Janakpur Khabar
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
Janakpur Khabar
No Result
View All Result

महोत्तरी–१ मा चुनावी चहलपहल बढ्दै

जनकपुरखबर संवाददाता जनकपुरखबर संवाददाता
कार्तिक १८, २०७९
In राजनीति
0

१८ कात्तिक,महोत्तरी : निर्वाचन प्रचार–प्रसारका लागि सभा, सम्मेलन खुला प्रचार अभियान खुलेसँगै महोत्तरी–१ प्रतिनिधि सभामा चुनावी चहल पहल बढेको छ । निर्वाचन आयोगले जारी गरेको आचार संहिता अनुरुप कात्तिक १७ देखि निर्वाचनका लागि उम्मेदवार र दलले खुला प्रचार गर्न पाउने अवधि सुरु भएपछि यहाँ चुनावी चहल पहल ह्वात्तै बढेको हो । निर्वाचन क्षेत्रका बस्ती बस्तीमा दल र उम्मेद्वारका निर्वाचन चिह्नका प्रचार गीत र नाराका स्वर सुनिन थालेका छन् ।

दल र उम्मेदवारले समूहमा घरदैलो र बस्ती बस्तीमा कोणसभाका कार्यक्रम अघि बढाएका छन् । महोत्तरी–१ को भङ्गाहा–९ कञ्चनवनबाट नेकपा एमालेका केन्द्रीय सचिव रघुवीर महासेठले चुनावी प्रचार र घरदैलो कार्यक्रमको आज बिहान शुभारम्भ गर्नुभयो । त्यसैगरी पाँचदलीय सत्तागठबन्धनको वाम लोकतान्त्रिक निर्वाचन परिचालन कमिटीले कात्तिक १७ गतेदेखि मङ्सिर–१ गतेसम्मको तालिका नै बनाएर निर्वाचन प्रचार अभियान थालिएको जनाएको छ ।

“हामीले निर्वाचन प्रचार अभियानलाई नयाँ चरणमा लगेका छौँ, क्षेत्रभित्रका तीन नगरपालिका पर्ने ३० वडा बस्तीमा सभा, कोणसभा, घरदैलो र अन्य प्रचार अभियान थालेका छौँ”, गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका महासमिति सदस्य चिरिञ्जीवी हमाल भन्नुहुन्छ, “हामीले १५ दिनको खुला प्रचार अवधिलाई बढीभन्दा मतदातासँग भेट्ने तालिका बनाएका छौँ ।” पाँच दलीय सत्ता गठबन्धनबाट नेकपा माओवादी केन्द्रका उपमहासचिव गिरिराजमणि पोखरेल प्रतिनिधि सभाका उम्मेदवार हुनुहुन्छ ।

त्यसैगरी यो क्षेत्रको प्रदेशसभा ‘क’ र ‘ख’ मा क्रमशः लोसपाका पिताम्बर महतो र माओवादी केन्द्रका भरतप्रसाद साह सत्तागठबन्धनका उम्मेद्वार हुनुहुन्छ । प्रदेशसभा ‘क’ मा भने सत्तागठबन्धनबाट महतो आधिकारिक उम्मेदवार घोषणा गरिए पनि एकीकृत समाजवादीका सुरेश बहादुर राउतले पनि उम्मेदवारी दिनुभएको छ । आफू पाँचदलीय सत्ता गठबन्धनमै आबद्ध भए पनि प्रदेशसभामा भने मित्रवत् प्रतिस्पर्धा गर्ने राउतले स्पष्ट पार्नु भयो । यसैगरी एमाले/जसपा गठबन्धनले प्रतिनिधिसभा क्षेत्रका ३० वटै वडामा चुनावीसभाका कार्यक्रम तालिका बनाएको जनाएको छ ।

“हामीले निर्वाचन क्षेत्रभित्रका दुवै प्रदेश सभा क्षेत्रमा क्षेत्रीय सभा र प्रत्येक वडामा उम्मेदवार सहितको घरदैलो र कोणसभाका कार्यक्रम बनाएका छौँ”, एमाले÷जसपा निर्वाचन परिचालन कमिटी महोत्तरी–१ का संयोजक शङ्कर महतोले भन्नुभयो, “हामी ३० वटै वडा बस्तीमा सभा गर्दैछौँ, यसको सुरुआत आज भङ्गाहा–९ कञ्चनवनबाट गरिएको छ ।” महोत्तरी–१ मा एमाले÷जसपा गठबन्धनबाट एमालेका लक्ष्मी महतो प्रतिनिधिसभा सदस्य पदको उम्मेदवार हुनुहुन्छ ।

