Janakpur Khabar
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
Janakpur Khabar
No Result
View All Result

मिथिलामा अक्षय नवमी पर्व मनाइँदै

जनकपुरखबर संवाददाता जनकपुरखबर संवाददाता
कार्तिक १६, २०७९
In समाज
0

१६ कात्तिक,जनकपुरधाम: धनुषा लगायत महोत्तरी सहित अन्य मिथिला क्षेत्रमा आज अक्षय नवमी पर्व मनाइँदैछ । कात्तिक शुक्ल नवमी तिथिमा मनाइने परम्परा अनुसार यो पर्व आज मनाउन लागिएको हो । मिथिलामा धातृ नवमी र इच्छा नवमी समेत भनिने यो पर्व सामूहिक भोजन गरिने रमाइलो चाडबाडमा गनिन्छ । पर्वमा कार्तिक शुक्ल नवमीका दिन अमला (धातृृ) को रुखको फेदमा खाना खाने मैथिल परम्परा छ । पर्व विशेषमा बस्तीमा बिहानै देखि युवापङ्क्ति सामूहिक भोजनको तयारीमा जुटेका छन् ।

यो पर्वमा घर नजिकै, बगैँचा वा वन क्षेत्रमै रहेको अमलाको रूखका फेदमा खानेकुरा पकाएर त्यहीँ खाने चलन छ । पर्वमा अमलाका विशेष परिकार (अचार, मुरब्बा र चटनी)सहित शाकाहारी खानेकुरा मात्र पकाउने र खाने परम्परा छ । पर्व विशेषले अब चिसो मौसम छिप्पिँदै जाने क्रममा खानेकुरामा अमलाको प्रयोग बढाउने सन्देश रहेको मैथिल संस्कृतिका जानकार बर्दिबास नगरपालिका–२ का पण्डित महेश कुमार झाले बताउनु भयो ।

पर्वमा खासगरी किशोर र युवा वनभोजको चाँजोपाँजो मिलाउन व्यस्त देखिएका छन् । बर्दिबास नगर क्षेत्रका कारेघोप्टे, माईस्थान, टुटेश्वर, राइमण्डल, कालापानी र गौरीडाँडा वनपार्क नजिकका वन क्षेत्रका अमलाका रुखका फेदमा एकाबिहानै कैयौँ वनभोजका टोली पुगेका छन् । मिथिलामा आज (कार्तिक शुक्ल नवमी)को दिनलाई कुष्माण्ड नवमी समेत भन्ने गरिएको छ ।

  • 12shares
  • Share
  • Tweet
  • Facebook Messenger
  • WhatsApp
  • Email
  • Print
जनकपुरखबर संवाददाता

जनकपुरखबर संवाददाता

सम्बन्धित समाचार

समाज

नेपाली नागरिकलाई इजरायल पठाएको विरुद्धमा शान्ति समाज धर्नामा

असार ४, २०८२
समाज

हिमानी र हृदयेन्द्र द्वारा जुम्लामा पानी पोखरीको उद्घाटन

जेष्ठ २७, २०८२
समाज

कोटिहोम महायज्ञ जेठ ३१ गते सम्म, शनिबार २१ करोड दीप प्रज्वलनको तयारी

जेष्ठ २३, २०८२
समाज

कोटिहोमले धार्मिक पर्यटन प्रवर्द्धनमा टेवा पुग्छ : डा. तोसिमा कार्की

जेष्ठ २०, २०८२
समाज

गण्डकी कोटिहोममा पुन: कथा वाचन गर्न आउँदै देवी प्रतिभा

जेष्ठ ५, २०८२
समाज

सिरहाका डीएसपी पासवानको कार्यशैली प्रति स्थानीय जन-प्रतिनिधिहरूले गरे प्रशंसा

बैशाख २३, २०८२

आफ्नो प्रतिकृया दिनुहोस्

ताजा खबर

११ महिनामा ३३ अर्बका साढे २८ हजार ईभी गाडी भित्रिए

असार ७, २०८२

योग दिवसमा ‘वर्ल्ड रेकर्ड’ बनाउने मोदीको तयारी, तीन लाख सहभागी एकैसाथ योगमा सहभागि

असार ७, २०८२

धनुषाको नगराईन न. पा. मा वडाध्यक्षको विरोधमा अनसन

असार ७, २०८२

अभिनेता धर्मेन्द्रले गरे योगको तारिफ, मोदी र रामदेवलाई दिए धन्यवाद

असार ७, २०८२

मोरङका निर बहादुर खड्का कोशी प्रदेशकै सर्वोत्कृष्ट प्रहरी

असार ६, २०८२

‘मिस्टर महानगर’ उपाधिका लागि ३८ खेलाडी बीच प्रतिस्पर्धा, असार ७ गते हुने फाइनल

असार ६, २०८२

प्रधानमन्त्री ओलीद्वारा ग्वार्को फ्लाइओभर उद्घाटन: “अब विकासले फड्को मारेको छ”

असार ६, २०८२

अख्तियारको टोली द्वारा निमित्त प्रमुख प्रशासकीय अधिकृत श्रीवास्तव पक्राउ

असार ६, २०८२



प्रकाशक - जनकपुर खबर मिडिया ग्रुप प्रा.लि.
अध्यक्ष तथा प्रबन्ध निर्देशकः– रवि मंडल
सम्पादक - निरज कुमार मण्डल
+977-9854028150/9802328150
news@ejanakpurkhabar.com
सुचना बिभाग दर्ता नं. 2182/077-78

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

Send this to a friend