२ कात्तिक,नयाँ दिल्ली :भारतको विपक्षी दल, राष्ट्रिय कांग्रेस पार्टी (आईएनसी) को अध्यक्षमा मल्लिकार्जुन खड़गे निर्वाचित हुनुभएको छ । आईएनसीले मल्लिकार्जुन खड़गेलाई पार्टीको अध्यक्षमा निर्वाचित गरेको पार्टीका नेता मधुसुदन मिस्त्रीले बुधबार जानकारी दिनुभएको हो । निर्वाचन अधिकृत मिस्त्रीले सञ्चारकर्मीसँग भन्नुभयो, “कूल नौ हजार ३८५ मत खसेको नेतृत्व चयनका लागि भएको निर्वाचनमा खड़गेलाई सात हजार ८९७ मत प्राप्त भएको छ ।

उहाँसँग अध्यक्षका लागि प्रतिस्पर्धा गर्नुभएका कांग्रेस नेता शशि थरूरले एक हजार ७२ मत प्राप्त गर्नुभएको छ । साथै, खसेको कूल मतमध्ये ४१६ मत बदर भएको छ ।” निर्वाचन अधिकृत मिस्त्रीले सञ्चारकर्मीसँग भन्नुभयो, “थरुरले हार स्वीकार गर्दै खड़गेको सफलताको कामना गर्नुभएको छ ।
नेतृत्व चयनका लागि भएको निर्वाचनमा प्राप्त अत्यधिक बहुमतसँगै खड़गे २४ वर्षमा पहिलो पटक गैर–गान्धी परिवारबाट कांग्रेसको नेतृत्वमा चयन हुनुभएको छ । गान्धी परिवारले आफूलाई शीर्ष पदबाट अलग गरेको छ र मतदानमा कुनै पनि उम्मेदवारलाई समर्थन नगरेको बताइएको छ ।(रासस/एएनआई)



















आफ्नो प्रतिकृया दिनुहोस्