४ कात्तिक,काठमाडौं :राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष नेपालका लागि फिनल्याण्ड, संयुक्त राज्य अमेरिका र आइसल्याण्डका राजदूतले आआफ्नो ओहोदाको प्रमाणपत्र पेश गर्नुभएको छ । राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित छुट्टा छुट्टै समारोहमा नेपालका लागि फिनल्याण्डका आवासीय राजदूत रिना रिक्का हेइका, अमेरिकाका आवासीय राजदूत डिन रिचार्ड थोमसन र आइसल्याण्डका गैरआवासीय राजदूत गुड्नी ब्रागसनले ओहोदाको प्रमाणपत्र पेश गर्नुभयो । सो अवसरमा नेपाल सरकारका उच्चपदस्थ अधिकारीको उपस्थिति रहेको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यद्वारा जारी विज्ञिप्तिमा जनाइएको छ । (रासस)

आफ्नो प्रतिकृया दिनुहोस्