Janakpur Khabar
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
Janakpur Khabar
No Result
View All Result

गुलाम अली काठमाडौंमा, शनिबार ललितपुरमा गुञ्जिने

जनकपुरखबर संवाददाता जनकपुरखबर संवाददाता
फाल्गुन ३०, २०८१
In मनोरन्जन
0

०१ चैत्र,काठमाडौं: प्रसिद्ध पाकिस्तानी गजलकार गुलाम अली बीहिबार बेलुका काठमाडौं आइपुगेका छन् । शनिबार ललितपुरको पुल्चोकमा आयोजना गरिएको ‘गुलाम अली थ्री जनेरेशन अन वन स्टेज’ कार्यक्रमका लागि उनी नेपाल आएका हुन् ।

नेपाल आइपुगेका अलीले नेपाल मेरो दिलको नजिक रहेको बताए । उनले नेपाल संसारकै सुन्दर देश समेत भएको  जिकीर गरे । उनले भने, ‘नेपाल मेरो दिलको नजिक छ । नेपाललाई म धेरै माया सम्मान समेत गर्छु । नेपाल संसारकै  सुन्दर देश लाग्छ मलाई ।  मेरो  गीतसंगित मन पराउनु हुन्छ यसमा दर्शक र  भगवानको कृपा छ ।’

११ सदस्यीय ब्याण्डसहित दुबई हुँदै नेपाल आइपुगेका उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजक साधना कला केन्द्रका पदाधिकारी, संगीतकार दीपक जंघम र पञ्चकन्याले स्वागत गरेका थिए ।

अलीले करिब ३ घण्टा आफ्ना लोकप्रिय गजल र गायकीको प्रस्तुति दिने कार्यक्रम छ ।अलीले पहिलो पटक नेपालमा प्रस्तुति दिन लागेका हुन् । अली सँगै उनका छोरा अमिर र नाती नाजिरले पनि प्रस्तुति दिने कार्यक्रम छ ।

उनका सबैभन्दा प्रसिद्ध गजलहरू मध्ये ‘चुपके चुपके रात दिन’, ‘हंगामा है क्यूँ बर्पा’, ‘कल चौधविन की रात थी’ र ‘ये दिल ये पागल दिल मेरा’ समावेश छन् जसलाई बलिउड फिल्महरूमा पनि फिचर्ड गरिएको छ । यस बाहेक उनले मनमोहक पञ्जाबी गीत गाएका छन् ।

उनले तत्कालिन नेपाली राजा महेन्द्रले लेखेको ‘किन किन तिम्रो तस्वीर’ पनि गाएका छन्, जुन नेपालमा निकै रुचाइएको गीतमध्ये पर्छ ।यो गीतका संगीतकार दीपक जंगम लाई समारोहमा विशेष सम्मान प्रदान गरिने भएको छ । जंगमले अलीका ४ गीतमा शब्द रचना तथा संगीत दिएका छन् ।

टिकट बाट संकलित रकमको केही हिस्सा बाट गायन र नृत्यमा लागिरहेका बच्चा लाई १ वर्षको छात्रवृति दिइने भएको छ । टिकट व्यवस्थापन इसेवाले गर्ने छ । टिकट मुल्य ५ हजार देखि दुई लाख सम्म राखिएको छ ।

  • 4shares
  • Share
  • Tweet
  • Facebook Messenger
  • WhatsApp
  • Email
  • Print
जनकपुरखबर संवाददाता

जनकपुरखबर संवाददाता

सम्बन्धित समाचार

मनोरन्जन

‘जार’ र ‘ऊनको स्वीटर’ आजबाट प्रदर्शनमा

बैशाख २६, २०८२
मनोरन्जन

टिकाराम खड्काको शब्द, शिव परियारको आवाजमा ‘मलाई जलाउँदा’ सार्वजनिक

चैत्र २, २०८१
मनोरन्जन

ममता कुलकर्णी अभिनय छोडेर बनिन किन्नर अखाडाको महामंडलेश्वर

माघ ११, २०८१
मनोरन्जन

‘देव वाणी’ मा भारतीय अभिनेता र नेपाली अभिनेत्रीको एक्सन एवं लभ स्टोरी

पुस ११, २०८१
मनोरन्जन

भारतका चर्चित गायक सोनु निगम काठमाडौंमा

पुस १०, २०८१
मनोरन्जन

नेपाली चलचित्र ‘देववाणी’आज बाट प्रदर्शनमा

पुस १०, २०८१

आफ्नो प्रतिकृया दिनुहोस्

ताजा खबर

मोबाइल व्यवसाय व्यवस्थित गर्न दबाब, बार्षिक नौं अर्ब अतिरिक्त राजश्व गुमाउँदै सरकार

बैशाख २८, २०८२

आतंकवाद विरुद्धको लडाइँमा मधेश भारतको साथमा छ : मुख्यमन्त्री सिंह

बैशाख २८, २०८२

सलहेश फूलबारी नजिक डा. अम्बेडकर पार्क निर्माणको विरोधमा मधेश आन्दोलनरत

बैशाख २८, २०८२

आजको मौसम : मधेश प्रदेशमा हावाहुरीको सम्भावना

बैशाख २८, २०८२

भारत–पाकिस्तान युद्धविराम : राष्ट्रसंघको स्वागत, आरोप–प्रत्यारोप यथावत्

बैशाख २८, २०८२

प्रधानमन्त्री र सभापति नै गभर्नर नियुक्ति रोकिएको प्रमुख दोषी : सांसद अमरेश सिंह

बैशाख २६, २०८२

न्यायपूर्ण समाज निर्माणमा न्याय र कानून क्षेत्रको भूमिका महत्वपूर्ण छ : राष्ट्रपति पौडेल

बैशाख २६, २०८२

प्रधानमन्त्री ओली र भारतीय राजदूत श्रीवास्तव बीच भेटवार्ता

बैशाख २६, २०८२



प्रकाशक - जनकपुर खबर मिडिया ग्रुप प्रा.लि.
अध्यक्ष तथा प्रबन्ध निर्देशकः– रवि मंडल
सम्पादक - निरज कुमार मण्डल
+977-9854028150/9802328150
news@ejanakpurkhabar.com
सुचना बिभाग दर्ता नं. 2182/077-78

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

Send this to a friend