, २०८२

जसपा नेपाल धनुषाको अध्यक्षमा पुन: पशुपति यादव

बैशाख २९, २०८२

बुद्धका मार्गदर्शनले दृष्टि सम्यक्, विचार शुद्ध र कर्म उज्यालो बनोस् : प्रधानमन्त्री ओली

बैशाख २९, २०८२

किराँत समुदायमा आज उभौली पर्व, चण्डी पूर्णिमा र चण्डेश्वरी जात्राको पनि शुभारम्भ

बैशाख २९, २०८२



प्रकाशक - जनकपुर खबर मिडिया ग्रुप प्रा.लि.
अध्यक्ष तथा प्रबन्ध निर्देशकः– रवि मंडल
सम्पादक - निरज कुमार मण्डल
+977-9854028150/9802328150
news@ejanakpurkhabar.com
सुचना बिभाग दर्ता नं. 2182/077-78

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

Send this to a friend