Janakpur Khabar
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
Janakpur Khabar
No Result
View All Result

नेपालमा रेडक्रस कानुनको अभाव छ, यसमा काम भइरहेको छ : विपुल न्यौपाने

जनकपुरखबर संवाददाता जनकपुरखबर संवाददाता
बैशाख २५, २०८२
In अन्तर्वार्ता / विचार
0

२५ वैशाख : नेपाल रेडक्रस सोसाइटी विश्व रेडक्रसको अभियानको एउटा सदस्य हो । यो अभियान भनेको मानवीय क्षेत्रमा काम गर्ने हो । विभिन्न कारणले मानव जोखिममा छौ । जस्तै युद्ध, बाढीपहिरो, जलवायु परिवर्तन, संसारभर हुने जातिय विभेद, रंगभेदका कारण मानवीयता संकटमा छ । यसको जर्गेनाको लागि र मानवीय जोखिम कम गर्नको लागि संसारभर नै रेडक्रसले काम गरिरहेको छ ।


यस्तो अभियानमो सुरुवात स्विट्जरल्याण्डका नागरिक जि हेनरी ड्यूनान्टले १८६३ मा नै गर्नुभएको हो । युद्धकालिन समयमा युद्धमा भाग लिएका वा नलिएका सबैले दु:ख पाएका थिए, युद्ध लड्दा खेरी पनि मानवीय तरिकाले लड्नु पर्ने भएकाले युद्धमा घाइते वा अन्यहरुले संरक्षण पाउनु पर्छ भनेर रेडक्रसले मानवीय अभियानको सुरुवात भएको हो । अहिले १९१ भन्दा बढि देशहरुमा रेडक्रसको संजाल छ ।


सात वटा सिद्धान्तका आधारमा मानवीय जोखिम कम गर्न विश्वभर नै रेडक्रसले काम गरिरहेको छ । र विश्वभर फैलिएको रेडक्रसको एउटा सञ्जाल नेपाल पनि हो । हाम्रो पहिलो प्राथमिकता युद्ध वा द्वन्द्वबाट मानिसलाई जोगाउनुका साथै घाइतेहरुको उद्धार गर्नु हो । हाम्रो जस्तो देशमा बाढी पहिरो, भोकमरी, विभिन्नखालका विभेदहरु साथै जुनसुकै विपत्तिबाट मानवीयता कमजोर बनाउने भएकाले यस क्षेत्रमा काम गर्ने हाम्रो लक्ष्य हो ।


नेपाल रेडक्रसले प्रकोप व्यवस्थापनको क्षेत्रमा प्रकोप बाट कसरी जोगिने भनेर समूदायलाई सशक्त बनाउने, खानेपानीका कारण विभिन्न जोखिमहरु कम गराउने साथै सरसफाइका क्षेत्रहरुमा काम गरिरहेका छौं । सामूदायिक विकासको क्षेत्रमा पनि काम गरिरहेका छौं । शान्तिको प्रचार-प्रसार गर्ने, रेडक्रसको मूल्य–मान्यताहरुको एकअर्कामा प्रचार-प्रसार गर्दा पनि समूदायमा शान्ति स्थापना हुन्छ । विभिन्न स्वास्थ्य क्षेत्रहरु जस्तै आँखा अस्पतालहरु, स्थानीय तह देखि संघीय तहसम्म मिलेर स्वास्थ्य क्षेत्रमा नसर्ने रोग, सर्ने रोग, बुढयौली व्यवस्थापनको अवस्था रक्त्तसञ्चारको क्षेत्रमा काम गरिरहेका छौं ।


संघीय अभ्यास जारी
देश संघीयतामा गए पछि विभिन्न चरणहरुमा रेडक्रस सोसाइटीको विधान निर्माणका लागि छलफलहरु भइरहेको छ । तर विधान संशोधन भएर पास नभएकाले केही असहज भएको छ । तर हामीले संघीय संरचनाको मर्म अनुसार आफ्नो कार्यढाँचा परिवर्तन गरेका छौं । स्थानीय तहहरुमा उपशाखाहरु, जिल्ला शाखा, प्रदेशमा प्रदेश स्तरीय शाखा र केन्द्रमा केन्दीय स्तर बाट नै समन्वय गरेर काम गरेका छौ । यसरी संघ, प्रदेश र स्थानीय तहमा पहुँच विस्तार भएको छ । तर यही कुरालाई विधान मार्फत औपचारिक तरिकाले पास भएको छैन् । नेपाल रेडक्रस सोसाइटीमा करिब १२ लाख सदस्यहरु छन् ।


