Janakpur Khabar
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
Janakpur Khabar
No Result
View All Result

पाकिस्तानमा भारतको हवाई आक्रमण, ८ जनाको मृत्यु, ३५ घाइते

जनकपुरखबर संवाददाता जनकपुरखबर संवाददाता
बैशाख २४, २०८२
In अन्तराष्ट्रिय
0

२४ वैशाख,नयाँ दिल्ली : भारतले पाकिस्तान र पाकिस्तान-अधीनस्थ काश्मीरका ९ स्थानमा हवाई आक्रमण गरेको दाबी गरेको छ। भारतीय रक्षा मन्त्रालयका अनुसार आक्रमण पाकिस्तानको बहावलपुर, मुरीदके, गुलपुर, सवाई, बिलाल, कोटली, बरनाला, सरजाल र महमूनामा गरिएको हो।

पाकिस्तानी सेनाका अनुसार, आक्रमणमा परी ८ जनाको मृत्यु भएको छ भने ३५ जना घाइते भएका छन्। रोयटर्स र एएफपीलाई दिएको जानकारी अनुसार, मृतक मध्ये दुई बालबालिका समेत छन्। सेनाले दुई जना अझै हराइरहेको बताएको छ।

पाकिस्तानी सैन्य प्रवक्ताले ६ स्थानमा २४ वटा मिसाइल प्रहार गरिएको जानकारी दिएका छन्। पाकिस्तानले तीन बालबालिका सहित सात जनाको मृत्यु भएको बताएको छ।

भारत–पाकिस्तान तनावको असर अन्तर्राष्ट्रिय हवाई सेवामा पनि परेको छ। भारतले भारत-अधीनस्थ काश्मीरमा हुने अधिकांश उडानहरू रद्द गरेको छ। साथै, धेरै अन्तर्राष्ट्रिय एयरलाइन्सहरूले पाकिस्तानको आकाशमार्ग प्रयोग नगर्ने निर्णय गरेका छन्।

पाकिस्तानले दिएको प्रतिक्रिया

पाकिस्तानी सूचना मन्त्री अतुल्लाह तरारले भारतले सिमा नाघेको भन्दै त्यसको कडा जवाफ दिने चेतावनी दिएका छन्। पाकिस्तानले कम्तीमा दुई भारतीय जेट र एक ड्रोन खसालेको दाबी समेत गरेको छ।

अन्तर्राष्ट्रिय हवाई उडान प्रभावित

पाकिस्तानको हवाई क्षेत्र बन्द भएपछि कतार एयरवेजले पाकिस्तानका लागि सबै उडानहरू अस्थायी रूपमा स्थगित गरेको जनाएको छ। एयरलाइन्सले यात्रु र चालक दलको सुरक्षालाई ध्यानमा राख्दै यस्तो निर्णय गरिएको बताएको छ।

कतार एयरवेजले यात्रुहरूलाई पछिल्लो जानकारीका लागि आफ्नो आधिकारिक वेबसाइट हेर्न सल्लाह दिएको छ।यसैबीच, एयर फ्रान्स र जर्मन एयरलाइन्स लुफ्थान्साले पनि अर्को सूचना नआए सम्मका लागि पाकिस्तानको हवाई क्षेत्र प्रयोग नगर्ने निर्णय गरेका छन्।

  • 34shares
  • Share
  • Tweet
  • Facebook Messenger
  • WhatsApp
  • Email
  • Print
जनकपुरखबर संवाददाता

जनकपुरखबर संवाददाता

सम्बन्धित समाचार

अन्तराष्ट्रिय

मोज्तबा खामेनेई इरानका नयाँ सर्वोच्च नेता, देशभर उत्सव

फाल्गुन २५, २०८२
अन्तराष्ट्रिय

दुबईमा ड्रोन खस्यो, अवस्था नियन्त्रणमा

फाल्गुन २३, २०८२
अन्तराष्ट्रिय

इजरायलद्वारा इरानमाथि आक्रमण, देशभर आपतकाल घोषणा

फाल्गुन १६, २०८२
अन्तराष्ट्रिय

पत्रकारमाथिका झुटा मुद्दा तत्काल फिर्ता लिन बंगलादेश सम्पादक परिषद्को सरकारसँग माग

फाल्गुन १४, २०८२
अन्तराष्ट्रिय

भारतको झारखण्डमा एयर एम्बुलेन्स दुर्घटना हुँदा ७ जनाको मृत्यु

फाल्गुन १२, २०८२
अन्तराष्ट्रिय

कुकुर भुकेकै निहुँमा मण्डपमा चल्यो लाठी-मुङ्ग्री, बेहुलीले तोडिन् सम्बन्ध

फाल्गुन ८, २०८२

आफ्नो प्रतिकृया दिनुहोस्

ताजा खबर

“युवामा बढ्दै जोखिमपूर्ण व्यवहार: यौन शिक्षाको अभाव प्रमुख कारण”

फाल्गुन २९, २०८२

नेपाल आदिवासी जनजाति महासंघको ११औँ राष्ट्रिय महाधिवेशन चैत ५–६ मा काठमाडौंमा

फाल्गुन २९, २०८२

आजदेखि आधा भरिएको ग्यास सिलिण्डर बिक्री शुरु

फाल्गुन २९, २०८२

दिनको सुरुवात योग र ध्यानबाट गर्दा मानसिक स्वास्थ्यमा सुधार

फाल्गुन २९, २०८२

पोखरामा सम्पन्न नेपाल–भारत बैठक : विद्युत खरिद दरमा १.५ प्रतिशत वृद्धि

फाल्गुन २९, २०८२

शहीद परिवारलाई भेटेपछि सांसद खरेलले भने : जेनजी आन्दोलनको अपूरो सपना पूरा गर्छौं

फाल्गुन २६, २०८२

बाजुराकी भण्डारीले बाटोमै जन्माइन् बच्चा

फाल्गुन २६, २०८२

बैकल्पिक शक्तिको रूपमा उदाएको रास्वपा सबैभन्दा ठूलो दल

फाल्गुन २६, २०८२



प्रकाशक - जनकपुर खबर मिडिया ग्रुप प्रा.लि.
अध्यक्ष तथा प्रबन्ध निर्देशकः– रवि मंडल
सम्पादक - निरज कुमार मण्डल
+977-9854028150/9802328150
news@ejanakpurkhabar.com
सुचना बिभाग दर्ता नं. 2182/077-78

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

Send this to a friend