०१ पौष,काठमाडौं: प्रथम जननिर्वाचित सरकार लाई तत्कालीन शाही नेपाली सेनाको शक्तिको भरमा अपदस्थ गरिएको विरोधमा आज देश भर कालो दिवसका रुपमा मनाइएको छ ।
विसं २०१७ साल पुस १ गते प्रथम निर्वाचित प्रधानमन्त्री बीपी कोइराला लगायतका नेता लाई सेनाको बलमा बन्दी बनाइ तत्कालीन राजा महेन्द्रले पञ्चायती शासन व्यवस्थाको शुरुवात गरेका थिए ।
आजको दिन लाई तरुण दल लगायतले प्रजातन्त्र माथि प्रहार भएको दिनका रुपमा कालो दिवसका रुपमा मनाउँदै आएका छन् ।यसै अवसरमा आज नेपाली कांग्रेस र नेपाल तरुण दल लगायत अन्य भ्रातृ एवं शुभेच्छुक संस्थाले देश भर विभिन्न कार्यक्रम आयोजना गरी कालो दिवस मनाएका छन् ।
आफ्नो प्रतिकृया दिनुहोस्