२४ माघ,मटिहानी,(महोत्तरी): मटिहानी नगरपालिका द्वारा आयोजित एकीकृत घुम्ती सेवा शिविरको आज दोस्रो दिन मटिहानी नगरपालिकाका वडा नं. २, धिरापुरमा सफलतापूर्वक सम्पन्न भएको छ।

यसै गरी, मधेश प्रदेशका शिक्षा तथा संस्कृति मन्त्री माननीय रानी शर्मा तिवारी पनि शिविर स्थलमा पुगेर शिविरबाट उपलब्ध गराइने सेवाहरूको बारेमा जानकारी लिनुका साथै यो अभियानको महत्त्वपूर्णता र प्रभावको बारेमा चर्चा गर्नु भयो।

उक्त एकीकृत घुम्ती सेवा शिविरमा विभिन्न शाखाबाट प्रदान गरिएका सेवाहरूको संख्या यस प्रकार छ:
१) स्वास्थ्य शाखा तर्फ बाट – २०२ जना, २) आयुर्वेद शाखा तर्फबाट – १५० जना, ३) पशु शाखा तर्फ बाट – ५०८ जना, ४) कृषि शाखा तर्फ बाट – ४२० जना, ५) रोजगार सेवा केन्द्र – ३४ जना, ६) स्वास्थ्य विमा तर्फ बाट – १२ जना, ७) जेष्ठ नागरिक परिचयपत्र वितरण – ७० जना, ८) समाजिक सुरक्षा तथा पञ्जिकरण शाखा तर्फ बाट – १५ जना

यस प्रकार आज जम्मा १४११ जना सेवाग्राहीहरु लाई सेवा प्रदान गरिएको छ।

आफ्नो प्रतिकृया दिनुहोस्