नेपालमा जुनियर युवा रेडक्रस विद्यालय र क्याम्पसहरुमा, समूदाय स्तरमा युवा रेडक्रस गठन गर्ने गरेका छौं । जुनियर युवा कार्य प्रणाली निर्देशिकाले निर्देश गरे अनुसार काम गर्छौं । ६ हजार जुनियर युवा रेडक्रस छन् । ७७ जिल्ला, सात प्रदेश, १५ सय उपशाखा र ६ हजार जुनियर युवा रेडक्रस सर्कल गरेर १२ लाख सदस्यहरु हुनु हुन्छ । रेडक्रस समूदायमा ठुलो वेस भएको संस्था हो । समस्या पर्दा प्रत्येक घरमा तुरुन्तै पुग्न सक्छौ । समूदायमा आधारित स्वयंसेवक हरु हुनु हुन्छ ।

तालिम प्राप्त स्वयंसेवक हरु उपशाखामा पनि हुनु हुन्छ । आफ्नो क्षेत्रमा विपद्पर्यो भने स्थानीय तहबाटै सहयोग गर्नु हुन्छ । कोही रुखबाट लड्दा समेत रेडक्रसको फस्ट्रेक्स बक्स तालिम लिएकाहरुले समूदाय स्तरमा सहयोग गर्नु हुन्छ । आगोलागी हुँदा हाम्रा स्वयंसेवकहरु कतिपय आगो निभाउन सुुरक्षाकर्मी भन्दा चाँडो पुग्नु हुन्छ । कतै सुरक्षाकर्मी सँगै सहकार्य गरेर काम गरिरहेका हुन्छौं । त्यसैले स्थानीय स्तरमा ठूलो पहुँचको कारणले मानवीय सेवा गर्न एकदमै सफल भएका छौं ।


रक्तदानका लागि जनचेतना जरुरी
रेडक्रस सोसाइटीको अर्को महत्वपूर्ण काम भनेको रगत संकलन र सेवा दिने काम हो । रक्तदान भनेको मान्छे कति बेला कसरी रक्तदान गर्नु हुन्छ भन्ने खालको कुराले विशेष अर्थ राख्छ । जस्तै बर्खा वा चाडपर्वको बेलामा अलिकति रक्तदान गर्ने ठाउँबाट रगत पाउन अभाव छ । अरु सामान्य अवस्थामा चाँही रगतको त्यस्तो खालको कमी हुँदैन । कतिपय कुरा जानकारी नभएका कारण पनि समस्या आउँछ । हामीले राम्रो सँग जनचेतना निर्माण गर्न पनि सकेका छैनौं होला । तर हिजोआज रेडक्रस बाहेक अन्य संस्थाहरुले पनि रक्तदान अभियान र रक्त सञ्चारको कामहरु गरेका कारणले रगतको धेरै अभाव हुँदैन् ।


नेपाल रेडक्रसले पनि आफ्नो क्षमता लाई अलिकति बढाएर विगतको जस्तो धेरै अभाव हुने गरेको छैन् । रगत भनेको मान्छेले मात्र दिने भएकाले बनाउन मिल्दैन् । न कहींबाट ल्याउन मिल्छ । हामी सबै मान्छेहरुले आफ्नो मानवियता र मानव धर्म सोचेर जति रक्तदान गर्छौं त्यति नै छिटो बिरामीहरुको बेड सम्म रगत पुर्याउन सक्छौं । यस्तो कुरा हामीले बुझ्न एकदमै आवश्यक छ ।


कानुनी पाटोमा काम गरिरहेका छौं
अहिले हामी केही महत्वपूर्ण कुरालाई ध्यान दिएर काम गरिरहेका छौं । नेपाल रेडक्रस जस्तो संस्था १९१ देशमा छन् । त्यस मध्ये एकसय भन्दा धेरै देशहरुमा त्यहाँको सरकारले रेडक्रस कानुन बनाएर काम गरिरहेको छ । अरु संस्था भन्दा रेडक्रस फरक संस्था भएपनि संस्था दर्ता ऐन अनुसार चल्नु परेको छ । रेडक्रसका लागि कानुन कमजोर भएकाले संस्था ऐन दर्ता अनुसार चल्नु पर्ने वाध्यता छ । तर काम गर्ने स्कोप एकदमै ठूलो छ ।


