५ कात्तिक,काठमाडौं : आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि उत्कृष्ट टिकटक भिडियो बनाउने लाई निर्वाचन आयोगले पुरस्कृत गर्ने घोषणा गरेको छ । निर्वाचन प्रचार प्रसार, निर्वाचन आचार संहिता तथा निर्वाचन शिक्षाजस्ता विषयमा आधारित उत्कृष्ट टिकटक भिडियो बनाउन आह्वान गर्दै आयोगले प्राप्त उत्कृष्ट भिडियोलाई पुरस्कृत गर्ने निर्णय गरेको हो
। टिकटक भिडियो प्रतियोगितामा सहभागी हुनेले २० सेकेण्ड देखि एक मिनेट सम्मको बनाएर यही कात्तिक ५ देखि १५ गते भित्र पठाइ सक्नुपर्ने छ । आयोगले प्राप्त भएका मध्ये उत्कृष्ट पाँच भिडियोलाई जनही रु ५० हजारका दरले पुरस्कृत गर्ने जनाएको छ । उनीहरुलाई प्रशंसापत्र समेत प्रदान गरिने बताइएको छ ।(रासस)



















आफ्नो प्रतिकृया दिनुहोस्