त्यसैगरी यो क्षेत्रको प्रदेशसभा ‘क’ र ‘ख’ मा क्रमशः एमालेका शारदा थापा र जसपाका रामश्रेष्ठ महतो उम्मेदवार हुनु हुन्छ । महोत्तरी–१ प्रतिनिधिसभा क्षेत्रमा बर्दिबास नगरपालिकाका १४ (सबै), गौशाला नगरपालिकाका १२ (सबै) र भङ्गाहा नगरपालिकाका चार वटा वडा (वडा नम्बर ३, ४, ५ र ९) पर्छन् । यी ३० वडामा गरी सयभन्दा बढी बस्ती छन् । प्रतिनिधि सभा क्षेत्रका यी ३० वडामध्ये प्रदेशसभा ‘क’ क्षेत्रमा १६ र ‘ख’ मा १४ वडा छन् । सबै वडा बस्ती सम्म उम्मेदवारको घरदैलो पुर्याउन समय अपूग हुने भएपछि सभा, कोणसभाका कार्यक्रममा जोड दिइएको दलका नेता र उम्मेदवार बताएका छन् ।

गत स्थानीय निर्वाचनमा बर्दिबास नगरपालिकामा कांग्रेसबाट विद्रोह गरेर स्वतन्त्र समूह बनेको प्रह्लाद समूहले आसन्न निर्वाचनमा प्रतिनिधि सभा र दुवै प्रदेश सभामा उम्मेदवार दिएको छ । यो समूहबाट प्रतिनिधि सभामा अधिकृत स्तरको सरकारी सेवाबाट राजीनामा दिएर पोषण थापा उम्मेदवार बन्नु भएको छ । त्यसैगरी यो समूहबाट प्रदेशसभा ‘क’ र ‘ख’ मा क्रमशः युवराज पोखरेल र विनोद कुमार महतो उम्मेदवार हुनु हुन्छ । स्वतन्त्र भनिए पनि सङ्गठित रुपमा ‘समूह’ नै खडा गरेको यो समूहले १५ दिने खुला प्रचारको अवधिका लागि तालिका नै बनाएर अघि बढेको जनाएको छ ।

“हाम्रा उम्मेदवार सबै वडा बस्ती पुग्ने गरी कार्यक्रम तालिका बनाएका छौँ”, समूहका सञ्चार संयोजक ललन कुमार मण्डल भन्नुभयो, “निर्वाचन प्रचार अभियान बर्दिबासबाट प्रारम्भ गरी सकेका छौँ, दैनिक पाँच वटा सम्म सभा सम्पन्न गर्ने गरी कार्यक्रम बनेको छ ।” दलका नेता र उम्मेदवार सहयोगी सहित निर्वाचन चिह्न अङ्कित झण्डासाथ बस्तीबस्ती पसेपछि माहोल निर्वाचनमय बनेको छ । मतदाताबीच दलका नेता र उम्मेदवारले गर्ने वाचा सुन्दा भङ्गाहा–३ कटैया बस्तीकी सामाजिक अभियन्ता रामराजी यादव अब भने काम नदेखेसम्म कसैलाई पत्याउने अवस्था नरहेको बताउनुहुन्छ, “जेहोस् निर्वाचन जनताका लागि दल र नेता पर्गेल्ने अवसरझैँ हो”, यादव भन्नुहुन्छ, “यस अभियानमा झुठो आश्वासन बाँड्दै आएका कति नाङ्गिने छन् ।”

दल र उम्मेदवारको सघन आउजाउले बस्ती बस्तीमा राजनीतिक छलफल, चुनावी अड्कलबाजी र स्थानीय मुद्दाबारे बहश गरिरहेका भेटिन्छन् । प्रचारमा भोट माग्न आउने दल र उम्मेदवारसँग स्थानीय आवश्यकताबारे जानकारी गराउन ठाउँठाउँमा सर्वसाधारणले आपसी छलफल नै गर्ने गरेका पनि पाइएको छ । “हाम्रो मुख्य समस्या सिँचाइ नपुग्नु हो, अनि बीउ, मल र खेतीपातीमा प्राविधिक सल्लाह र सुलभ ऋण हामीलाई चाहिन्छ”, भङ्गाहा–४ टोकाटोलका बासिन्दाको छलफल निष्कर्ष सुनाउँदै सो बस्तीका सुरेश महतोले भन्नुभयो ।

