Janakpur Khabar
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
Janakpur Khabar
No Result
View All Result

पाकिस्तानमा भारतको हवाई आक्रमण, ८ जनाको मृत्यु, ३५ घाइते

जनकपुरखबर संवाददाता जनकपुरखबर संवाददाता
बैशाख २४, २०८२
In अन्तराष्ट्रिय
0

२४ वैशाख,नयाँ दिल्ली : भारतले पाकिस्तान र पाकिस्तान-अधीनस्थ काश्मीरका ९ स्थानमा हवाई आक्रमण गरेको दाबी गरेको छ। भारतीय रक्षा मन्त्रालयका अनुसार आक्रमण पाकिस्तानको बहावलपुर, मुरीदके, गुलपुर, सवाई, बिलाल, कोटली, बरनाला, सरजाल र महमूनामा गरिएको हो।

पाकिस्तानी सेनाका अनुसार, आक्रमणमा परी ८ जनाको मृत्यु भएको छ भने ३५ जना घाइते भएका छन्। रोयटर्स र एएफपीलाई दिएको जानकारी अनुसार, मृतक मध्ये दुई बालबालिका समेत छन्। सेनाले दुई जना अझै हराइरहेको बताएको छ।

पाकिस्तानी सैन्य प्रवक्ताले ६ स्थानमा २४ वटा मिसाइल प्रहार गरिएको जानकारी दिएका छन्। पाकिस्तानले तीन बालबालिका सहित सात जनाको मृत्यु भएको बताएको छ।

भारत–पाकिस्तान तनावको असर अन्तर्राष्ट्रिय हवाई सेवामा पनि परेको छ। भारतले भारत-अधीनस्थ काश्मीरमा हुने अधिकांश उडानहरू रद्द गरेको छ। साथै, धेरै अन्तर्राष्ट्रिय एयरलाइन्सहरूले पाकिस्तानको आकाशमार्ग प्रयोग नगर्ने निर्णय गरेका छन्।

पाकिस्तानले दिएको प्रतिक्रिया

पाकिस्तानी सूचना मन्त्री अतुल्लाह तरारले भारतले सिमा नाघेको भन्दै त्यसको कडा जवाफ दिने चेतावनी दिएका छन्। पाकिस्तानले कम्तीमा दुई भारतीय जेट र एक ड्रोन खसालेको दाबी समेत गरेको छ।

अन्तर्राष्ट्रिय हवाई उडान प्रभावित

पाकिस्तानको हवाई क्षेत्र बन्द भएपछि कतार एयरवेजले पाकिस्तानका लागि सबै उडानहरू अस्थायी रूपमा स्थगित गरेको जनाएको छ। एयरलाइन्सले यात्रु र चालक दलको सुरक्षालाई ध्यानमा राख्दै यस्तो निर्णय गरिएको बताएको छ।

कतार एयरवेजले यात्रुहरूलाई पछिल्लो जानकारीका लागि आफ्नो आधिकारिक वेबसाइट हेर्न सल्लाह दिएको छ।यसैबीच, एयर फ्रान्स र जर्मन एयरलाइन्स लुफ्थान्साले पनि अर्को सूचना नआए सम्मका लागि पाकिस्तानको हवाई क्षेत्र प्रयोग नगर्ने निर्णय गरेका छन्।

  • 34shares
  • Share
  • Tweet
  • Facebook Messenger
  • WhatsApp
  • Email
  • Print
जनकपुरखबर संवाददाता

जनकपुरखबर संवाददाता

सम्बन्धित समाचार

अन्तराष्ट्रिय

भारत–पाकिस्तान युद्धविराम : राष्ट्रसंघको स्वागत, आरोप–प्रत्यारोप यथावत्

बैशाख २८, २०८२
अन्तराष्ट्रिय

ब्राजिलको गाईको मासु निर्यातमा अमेरिकी करको मार

बैशाख २२, २०८२
अन्तराष्ट्रिय

चीनमा अहिलेसम्मकै ठूलो कार्गो ड्रोनको सफल परीक्षण उडान

चैत्र ५, २०८१
अन्तराष्ट्रिय

म्यासेडोनियाको नाइट क्लबमा आगलागी, ५९ को मृत्यु, एक सय भन्दा बढी घाइते

चैत्र ३, २०८१
अन्तराष्ट्रिय

ट्रम्प नीतिको डरले ११ वर्षीया आप्रवासी बालिकाले गरिन आत्महत्या

फाल्गुन ९, २०८१
अन्तराष्ट्रिय

दिल्लीबासी हरुले अब १६ लाख सम्मको नि:शुल्क उपचारको सुबिधा पाउने

फाल्गुन ९, २०८१

आफ्नो प्रतिकृया दिनुहोस्

ताजा खबर

मोबाइल व्यवसाय व्यवस्थित गर्न दबाब, बार्षिक नौं अर्ब अतिरिक्त राजश्व गुमाउँदै सरकार

बैशाख २८, २०८२

आतंकवाद विरुद्धको लडाइँमा मधेश भारतको साथमा छ : मुख्यमन्त्री सिंह

बैशाख २८, २०८२

सलहेश फूलबारी नजिक डा. अम्बेडकर पार्क निर्माणको विरोधमा मधेश आन्दोलनरत

बैशाख २८, २०८२

आजको मौसम : मधेश प्रदेशमा हावाहुरीको सम्भावना

बैशाख २८, २०८२

भारत–पाकिस्तान युद्धविराम : राष्ट्रसंघको स्वागत, आरोप–प्रत्यारोप यथावत्

बैशाख २८, २०८२

प्रधानमन्त्री र सभापति नै गभर्नर नियुक्ति रोकिएको प्रमुख दोषी : सांसद अमरेश सिंह

बैशाख २६, २०८२

न्यायपूर्ण समाज निर्माणमा न्याय र कानून क्षेत्रको भूमिका महत्वपूर्ण छ : राष्ट्रपति पौडेल

बैशाख २६, २०८२

प्रधानमन्त्री ओली र भारतीय राजदूत श्रीवास्तव बीच भेटवार्ता

बैशाख २६, २०८२



प्रकाशक - जनकपुर खबर मिडिया ग्रुप प्रा.लि.
अध्यक्ष तथा प्रबन्ध निर्देशकः– रवि मंडल
सम्पादक - निरज कुमार मण्डल
+977-9854028150/9802328150
news@ejanakpurkhabar.com
सुचना बिभाग दर्ता नं. 2182/077-78

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

Send this to a friend