१ जेठ,काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल राष्ट्र बैंकको रिक्त गभर्नर पदमा योग्यताका आधारमा क्षमतावान व्यक्तिको नियुक्ति गरिने स्पष्ट पारेका छन्। उनले यो नियुक्ति व्यक्तिगत निकटता नभई मेरिटोक्रेसीका आधारमा हुने बताएका छन्।
पूर्व योजनाकार मञ्च नेपालको औपचारिक शुभारम्भ कार्यक्रममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने, “राष्ट्र बैंकमा मेरो कोही ल्याउनु छैन। मेरिटोक्रेसीका आधारमा काम गर्न सक्ने मान्छे ल्याउने हो। मेरो मान्छे भन्ने चाहिँदैन।”

प्रधानमन्त्री ओलीले आफू प्रधानमन्त्री भए पनि सरकारमा एक्लो नभएको उल्लेख गरे। “म प्रधानमन्त्री हुँ तर सरकारमा म मात्र छैन,” उनले भने, “यसकारण मेरिटोक्रेसीलाई सके सम्म प्राथमिकता दिन्छु।”
उनले सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता व्यक्तिहरूको छानबिन आयोगमा नियुक्ति सिफारिस समितिको सुझाव अनुसार क्षमतावान व्यक्तिहरूलाई गरिएको जानकारी पनि दिए।
“एक आयोगका अध्यक्ष सँग म मुख्य सचिव हुँदा चिनेको थिएँ,” प्रधानमन्त्रीले स्पष्ट पारे, “तर अन्य पदाधिकारीहरू सँग मेरो कुनै व्यक्तिगत चिनजान छैन।”
उनले पूर्व योजनाकारहरूको संस्थाबाट सोच र अनुभव साटा-साट हुने अपेक्षा व्यक्त गरे। साथै, व्यक्तिगत टकराव नरहोस् र संस्थाको दिगोपनामा योगदान होस् भन्ने शुभकामना पनि व्यक्त गरे।
आफ्नो प्रतिकृया दिनुहोस्