Janakpur Khabar
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
Janakpur Khabar
No Result
View All Result

गुलाम अली काठमाडौंमा, शनिबार ललितपुरमा गुञ्जिने

जनकपुरखबर संवाददाता जनकपुरखबर संवाददाता
चैत्र १, २०८१
In मनोरन्जन
0

०१ चैत्र,काठमाडौं: प्रसिद्ध पाकिस्तानी गजलकार गुलाम अली बीहिबार बेलुका काठमाडौं आइपुगेका छन् । शनिबार ललितपुरको पुल्चोकमा आयोजना गरिएको ‘गुलाम अली थ्री जनेरेशन अन वन स्टेज’ कार्यक्रमका लागि उनी नेपाल आएका हुन् ।

नेपाल आइपुगेका अलीले नेपाल मेरो दिलको नजिक रहेको बताए । उनले नेपाल संसारकै सुन्दर देश समेत भएको  जिकीर गरे । उनले भने, ‘नेपाल मेरो दिलको नजिक छ । नेपाललाई म धेरै माया सम्मान समेत गर्छु । नेपाल संसारकै  सुन्दर देश लाग्छ मलाई ।  मेरो  गीतसंगित मन पराउनु हुन्छ यसमा दर्शक र  भगवानको कृपा छ ।’

११ सदस्यीय ब्याण्डसहित दुबई हुँदै नेपाल आइपुगेका उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजक साधना कला केन्द्रका पदाधिकारी, संगीतकार दीपक जंघम र पञ्चकन्याले स्वागत गरेका थिए ।

अलीले करिब ३ घण्टा आफ्ना लोकप्रिय गजल र गायकीको प्रस्तुति दिने कार्यक्रम छ ।अलीले पहिलो पटक नेपालमा प्रस्तुति दिन लागेका हुन् । अली सँगै उनका छोरा अमिर र नाती नाजिरले पनि प्रस्तुति दिने कार्यक्रम छ ।

उनका सबैभन्दा प्रसिद्ध गजलहरू मध्ये ‘चुपके चुपके रात दिन’, ‘हंगामा है क्यूँ बर्पा’, ‘कल चौधविन की रात थी’ र ‘ये दिल ये पागल दिल मेरा’ समावेश छन् जसलाई बलिउड फिल्महरूमा पनि फिचर्ड गरिएको छ । यस बाहेक उनले मनमोहक पञ्जाबी गीत गाएका छन् ।

उनले तत्कालिन नेपाली राजा महेन्द्रले लेखेको ‘किन किन तिम्रो तस्वीर’ पनि गाएका छन्, जुन नेपालमा निकै रुचाइएको गीतमध्ये पर्छ ।यो गीतका संगीतकार दीपक जंगम लाई समारोहमा विशेष सम्मान प्रदान गरिने भएको छ । जंगमले अलीका ४ गीतमा शब्द रचना तथा संगीत दिएका छन् ।

टिकट बाट संकलित रकमको केही हिस्सा बाट गायन र नृत्यमा लागिरहेका बच्चा लाई १ वर्षको छात्रवृति दिइने भएको छ । टिकट व्यवस्थापन इसेवाले गर्ने छ । टिकट मुल्य ५ हजार देखि दुई लाख सम्म राखिएको छ ।

  • 9shares
  • Share
  • Tweet
  • Facebook Messenger
  • WhatsApp
  • Email
  • Print
जनकपुरखबर संवाददाता

जनकपुरखबर संवाददाता

सम्बन्धित समाचार

मनोरन्जन

चलचित्र ‘चिराग’ को ‘फूल बनि फुल्थें’ गीत सार्वजनिक

अशोज २७, २०८२
मनोरन्जन

बलिउड सुपरस्टार अमिताभ बच्चनको जन्मदिन मनाइयो

अशोज २६, २०८२
मनोरन्जन

‎ भारतीय र नेपाली फिल्मकर्मी मिलेर ‘मोनालिसा’ निर्माण गर्ने

अशोज २०, २०८२
मनोरन्जन

‘बलिदान’ ले GEN-Z आन्दोलनको भावनालाई प्रतिनिधित्व गरेको दाबी

अशोज १३, २०८२
मनोरन्जन

‘पेन्सनपट्टा’मा विश्वास र माया गुरुङ अनुबन्धित

अशोज ८, २०८२
मनोरन्जन

जारी २’ कार्तिक ६ गते भाइटीमा रिलिज हुने

अशोज २, २०८२

आफ्नो प्रतिकृया दिनुहोस्

ताजा खबर

मुख्यमन्त्री कार्यालयमा कर्मचारीमाथि कुटपिट, मधेश प्रदेशका निजामती कर्मचारी आन्दोलित

कार्तिक २४, २०८२

युवा उठे भने परिवर्तन रोकिन्न , निर्वाचन नै त्यसको शुरुवात हो: (सम्पादकीय)

कार्तिक १२, २०८२

सत्यतथ्य अनुसन्धान गरी दोषीलाई कारबाही गर्न मुख्यमन्त्रीको निर्देशन

कार्तिक १, २०८२

परिस्थिति सामान्य भएपछि ४१ स्थानबाट सेना फिर्ता

कार्तिक १, २०८२

दियावती पर्वको शुरुवात, आज साँझ देखि धनतेरस

कार्तिक १, २०८२

दिवालीको बिदामा पनि बैंकिङ सेवा सञ्चालन गर्न नेपाल राष्ट्र बैंकको आग्रह

कार्तिक १, २०८२

जसपा मधेश प्रदेश अधिवेशनमा विवाद, एक पक्षको बहिष्कार घोषणा

अशोज ३०, २०८२

लोकतन्त्रमा ‘वन म्यान आर्मी’को ठाउँ हुँदैन : पूर्व मुख्यमन्त्री सिंह

अशोज ३०, २०८२



प्रकाशक - जनकपुर खबर मिडिया ग्रुप प्रा.लि.
अध्यक्ष तथा प्रबन्ध निर्देशकः– रवि मंडल
सम्पादक - निरज कुमार मण्डल
+977-9854028150/9802328150
news@ejanakpurkhabar.com
सुचना बिभाग दर्ता नं. 2182/077-78

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

Send this to a friend