Janakpur Khabar
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
Janakpur Khabar
No Result
View All Result

रग्बीको स्वर्णपदक एपिएफ र महिलातर्फ आर्मीलाई

जनकपुरखबर संवाददाता जनकपुरखबर संवाददाता
कार्तिक २, २०७९
In खेलकुद
0

२ कात्तिक, लेखनाथ:पोखरामा जारी नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत लेखनाथको भण्डारढिकमा सञ्चालित रग्बीमा पुरुषतर्फको स्वर्ण पदक सशस्त्र प्रहरीको विभागीय टिम एपिएफले हात पारेको छ । आज भएको फाइनल खेलमा एपिएफले लुम्बिनी प्रदेशलाई १०–७ को स्कोरमा पछि पार्दै स्वर्णपदक जितेको हो ।

सेमिफाइनलमा आर्मीलाई ५–० अङ्कले पराजित गर्दै लुम्बिनी प्रदेश फाइनलमा प्रवेश गरेको थियो भने गण्डकी प्रदेशलाई १७–७ को अन्तरले पराजित गर्दै एपिएफ फाइनलमा पुगेको थियो । पुरुषतर्फको कांस्यपदक भने गण्डकी प्रदेशले जितेको छ । गण्डकीले त्रिभुवन आर्मीलाई १०–५ को स्कोरमा पछि पारेको हो । महिलातर्फको स्वर्णपदक त्रिभुवन आर्मीले जितेको छ । फाइनल खेलमा आर्मीले एपिएफलाई १०–० ले पछि पार्दै स्वर्ण पदक जितेको हो ।

आर्मीले मधेस प्रदेशलाई १७–५ अङ्कले पराजित गर्दै फाइनलमा प्रवेश गरेको थियो भने एपिएफले सुदूरपश्चिम प्रदेशलाई १०–० ले पराजित गर्दै फाइनलमा पुगेको थियो । कांस्यपदक भने सुदूरपश्चिमको पोल्टामा परेको छ । सुदूरपश्चिम मधेस प्रदेशलाई ५–० ले पराजित गर्दै कांस्यपदक जित्न सफल हुन पुग्यो ।(रासस)

  • 8shares
  • Share
  • Tweet
  • Facebook Messenger
  • WhatsApp
  • Email
  • Print
जनकपुरखबर संवाददाता

जनकपुरखबर संवाददाता

सम्बन्धित समाचार

खेलकुद

वेस्ट इन्डिजमाथि दक्षिण अफ्रिकाको शानदार जित

फाल्गुन १४, २०८२
खेलकुद

टी–२० विश्वकपमा नेपालको लगातार दोस्रो हार

माघ २९, २०८२
खेलकुद

आइसीसी टी–२० विश्वकप : नेपाल इंग्ल्याण्डसँग ४ रनले पराजित

माघ २५, २०८२
खेलकुद

जनकपुर बोल्ट्सका मुख्य प्रशिक्षकमा शिवनारायण चन्द्रपाल नियुक्त

अशोज २७, २०८२
खेलकुद

टी–२० विश्वकप छनोट : नेपाल जापानमाथि ५ विकेटले बिजयी हुँदै सुपर–६ मा प्रवेश

अशोज २४, २०८२
खेलकुद

टप टी–२० सिरिजमा अस्ट्रेलियासँग भिड्दै नेपाल

साउन ३०, २०८२

आफ्नो प्रतिकृया दिनुहोस्

ताजा खबर

फोहरबाट ऊर्जा: जनकपुरधामलाई सफा र समृद्ध बनाउने सुनौलो अवसर

असार २९, २०८३

इन्धन आपूर्तिमा सम्भावित चुनौती सवारी साधन प्रयोगमा संयम अपनाउनु पर्छ : डंगोल

चैत्र २२, २०८२

शनिबार र आइतबार सार्वजनिक बिदा दिने सरकारको निर्णय, नौं बजे देखि कार्यालय खुल्ने

चैत्र २२, २०८२

नवनियुक्त महान्यायाधिवक्ता कँडेलले गरे पदबहाली

चैत्र २२, २०८२

रामायणको तीनसय बर्ष पूरानो दुर्लभ पाण्डुलिपि संग्रहालयमा राखिने

चैत्र २१, २०८२

सरकारी मिडियालाई मात्र विज्ञापन : पारदर्शिता कि नियन्त्रणको रणनीति ?

चैत्र २१, २०८२

गृहमन्त्री सुधन गुरुङको पहिलो साता : धमाधम गिरफ्तारी र आक्रामक शैलीले तरंग

चैत्र २१, २०८२

वीरगन्जमा ११ वर्षीया बालिकामाथि यौन हिंसाको प्रयास, पसल सञ्चालक मिया पक्राउ

चैत्र २१, २०८२



प्रकाशक - जनकपुर खबर मिडिया ग्रुप प्रा.लि.
अध्यक्ष तथा प्रबन्ध निर्देशकः– रवि मंडल
सम्पादक - निरज कुमार मण्डल
+977-9854028150/9802328150
news@ejanakpurkhabar.com
सुचना बिभाग दर्ता नं. 2182/077-78

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

Send this to a friend