महोत्तरी–१ मा प्रतिनिधिसभाका १५ उम्मेदवार चुनावी प्रतिस्पर्धामा रहेका छन् । जस मध्ये सातजना स्वतन्त्र छन् । त्यसैगरी यसै क्षेत्रको प्रदेशसभा क्षेत्र ‘क’ मा १० स्वतन्त्र सहित जम्मा १८ जना र प्रदेशसभा क्षेत्र ‘ख’ मा १७ स्वतन्त्र सहित २२ जना उम्मेदवार रहेको निर्वाचन अधिकृतको कार्यालय महोत्तरी–१ बर्दिबासले जनाएको छ । निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी र जनमत पार्टीसहितका दलीय उम्मेदवार छन् । यद्यपि निर्वाचनमा पाँचदलीय सत्तागठबन्धन, एमाले/जसपा गठबन्धन र प्रह्लाद स्वतन्त्र समूहबीच मुख्य प्रतिस्पर्धा हुने गौशाला–४ रजखोरका ६५ वर्षीय चन्देश्वर साहको अड्कल छ ।

निर्वाचनमा दलबाहेकका स्वतन्त्र उम्मेदवार निर्वाचन परिणाम आफ्नो पक्षमा हुने बताउन भने चुक्दैनन् । यसपालि महोत्तरी–१ प्रतिनिधिसभा क्षेत्रमा ९८ हजार चार सय ९७ मतदाता कायम छन् । महोत्तरी–१ प्रतिनिधिसभा क्षेत्रभित्र ५९ मतदानस्थल र एक सय २३ मतदान केन्द्र रहेका सहायक निर्वाचन अधिकृत सन्देश अधिकारीले जानकारी दिनुभयो ।(रासस)

  • 23shares
  • Share
  • Tweet
  • Facebook Messenger
  • WhatsApp
  • Email
  • Print
जनकपुरखबर संवाददाता

जनकपुरखबर संवाददाता

सम्बन्धित समाचार

राजनीति

GEN-Z आन्दोलनले उठाएका विषय सम्बोधन गर्न जरुरी: नेता पौडेल

अशोज ११, २०८२
राजनीति

GEN-Z को माग जायज रहेको एमाले नेता महासेठको दाबी

अशोज ३, २०८२
राजनीति

पूर्व-प्रधानन्यायाधीश कार्कीलाई पूर्वमन्त्री भट्टराईको समर्थन

भदौ २७, २०८२
राजनीति

जेन–जी आन्दोलनका एजेण्डाहरूले उन्नत लोकतन्त्रको माग गरेको छ : प्रचण्ड

भदौ २६, २०८२
राजनीति

हकका लागि रोएर होइन, लडेर लिनु पर्छ : जसपा अध्यक्ष यादव

भदौ १४, २०८२
राजनीति

तराईका किसानलाई अझै पेलिन्छ, सरकारले समस्या समाधान गर्नु पर्छ : अध्यक्ष उपेन्द्र यादव

भदौ १२, २०८२

आफ्नो प्रतिकृया दिनुहोस्

ताजा खबर

मुख्यमन्त्री कार्यालयमा कर्मचारीमाथि कुटपिट, मधेश प्रदेशका निजामती कर्मचारी आन्दोलित

कार्तिक २४, २०८२

युवा उठे भने परिवर्तन रोकिन्न , निर्वाचन नै त्यसको शुरुवात हो: (सम्पादकीय)

कार्तिक १२, २०८२

सत्यतथ्य अनुसन्धान गरी दोषीलाई कारबाही गर्न मुख्यमन्त्रीको निर्देशन

कार्तिक १, २०८२

परिस्थिति सामान्य भएपछि ४१ स्थानबाट सेना फिर्ता

कार्तिक १, २०८२

दियावती पर्वको शुरुवात, आज साँझ देखि धनतेरस

कार्तिक १, २०८२

दिवालीको बिदामा पनि बैंकिङ सेवा सञ्चालन गर्न नेपाल राष्ट्र बैंकको आग्रह

कार्तिक १, २०८२

जसपा मधेश प्रदेश अधिवेशनमा विवाद, एक पक्षको बहिष्कार घोषणा

अशोज ३०, २०८२

लोकतन्त्रमा ‘वन म्यान आर्मी’को ठाउँ हुँदैन : पूर्व मुख्यमन्त्री सिंह

अशोज ३०, २०८२



प्रकाशक - जनकपुर खबर मिडिया ग्रुप प्रा.लि.
अध्यक्ष तथा प्रबन्ध निर्देशकः– रवि मंडल
सम्पादक - निरज कुमार मण्डल
+977-9854028150/9802328150
news@ejanakpurkhabar.com
सुचना बिभाग दर्ता नं. 2182/077-78

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

Send this to a friend