हामी विभिन्न ठूलो क्षेत्रमा काम गरिरहेकाले सरकारकै कार्य प्रणाली, कानुन नियमावलीमा रेडक्रसले एकदमै राम्रो स्पेस पाइरहेको छ । राज्यको एउटा सहयोगी संस्थाको रुपमा रेडक्रसले काम गर्ने भएकाले कानुनको ठूलो आवश्यकता छ । कानुन अहिले छैन तर विभिन्न चरणमा काम भइरहेका छन् । विभिन्न प्रक्रियामा कुरा भएका छन् । तर कानुन आउन सकेको छैन् । एउटा रेडक्रस कानुन भयो भने गतिविधिहरुलाई अझै राम्रो सँग अघि बढाउन सक्छौं ।


मानवीय सेवाको लागि विभिन्न देशहरुले बजेट छुट्याउने गर्छ । तर हाम्रो देशमा विगतमा रक्तसञ्चार सेवालाई सरकारले सहयोग गरेको देखिन्छ । तर नियमित हिसावले सेवा छुट्याएर सहयोग गरेको अवस्था छैन् । हामी समुदाय स्तरमा छिटै सेवा दिने एम्बुलेन्स, आँखा सम्बन्धि सेवाहरुमा रक्तसञ्चारका सम्बन्धमा पालिकाहरुसँग सम्झौताहरु गरेर काम गरिरहेका छौं । तर केन्द्रीय अथवा संघीय बजेट अन्तरगत बजेटहरु आएको छैन् ।


सम्बन्ध विग्रिएको छैन्
अन्तर्राष्ट्रिय रेडक्रस महासंघ तथा रेडक्रिसेन्ट सोसाइटी (आईएफआरसी)सँग नेपाल रेडक्रस सोसाइटीको सम्बन्ध चिसिएका कुराहरु बाहिर आएका थिए । तर सम्बन्धमा कुनै समस्या आएको छैन् । पारामिटरको हिसाबले केही समस्या आएपनि कर्मचारी तहमा सम्बन्ध सुमधुर छ । नेपाल रेडक्रसलाई अन्तर्राष्ट्रिय महासंघले एउटा नमूना राष्ट्रिय सोसाइटीको रुपमा, सामुदायिक विकासका काम, समुदायमा पहुँच, छिटो सेवाहरुलाई उहाँहरुले एकदमै राम्रो तरिकाले प्रशंसा गर्नु भएको छ ।


बाँकी सरकारको कुराहरुमा सरकारले नै हेर्ने हो । रेडक्रसलाई अझ राम्रो बनाउन सकिन्छ भनेर अन्तर्राष्ट्रिय महासंघ सुझाव दिनु भएको छ । हाम्रो काम गर्ने तरिका, संगठन, सञ्जालको सवालमा एकदमै प्रशंसा गर्नुभएको छ । यसबीचमा नेपाल सरकार र अन्तर्राष्ट्रिय महासंघबीचमा नै केही कुराहरु भइरहेकै छ । देखिएका समस्याहरुलाई छिटो भन्दा छिटो सुल्झाउने हिसाबले संवाद भइरहेको छ ।


मे ८ को उत्साह
हरेक बर्षको मे ८ लाई हामी नेपालभर नै अन्तर्राष्ट्रिय रेडक्रस दिवसका रुपमा मनाउने गरेका छौं । अन्तर्राष्ट्रिय रेडक्रस दिवसको दिन हेनरी ड्युनाको जन्म दिन पनि भएकाले विशेष स्मरणका रुपमा दिवस मनाउने गरेका छौं । उहाँले संसारलाई रेडक्रस जस्तो संस्था दिनु भयो । संस्थाको प्रवद्र्धनमा पनि योगदान दिनुभएको हुनाले उहाँको सम्झनामा मे ८ लाई विश्व रेडक्रस दिवसको हिसाबले मनाउँछौ ।


