Janakpur Khabar
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
Janakpur Khabar
No Result
View All Result

जनकपुरको शिवचोकमा बिना नक्सा बनेको अवैध संरचना हटाउने तयारी, घरधनी उत्साहित, नागरिक आक्रोशित

जनकपुरखबर संवाददाता जनकपुरखबर संवाददाता
चैत्र २०, २०८१
In स्थानीय
0

२० चैत्र,जनकपुरधाम: जनकपुर स्थित शिवचोक नजिक बिना नक्सा पास गरिएको अवैध संरचना भत्काउने प्रक्रिया अन्तिम चरणमा पुगेको छ। तर, कानुन मिच्दै संरचना बनाउने घरधनी उत्साहित देखिएका छन्, जसले नागरिकहरू लाई झनै आक्रोशित बनाएको छ।

जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनोज साहको कडा निर्देशन अनुसार उपमहानगरपालिकाले अवैध संरचना हटाउने अभियान लाई तीव्रता दिएको छ। यही क्रममा शिवचोक क्षेत्रमा बनेका बिना नक्सा पास गरिएका घर तथा संरचनाहरू तोडफोड गर्नु पर्ने प्रशासनको धारणा रहेको छ।

नगर प्रहरी यस कार्यको गम्भीर निगरानी गरिरहेको छ भने इन्चार्जले अन्तिम आदेशको प्रतीक्षा गरिरहेको छ। स्थानीय बासिन्दाहरूले भने नगरपालिकाको यो कदम कानुनी रूपमा उचित भए पनि निष्पक्ष रूपमा कार्यान्वयन हुनु पर्ने माग राखेका छन्।

नागरिकको आक्रोश, प्रशासनको कडा निगरानी

यस घटनाले नगरमा तनावको वातावरण सिर्जना गरेको छ। कतिपय नागरिकहरूले उपमहानगरपालिकाले पहुँचवाला एवं नाता-गोताको घर जोगाएर अरूको मात्र भत्काउने पक्षपाती नीति लिएको आरोप लगाएका छन्। उता, केही स्थानीय भने शहरको सौन्दर्य र कानुनी व्यवस्थापनका लागि अवैध संरचना हटाउनै पर्ने पक्षमा छन्।

अब, उपमहानगरपालिकाले सबैलाई समान रूपमा कारबाही गर्ने कि कुनै सम्झौताका आधारमा निर्णय लिने भन्ने प्रश्न उठिरहेको छ। यस घटनाले जनकपुरको शहरी विकास र कानुनी व्यवस्थापनमा प्रशासनको क्षमता माथि गम्भीर प्रश्न चिन्ह खडा गरेको छ।

  • 136shares
  • Share
  • Tweet
  • Facebook Messenger
  • WhatsApp
  • Email
  • Print
जनकपुरखबर संवाददाता

जनकपुरखबर संवाददाता

सम्बन्धित समाचार

स्थानीय

मधवापुर–मटिहानी सीमाक्षेत्रमा नेपालीको भीड भारतीय बजारतर्फ, नेपाली बजार सुनसान

अशोज ३०, २०८२
स्थानीय

सर्लाहीको चन्द्रनगरमा ईन्धन मै अनियमितता: अध्यक्ष महतो द्वारा एक लाख ८७ हजारको नियमविपरीत खर्च

अशोज २६, २०८२
स्थानीय

नेपालकै ठूलो लक्ष्मीनारायण मन्दिर (मठ) मटिहानीको हुलाक टिकट सार्वजनिक, धार्मिक–सांस्कृतिक महत्वलाई सम्मान

अशोज २४, २०८२
स्थानीय

कोडैना गाउँपालिकामा भ्रमणको नाममा आठ लाख सकियो

अशोज २३, २०८२
स्थानीय

नगरपालिकामा गरिएको तालाबन्दी हट्यो, माग पूरा नभए पुन: तालाबन्दी गर्ने चेतावनी

अशोज २३, २०८२
स्थानीय

सर्लाहीमा वडाध्यक्ष पक्राउ, स्थानीय आक्रोशित

अशोज २२, २०८२

आफ्नो प्रतिकृया दिनुहोस्

ताजा खबर

युवा उठे भने परिवर्तन रोकिन्न , निर्वाचन नै त्यसको शुरुवात हो: (सम्पादकीय)

कार्तिक १२, २०८२

सत्यतथ्य अनुसन्धान गरी दोषीलाई कारबाही गर्न मुख्यमन्त्रीको निर्देशन

कार्तिक १, २०८२

परिस्थिति सामान्य भएपछि ४१ स्थानबाट सेना फिर्ता

कार्तिक १, २०८२

दियावती पर्वको शुरुवात, आज साँझ देखि धनतेरस

कार्तिक १, २०८२

दिवालीको बिदामा पनि बैंकिङ सेवा सञ्चालन गर्न नेपाल राष्ट्र बैंकको आग्रह

कार्तिक १, २०८२

जसपा मधेश प्रदेश अधिवेशनमा विवाद, एक पक्षको बहिष्कार घोषणा

अशोज ३०, २०८२

लोकतन्त्रमा ‘वन म्यान आर्मी’को ठाउँ हुँदैन : पूर्व मुख्यमन्त्री सिंह

अशोज ३०, २०८२

आज विश्व खाद्य दिवस मनाइँदै

अशोज ३०, २०८२



प्रकाशक - जनकपुर खबर मिडिया ग्रुप प्रा.लि.
अध्यक्ष तथा प्रबन्ध निर्देशकः– रवि मंडल
सम्पादक - निरज कुमार मण्डल
+977-9854028150/9802328150
news@ejanakpurkhabar.com
सुचना बिभाग दर्ता नं. 2182/077-78

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

Send this to a friend