Janakpur Khabar
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
Janakpur Khabar
No Result
View All Result

जनकपुरको शिवचोकमा बिना नक्सा बनेको अवैध संरचना हटाउने तयारी, घरधनी उत्साहित, नागरिक आक्रोशित

जनकपुरखबर संवाददाता जनकपुरखबर संवाददाता
चैत्र २०, २०८१
In स्थानीय
0

२० चैत्र,जनकपुरधाम: जनकपुर स्थित शिवचोक नजिक बिना नक्सा पास गरिएको अवैध संरचना भत्काउने प्रक्रिया अन्तिम चरणमा पुगेको छ। तर, कानुन मिच्दै संरचना बनाउने घरधनी उत्साहित देखिएका छन्, जसले नागरिकहरू लाई झनै आक्रोशित बनाएको छ।

जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनोज साहको कडा निर्देशन अनुसार उपमहानगरपालिकाले अवैध संरचना हटाउने अभियान लाई तीव्रता दिएको छ। यही क्रममा शिवचोक क्षेत्रमा बनेका बिना नक्सा पास गरिएका घर तथा संरचनाहरू तोडफोड गर्नु पर्ने प्रशासनको धारणा रहेको छ।

नगर प्रहरी यस कार्यको गम्भीर निगरानी गरिरहेको छ भने इन्चार्जले अन्तिम आदेशको प्रतीक्षा गरिरहेको छ। स्थानीय बासिन्दाहरूले भने नगरपालिकाको यो कदम कानुनी रूपमा उचित भए पनि निष्पक्ष रूपमा कार्यान्वयन हुनु पर्ने माग राखेका छन्।

नागरिकको आक्रोश, प्रशासनको कडा निगरानी

यस घटनाले नगरमा तनावको वातावरण सिर्जना गरेको छ। कतिपय नागरिकहरूले उपमहानगरपालिकाले पहुँचवाला एवं नाता-गोताको घर जोगाएर अरूको मात्र भत्काउने पक्षपाती नीति लिएको आरोप लगाएका छन्। उता, केही स्थानीय भने शहरको सौन्दर्य र कानुनी व्यवस्थापनका लागि अवैध संरचना हटाउनै पर्ने पक्षमा छन्।

अब, उपमहानगरपालिकाले सबैलाई समान रूपमा कारबाही गर्ने कि कुनै सम्झौताका आधारमा निर्णय लिने भन्ने प्रश्न उठिरहेको छ। यस घटनाले जनकपुरको शहरी विकास र कानुनी व्यवस्थापनमा प्रशासनको क्षमता माथि गम्भीर प्रश्न चिन्ह खडा गरेको छ।

  • 136shares
  • Share
  • Tweet
  • Facebook Messenger
  • WhatsApp
  • Email
  • Print
जनकपुरखबर संवाददाता

जनकपुरखबर संवाददाता

सम्बन्धित समाचार

स्थानीय

इन्धन आपूर्तिमा सम्भावित चुनौती सवारी साधन प्रयोगमा संयम अपनाउनु पर्छ : डंगोल

चैत्र २२, २०८२
स्थानीय

काठमाडौं महानगरले वैशाख १ गते देखि रात्रिकालीन बस सेवा सञ्चालन गर्ने

चैत्र १९, २०८२
स्थानीय

गंगासागर क्षेत्रका अवैध टहरा हटाइयो, फुटपाथ पसलमा डोजर अभियान तीव्र

चैत्र १६, २०८२
स्थानीय

कार्यसम्पादन मूल्याङ्कनमा रौतहटको गौर नगरपालिका जिल्लामै प्रथम

फाल्गुन १, २०८२
स्थानीय

अब जाममुक्त बन्दै जनकपुरधाम: रामानन्द चौक–जनक चौक खण्डमा ‘वान-वे’ नियम लागू

माघ २१, २०८२
स्थानीय

जनकपुरधाममा एचपीभी खोप अभियान शुरु हुँदै, पाठेघरको मुखको क्यान्सर विरुद्ध नि:शुल्क खोप

माघ २१, २०८२

आफ्नो प्रतिकृया दिनुहोस्

ताजा खबर

फोहरबाट ऊर्जा: जनकपुरधामलाई सफा र समृद्ध बनाउने सुनौलो अवसर

असार २९, २०८३

इन्धन आपूर्तिमा सम्भावित चुनौती सवारी साधन प्रयोगमा संयम अपनाउनु पर्छ : डंगोल

चैत्र २२, २०८२

शनिबार र आइतबार सार्वजनिक बिदा दिने सरकारको निर्णय, नौं बजे देखि कार्यालय खुल्ने

चैत्र २२, २०८२

नवनियुक्त महान्यायाधिवक्ता कँडेलले गरे पदबहाली

चैत्र २२, २०८२

रामायणको तीनसय बर्ष पूरानो दुर्लभ पाण्डुलिपि संग्रहालयमा राखिने

चैत्र २१, २०८२

सरकारी मिडियालाई मात्र विज्ञापन : पारदर्शिता कि नियन्त्रणको रणनीति ?

चैत्र २१, २०८२

गृहमन्त्री सुधन गुरुङको पहिलो साता : धमाधम गिरफ्तारी र आक्रामक शैलीले तरंग

चैत्र २१, २०८२

वीरगन्जमा ११ वर्षीया बालिकामाथि यौन हिंसाको प्रयास, पसल सञ्चालक मिया पक्राउ

चैत्र २१, २०८२



प्रकाशक - जनकपुर खबर मिडिया ग्रुप प्रा.लि.
अध्यक्ष तथा प्रबन्ध निर्देशकः– रवि मंडल
सम्पादक - निरज कुमार मण्डल
+977-9854028150/9802328150
news@ejanakpurkhabar.com
सुचना बिभाग दर्ता नं. 2182/077-78

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

Send this to a friend