Janakpur Khabar
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
Janakpur Khabar
No Result
View All Result

मंसिर ४ को निर्वाचन शान्तिपूर्ण र निष्पक्ष रुपमा सम्पन्न गर्न सरकारले प्रबन्ध मिलाएको छ : प्रधानमन्त्री देउवा

जनकपुरखबर संवाददाता जनकपुरखबर संवाददाता
कार्तिक ९, २०७९
In समाचार
0

९ कात्तिक,भक्तपुर : प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी मंसिर ४ गते सम्पन्न हुने प्रतिनिधि तथा प्रदेश सभा निर्वाचन शान्तिपूर्ण र निष्पक्ष रुपमा सम्पन्न गर्न सरकारले प्रबन्ध मिलाएको बताउनु भएको छ । राष्ट्रिय विभूति शंखधर साख्वाः प्रतिष्ठानले आज शंखधर चोक मध्यपुर थिमिमा आयोजना गरेको नेपाल संवत्का प्रवर्तक राष्ट्रिय विभूति शंखधर साख्वाःको प्रतिमामा माल्र्यापर्ण गर्दै उहाँले निर्वाचनलाई सफल बनाउन सबै राजनीतिक दल तथा सरोकारवाला निकायको सहयोग आवश्यक रहेको बताउनु भयो ।

प्रधानमन्त्री देउवाले मंसिर ४ गतेको आम निर्वाचन सफल बनाउन सबैको साथ, सहयोग र सहकार्य आवश्यक छ भन्नु भयो । उहाँले आगामी निर्वाचन मुलुकको संविधानको रक्षा, लोकतान्त्रिक शासन व्यवस्थाका लागि भएकाले निर्वाचनलाई सफल बनाउन सबैको साथ, सहयोग र सहकार्य आवश्यक भएको बताउनु भएको हो । “आमनिर्वाचन मुलुकको संविधानको रक्षा, लोकतान्त्रिक शासन व्यवस्था, आर्थिक समृद्धि, नागरिकको लोकतान्त्रिक र अभिव्यक्ति स्वतन्त्रताको लागि महत्वपूर्ण रहेको छ ।

त्यसैले मंसिर ४ गतेको आमनिर्वाचन सबै मिलेर सफल बनाउनुपर्छ”, उहाँले भन्नुभयो । उहाँले लोकतान्त्रिक सरकारबाट मात्रै मुलुकका भाषा, धर्म, सँस्कृतिको समान संरक्षण गरी विकास र विस्तार कार्य अघि बढ्न सक्ने बताउँदैं निर्वाचनमा सबै सक्रियताका साथ सहभागी भई मुलुकमा लोकतान्त्रिक सरकार स्थापनामा सहयोग गर्ने विश्वास व्यक्त गर्नुभयो । प्रधानमन्त्री देउवाले गरिवी र असमानताको अन्त्यका लागि नेपाली जनताको आर्थिक स्तर वृद्धि गरी जनतालाई सुखी र समृद्ध तुल्याउन शंखधर साख्वाको उदाहरणीय कार्यबाट सबैले प्रेरणा लिनुपर्ने धारणा राख्नुभयो ।

“साख्वाको बाटोमा सबैले प्रतिवद्ध भएर हिँड्न सके मुलुकबाट गरिवी असमानता, विपन्नता अन्त्य गर्न सकिन्छ,” उहाँले भन्नुभयो । उहाँले साख्वाको कार्य सबैको गौरवको विषय भएकोले साख्वाको व्यक्तित्वबाट व्यक्तिगत भन्दा सामूहिक हितलाई आत्मसाथ गरी अघि बढ्ने प्रेरणा मिल्ने बताउनु भयो । “ नेपालको सामाजिक इतिहासलाई उचो राख्न साख्वाको जस्तो महान व्यक्तित्वबाट व्यक्तिगत भन्दा सामूहिक र राष्ट्रिय हितलाई आत्मसाथ गरी अघि बढन् सके मात्र मुलुकको हित हुन्छ ।

