२ कात्तिक, जनकपुरधाम :नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले संविधानको रक्षा र मुलुकमा राजनीतिक स्थायित्वका लागि पाँच दलीय गठबन्धनलाई जिताउनुपर्ने बताउनुभएको छ । धनुषाको नगराइनमा आज आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्नुहुँदै नेता निधिले संविधानमाथि अझै आक्रमणको खतरा रहेकाले संविधानको रक्षा र राजनीतिक स्थायित्वका लागि पाँच दलीय गठबन्धन भएकाले गठबन्धनलाई जिताउनु पर्ने बताएका छन् ।

साथै पाँच दलीय गठबन्धनका उम्मेदवारलाई जिताउनका लागि चुनावी प्रचारप्रसारमा समेत लाग्न कार्यकर्तालाई उहाँले आग्रह गर्नुभयो । आचार संहिता अनुसार आगामी निर्वाचनका लागि राजनीतिक दल तथा उम्मेदवारहरूले कात्तिक १७ गतेपछि मात्रै यस्ता चुनावी कार्यक्रम गर्न पाउने भएका छन् । भेलामा नेपाली कांग्रेसका नेता तथा प्रदेशसभा तर्फ धनुषा क्षेत्र नम्बर ३ (१) का उम्मेदवार रामसरोज यादवले गठबन्धनलाई जिताउने गरी जुट्न नेता कार्यकर्ता सँग आग्रह गरेका थिए ।(रासस)
आफ्नो प्रतिकृया दिनुहोस्