२९ फागुन, महोत्तरी,(आशिष कुमार): मटिहानी नगरपालिका वडा नं. ६ मा पाँच सैयाको प्रसूति गृह अस्पतालको निर्माण कार्य सम्पन्न भएको छ। नव-निर्मित उक्त भवनमा आज नगर प्रमुख हरि प्रसाद मण्डलको उपस्थितिमा धार्मिक विधि अनुसार पूजा सम्पन्न गरिएको छ।

उक्त प्रसूति गृह राष्ट्रिय योजना आयोगको विशेष अनुदान कार्यक्रम तथा मटिहानी नगरपालिकाको सहयोगमा करिब २ करोड रुपैयाँको लागतमा निर्माण गरिएको हो। अस्पतालमा एक ओटा अपरेशन कोठा, एक ओटा NIC कोठा, एक ओटा जेनेरल बेड कोठा, एक ओटा स्टाफ कोठा, र एक ओटा फार्मेसी कोठा लगायत अन्य आवश्यक सुविधा उपलब्ध छन् भन्ने कुरा इञ्जिनियर विमलेश साहले जानकारी दिनुभयो।

समारोहमा वडा नं. ६ का अध्यक्ष कलीम अंसारी, जिल्ला समन्वय समिति सदस्य राम लखन पंजियार, कार्यपालिका सदस्य सुनेकेशी चौधरी, वडा सचिव बिकेश झा, तथा वडा सदस्यहरू रामसेवक साह, शंकर मण्डल, मोख्तार अंसारी लगायत स्थानीय व्यक्तिहरूको उपस्थिति रहेको थियो।


आफ्नो प्रतिकृया दिनुहोस्