Janakpur Khabar
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
Janakpur Khabar
No Result
View All Result

आज, अन्तर्राष्ट्रिय आप्रवासी दिवस

जनकपुरखबर संवाददाता जनकपुरखबर संवाददाता
पुस ३, २०८१
In दिवस
0

०३ पौष,काठमाडौं: आज अन्तर्राष्ट्रिय आप्रवासी दिवस नेपाल लगायत विश्व भरि विभिन्न कार्यक्रम गरी मनाइदैछ । यस वर्षको आप्रवासी दिवस ‘आप्रवासीहरूको योगदान र उनीहरूको अधिकारको सम्मान’ भन्ने नाराका साथ मनाइदैँ छ ।

सन् १९९० मा विश्व आप्रवासी कामदार र उनीहरूका परिवारको हक अधिकार संरक्षणका लागि संयुक्त राष्ट्रसंघले अन्तर्राष्ट्रिय महासन्धि पारित गरेको अवसर पारेर हरेक वर्ष डिसेम्बर १८ लाई अन्तर्राष्ट्रिय आप्रवासी दिवसका रूपमा मनाउन थालिएको हो ।

यस दिवसका अवसरमा नेपालमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संघ-संस्थाहरुले आप्रवासी श्रमिकहरूको अधिकार सुनिश्चितता सम्बन्धी विषयमा सरकारको ध्यानाकर्षण गराउने काम गरिन्छ ।

आप्रवासीको हकहितका लागि विश्व भरि दिवस मनाइए पनि कामदारहरूले भोग्नु पर्ने समस्या अझै त्यस्तै नै रहेको छ । रोजगारदाता बाट पारिश्रमिक नपाउने, सामान्य स्वास्थ्य उपचार सेवा पनि नपाउने, तोकिएको काम र कार्यक्षेत्र भन्दा अन्य अन्यत्रै काम गर्नु पर्ने र बेचबिखनमा पर्ने जस्ता मानवीय समस्याहरू अझै पनि आप्रवासी कामदारहरुले भोग्नु पर्ने अवस्था छ ।

यस विषयमा विगत लामो समय देखि आवाज उठे पनि सम्बोधन भने हुन सकेको छैन् । संयुक्त राष्ट्रसंघको ६८ औँ सधारणसभाले विकासका लागि आप्रवासको महत्त्व र सम्पूर्ण आप्रवासीको अधिकार संरक्षणका लागि अन्तर्राष्ट्रिय आप्रवास र विकासमा उच्चस्तरीय संवादको घोषणा पारित पनि गरिसकेको छ ।

यसले विकास लक्ष्य पुरा गर्न आप्रवासको योगदान लाई पूर्ण रूपमा स्वीकार गरेको छ भने मानव गतिशीलतालाई दिगो विकासको महत्वपूर्ण हिस्साको रूपमा लिएको छ ।

  • 9shares
  • Share
  • Tweet
  • Facebook Messenger
  • WhatsApp
  • Email
  • Print
जनकपुरखबर संवाददाता

जनकपुरखबर संवाददाता

सम्बन्धित समाचार

दिवस

संकटमा सिमसार: संरक्षणको चुनौती र चेतना जगाउँदै विश्व सिमसार दिवस मनाइँदै

माघ १९, २०८२
दिवस

शहिद दिवसमा बालेनको सन्देश : ८५ वर्षमा व्यवस्था फेरियो, सत्ताको चरित्र फेरिएन

माघ १६, २०८२
दिवस

आज शहिद दिवस : शहिदको बलिदान सम्झँदै देशभर श्रद्धाञ्जली कार्यक्रम, मधेश प्रदेश सरकार द्वारा पनि विविध कार्यक्रम

माघ १६, २०८२
दिवस

आज विश्व खाद्य दिवस मनाइँदै

अशोज ३०, २०८२
दिवस

आज विश्व मानसिक स्वास्थ्य दिवस मनाइँदै

अशोज २४, २०८२
दिवस

विश्व दृष्टि दिवसमा नि:शुल्क आँखा परीक्षण शिविर

अशोज २३, २०८२

आफ्नो प्रतिकृया दिनुहोस्

ताजा खबर

आइसीसी टी–२० विश्वकप : नेपाल इंग्ल्याण्डसँग ४ रनले पराजित

माघ २५, २०८२

कांग्रेस–कम्युनिस्ट असफल हुँदा देशमा असहज अवस्था आयो : उपेन्द्र यादव

माघ २५, २०८२

नेपाल–भारत सीमामा संयुक्त गस्ती

माघ २५, २०८२

आदिवासी जनजाति पत्रकारका माग र मुद्दामा सरकार गम्भीर नभएको गुनासो

माघ २४, २०८२

अभिनेता थापाको असामयिक निधन प्रति प्रधानमन्त्री कार्कीद्वारा दु:ख व्यक्त

माघ २४, २०८२

फागुन १ बाट रिलिज हुने सिनेमा ‘श्री बुकुरो: द होम कलिङ’को नयाँ गीत सार्वजनिक

माघ २४, २०८२

रास्वपाका उम्मेदवारले केन्द्रीय कार्यालयमा करारपत्रमा हस्ताक्षर गर्नुपर्ने

माघ २४, २०८२

चुनावी अभियानमा बालिकाको मृत्यु: रास्वपा द्वारा क्षतिपूर्ति र न्यायको प्रतिबद्धता

माघ २३, २०८२



प्रकाशक - जनकपुर खबर मिडिया ग्रुप प्रा.लि.
अध्यक्ष तथा प्रबन्ध निर्देशकः– रवि मंडल
सम्पादक - निरज कुमार मण्डल
+977-9854028150/9802328150
news@ejanakpurkhabar.com
सुचना बिभाग दर्ता नं. 2182/077-78

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

Send this to a friend