नेपाल पनि विश्व रेडक्रस समाजको सक्रिय सदस्यको हिसाबले ७७ वटै जिल्लामा, सातै प्रदेशमा विभिन्न खालका गतिविधिहरु गरेर मनाउँदैछौ । ‘सक्रियताका साथ मानवताको पक्षमा’ भन्ने नाराका आधारमा वर्षभरि गरेका मानवीय कामहरु देखिने गरेर, समुदायमा प्रचारप्रसार गर्ने हिसाबले विभिन्न कार्यक्रम गरिरहेका छौं । त्यही अनुसार प्रदेश, जिल्ला र उपशाखाहरुले कार्यक्रम गर्नु भएको छ ।
( नेपाल रेडक्रस सोसाइटीका मानवीय मुल्य तथा संचार विभागका निर्देशक विपुल न्यौपाने सँग गरेको कुराकानीमा आधारित)

  • 3shares
  • Share
  • Tweet
  • Facebook Messenger
  • WhatsApp
  • Email
  • Print
जनकपुरखबर संवाददाता

जनकपुरखबर संवाददाता

सम्बन्धित समाचार

अन्तर्वार्ता / विचार

२०७९ मा जितेकाहरूको अग्निपरीक्षा : २०८४ मा फेरि दोहोरिएला जनताको विश्वास ?

भदौ ७, २०८३
अन्तर्वार्ता / विचार

सरकारी मिडियालाई मात्र विज्ञापन : पारदर्शिता कि नियन्त्रणको रणनीति ?

चैत्र २१, २०८२
अन्तर्वार्ता / विचार

कोशीले पायो प्रधानमन्त्री, वाग्मतीबाट मात्रै पाँच मन्त्री

चैत्र १३, २०८२
अन्तर्वार्ता / विचार

बैकल्पिक शक्तिको रूपमा उदाएको रास्वपा सबैभन्दा ठूलो दल

फाल्गुन २६, २०८२
अन्तर्वार्ता / विचार

र्‍यापरबाट उदाएका बालेन शाह पुराना दिग्गजहरू माथि भारी

फाल्गुन १३, २०८२
अन्तर्वार्ता / विचार

‘नयाँ पुस्ताले श्रीस्वस्थानी कथा सुन्ने मात्र नभइ अर्थ खोज्न थालेका छन’

माघ १८, २०८२

आफ्नो प्रतिकृया दिनुहोस्

ताजा खबर

विपद्‌मा विच्छेद: प्रविधिको युगमा नीतिगत अडानले खोस्यो उद्धारको अवसर

भदौ १३, २०८३

रक्षाबन्धनको दिन विपद् व्यवस्थापनमा प्रधानमन्त्री बालेन शाह, राहत र उद्धारलाई तीव्रता दिन निर्देशन

भदौ १२, २०८३

रसुवा बाढी: ५० बढीको मृत्यु, प्रधानमन्त्री बालेनको प्रत्यक्ष निगरानीमा उद्धार र राहत कार्य तीव्र

भदौ १०, २०८३

पाँच वर्ष, अर्बौँ बजेट र विकासको प्रश्न : धनुषा–महोत्तरीका प्रदेश सांसद फेरि जनताको अदालतमा

भदौ १०, २०८३

जनकपुर पोखरी अतिक्रमण: कुल क्षेत्रफल र खाली भूभागको यकिन तथ्यांक माग

भदौ १०, २०८३

२०७९ मा जितेकाहरूको अग्निपरीक्षा : २०८४ मा फेरि दोहोरिएला जनताको विश्वास ?

भदौ ७, २०८३

विद्युत समस्या समाधानको माग गर्दै जनकपुरमा हुलाकी राजमार्ग अवरुद्ध

भदौ ७, २०८३

जनकपुरमा अतिक्रमण हटाउने अभियान: गरिबको टहरामा डोजर, पहुँचवालालाई उन्मुक्ति?

भदौ ७, २०८३



प्रकाशक - जनकपुर खबर मिडिया ग्रुप प्रा.लि.
अध्यक्ष तथा प्रबन्ध निर्देशकः– रवि मंडल
सम्पादक - निरज कुमार मण्डल
+977-9854028150/9802328150
news@ejanakpurkhabar.com
सुचना बिभाग दर्ता नं. 2182/077-78

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

Send this to a friend