साख्वाको जीवनीबाट सबैलाई यही प्रेरणा मिल्नेछ”, उहाँले भन्नुभयो । नेपाल सम्वत् नेपालको मौलिक सम्वत् भएको चर्चा गर्दै प्रधानमन्त्री देउवाले नेपाल सम्वत्ले राष्ट्रिय मान्यता पाएसँगै यसको प्रयोगबारे व्यापकता पाएको र यसको व्यवहारिक प्रयोगका लागि सरकारले आवश्यक सहयोग गर्ने प्रतिवद्धता समेत व्यक्त गर्नु भयो । उहाँले आधारभुत विद्यालयको पाठ्यक्रममा राष्ट्रिय विभुति शंखधर साख्वाको बारेमा अध्ययन अध्यापन गराउने व्यवस्था गरिएको जानकारी समेत दिनुभयो ।

देशमा लोकतान्त्रिक सरकारले मात्रै रचनात्मक कार्य सम्पन्न गर्न सक्ने चर्चा गर्दै उहाँले आगामी निर्वाचनले लोकतन्त्रलाई मजबुत बनाउने बताउनु भयो । प्रधानमन्त्री देउवाले नेपाल संवत् नेपालको आफ्नै मौलिक संवत् भएको चर्चा गर्दै सरकारले साख्वाःको योगदानको उच्च सम्मान गर्दै यसअघि नै राष्ट्रिय विभूति घोषणा गरेको, उहाँको नाममा हुलाक टिकट प्रकाशित गरेको, विद्यालय तहको पाठ्यक्रममा समावेश गर्ने व्यवस्था गरेको बताउनु भयो । कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले शंखधर साख्वाःको योगदानलाई चीरस्थायी बनाउन नेपाल सरकारले साख्वाःको नाममा राष्ट्रिय पुरस्कारको घोषणा गर्ने तयारी गरेको बताउनु भयो ।

उहाँले सरकारले साख्वाःको नाममा हरेक वर्ष तीन जना व्यक्तिलाई रु एक लाखका दरले राष्ट्रिय पुरस्कार प्रदान गर्ने बताउँदै त्यसको प्रक्रिया सरकारले अगाडि बढाइ सकेको बताउनु भयो । उपत्यकाको पर्यटन विकासलाई संस्कृति, सम्पदा र मौलिक परम्परा जोगाउँदै अगाडि बढाउने बताउँदै मन्त्री श्रेष्ठले नेपाल संवत्लाई सरल र सहज ढङ्गले व्यवहारिक बनाएर कामकाजीमा ल्याउन सरकार लागिरहेको बताउनु भयो ।

कार्यक्रममा काठमाडौँ महानगरपालिकाका उपप्रमुख सुनिता डङ्गोलले शंखधर साख्वाःले पु¥याएको योगदानको चर्चा गर्दै महानगरले मध्यपुरथिमिमा रहेको शंखधर पार्कको निर्माणमा यसअघि एक करोड सहयोग गरेको र आगामी दिनमा पनि सहयोग गर्ने बताउनु भयो । मध्यपुरथिमि नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठले शंखधर साख्वाःको योगदानको चर्चा गर्दै नगरपालिकाले शंखधरको विविध योजना सञ्चालन गर्न एक करोड २० लाखको बजेट विनियोजन गरेको बताउनु भयो ।

नगरपालिकाले सुरु गरेको शंखधरपार्क निर्माण कार्यको बाँकी कामलाई नगरपालिकाले पूर्णता दिने बताउनु भयो । कार्यक्रमका सभापति एवं प्रतिष्ठानका अध्यक्ष ज्ञानराम श्रेष्ठले शंखधर साख्वाःको नाममा सरकारले राष्ट्रिय परस्कारको घोषणा गर्नुपर्ने बताउनु भयो । उहाँले प्रतिष्ठानले साख्वाःको नाममा मिनि सङ्ग्रहालयको रुपमा विकास गर्ने बताउँदै अहिले देखा परेको तिथिमितिको विवाद र फरकलाई एकरुपता दिन विज्ञ टोली लाग्नुपर्ने बताउनु भयो । प्रतिष्ठानले यसवर्ष विराट नेपाल भाषा साहित्य सम्मेलन गुठीलाई शंखधर सम्मान प्रदान गरेको छ ।

प्रधानमन्त्री देउवाले गुठीका महेन्द्र गोपाल कर्माचार्यलाई उक्त सम्मान प्रदान गर्नु भयो भने प्रतिष्ठानका पूर्वअध्यक्ष श्यामकृष्ण मानन्धरलाई पनि ‘ शंखधर सम्मान’ प्रदान गर्नुभयो । त्यसैगरी प्रधानमन्त्री देउवाले काठमाडौंँ महा-नगरपालिकाका पूर्व प्रमुख विद्यासुन्दर शाक्य, ललितपुर महा-नगरपालिकाका प्रमुख चिरीबाबु महर्जन, साहित्यकार तिलक प्रकाश कायस्थ, गीतकार पवित्र कंसाकार र पत्रकार सुगतरत्न सिन्दुराकार लाई शंखधर पदक प्रदान गर्नुभयो ।(रासस)

  • 6shares
  • Share
  • Tweet
  • Facebook Messenger
  • WhatsApp
  • Email
  • Print
जनकपुरखबर संवाददाता

जनकपुरखबर संवाददाता

सम्बन्धित समाचार

समाचार

माओवादी चुनाव लड्नै सक्दैन भन्ने विरोधीहरूको भाष्य खारेज भयो: अध्यक्ष प्रचण्ड

चैत्र ६, २०८१
समाचार

‘राजा-महाराजालाई जनताले इतिहासको विषय बनाइसके’ – अध्यक्ष दाहाल

चैत्र ४, २०८१
समाचार

‘प्रचण्ड’ द्वारा बडी विल्डिङ च्याम्पियन सिपका रजत पदक प्राप्त खेलाडी लाई सम्मान

पुस १४, २०८१
समाचार

कांग्रेसका सभापति द्वारा ‘क्रिसमस डे’ को शुभकामना

पुस १०, २०८१
समाचार

पत्रकारहरुले कलम समाए पछि धर्म छाड्नु हुँदैन् : पुर्व राष्ट्रपती यादव

पुस ८, २०८१
समाचार

देशको प्रतिष्ठा र आर्थिक विकासका लागि खेलको विकास महत्वपूर्ण: प्रचण्ड

पुस ७, २०८१

आफ्नो प्रतिकृया दिनुहोस्

ताजा खबर

चलचित्र ‘रिमै’ को फर्स्टलुक पोस्टर सार्वजनिक, भदौ २७ गते बाट प्रदर्शनमा आउने

बैशाख ३०, २०८२

धार्मिक सम्प्रदायमा असर पार्ने भिडियो बनाएको आरोपमा रौतहटमा युवक पक्राउ

बैशाख ३०, २०८२

लिभर ट्रान्सप्लान्टमा नेपाल संसारकै सस्तो देश हो : डा.एकानन्द सिंह

बैशाख २९, २०८२

नेपालले दक्ष नर्स उत्पादन गर्छ तर विदेशले फाइदा लिइरहेको छ

बैशाख २९, २०८२

भारत–पाकिस्तानको युद्धविरामको घोषणा पछि कश्मीरमा चहलपहल बढ्यो

बैशाख २९, २०८२

जसपा नेपाल धनुषाको अध्यक्षमा पुन: पशुपति यादव

बैशाख २९, २०८२

बुद्धका मार्गदर्शनले दृष्टि सम्यक्, विचार शुद्ध र कर्म उज्यालो बनोस् : प्रधानमन्त्री ओली

बैशाख २९, २०८२

किराँत समुदायमा आज उभौली पर्व, चण्डी पूर्णिमा र चण्डेश्वरी जात्राको पनि शुभारम्भ

बैशाख २९, २०८२



प्रकाशक - जनकपुर खबर मिडिया ग्रुप प्रा.लि.
अध्यक्ष तथा प्रबन्ध निर्देशकः– रवि मंडल
सम्पादक - निरज कुमार मण्डल
+977-9854028150/9802328150
news@ejanakpurkhabar.com
सुचना बिभाग दर्ता नं. 2182/077-78

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

Send this to a friend