Janakpur Khabar
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
Janakpur Khabar
No Result
View All Result

मुस्ताङमा सर्वाधिक लागतको हलिउड फिल्म ‘टासी’ को छायांकन सुरु

जनकपुरखबर संवाददाता जनकपुरखबर संवाददाता
जेष्ठ ६, २०८२
In मनोरन्जन
0

६ जेठ,काठमाडौं: बलिउड फिल्म ‘खुदा गवाह’ छायांकन पछि विश्वका फिल्मकर्मीहरुको नजरमा परेको नेपालको मुस्ताङमा सबैभन्दा ठुलो लागतको हलिउड फिल्म ‘टासी’ को सोमबार देखि छायांकन सुरु भएको छ ।


पहिलो सरगमाथा आरोही तेन्जिङ नोर्गे शेर्पाको जीवन कथामा आधारित ‘टाँसी’ को छायांकन सोमबार देखि मुस्ताङका विभिन्न स्थानमा भइरहेको हो । अमेरिकी प्रविधि कम्पनी एप्पलले ‘टासी’ निर्माण गर्न लागेको हो ।


स्थानीय सहजकर्ता पाल्गेन गुरुङका अनुसार हलिउड, बलिउड र नेपाली प्राविधिक तथा अन्य जनशक्ति सम्मिलित फिल्म टोली अहिले मुस्ताङमा सक्रिय छन् । करिब एक महिना सम्म फिल्म सुटिङ हुनेछ । ‘करिव तीन–चार सयको हाराहारीमा निर्माण टोली र जनशक्ति सक्रिय छन् । डेढ सय जति सानाठूला गाडीहरु आएका छन् । शौचालय, बाथरुम, किचन र सुत्ने समेतको व्यवस्था भएका सवारी साधन पनि मुस्ताङ आइपुगेका छन्,’ गुरुङले भने ।


‘मुस्ताङमा सडक पूर्वाधार र सुविधा सम्पन्न होटल तथा रिसोर्टहरु खुले पछि यो सबैभन्दा ठूलो फिल्मको टोली आएको हो । यसले स्थानीय स्तरमा डेढ सय बढीलाई रोजगारी मिलेको छ । मुस्ताङवासी लाई उत्साहित बनाएको छ । होटलहरु भरिभराउ भएका छन् र रेष्टुरेन्टमा कारोबार बढेको छ,’ गुरुङले भने ।


सन् १९५३ मा आरोही शेर्पाको नेतृत्वमा सर्वोच्च शिखर सगरमाथा आरोह गरेका थिए । सोही कथा वस्तुलाई लिएर मुस्ताङमा फिल्म ‘टासी’ को छायांकन भइरहेको हो । मुस्ताङको जोमसोम र पुथाङ एअरपोर्टका करिव दुई दर्जन होटलहरु एक महिनाका लागि अंग्रिम बुकिङ भइसकेको गुरुङले जानकारी दिए ।सोमबार र मंगलबार टोलीले घरपझोङ गाउँपालिकाका विभिन्न स्थानमा छायांकन गरिरहेको बताए ।


फिल्म निर्माण टोली कुछ्प तेरङ्गा गुम्बा, थासाङ गाउँपालिकाको बोक्सी खोला, वारागुङ मुक्तिक्षेत्रको पुराङ,झारकोट, धार्काजुङ, फल्याक खेलमैदान, लुप्रापास साथै उपल्लो मुस्ताङ सम्मका स्थानहरुमा छायांकन गर्ने योजना छ,’ उनले भने ।


आरोही तेन्जिङ नोर्गे शेर्पाको हिमाल आरोहरण, हिमाली सभ्यता, जैविक विविधता लगायत परिदृष्य फिल्म ‘टासी’ मा समेटिने निर्माण टिमको योजना छ । वेडनेस आउटडोर कम्पनीले छायांकनका लागि स्थानीय तहसँग यस अघि नै शुल्क बुझाएर अनुमति लिइसहेको छ ।


पछिल्लो समय मुस्ताङ पर्यटन मात्र नभइ ठूला विदेशी एवम स्वदेशी फिल्म, सर्ट मुभि, म्युजिक भिडियो र डकुमेन्ट्रीका लागि अब्बल गन्तब्य बन्दै गइरहेको छ ।


अनुमति लिनै हैरानी
यता, पहिलो सगरमाथा आरोही तेन्जिङ नोर्गे शेर्पा र एड्मण्ड हिलारीको वायोपिक फिल्म ‘टासी’ ले निवेदन दिएको ७८ दिन पछि नेपालमा छांयाकनका लागि अनुमति पाएको थियो ।। अन्तर्राष्ट्रिय स्तरमा रिलिज हुने फिल्म नेपालमा छायाकन हुन लागेको ठूलो लगानीको फिल्म हो ।


अन्तर्राष्ट्रिय ख्याती कमाएका भारतीय निर्माता प्रभास सहनीको लोकल कम्पनी वाइल्डरनेस आउट डुअर्स कम्पनीले नेपालका काठमाडौं, मुस्ताङ, जोमसोम, तनहुँ, बन्दीपुर, सोलुखुम्बु लगायतका स्थानमा फिल्म छायांकन गर्ने गरी अनुमति दिइएको हो ।


कम्पनीले विभिन्न प्रक्रियाहरु पूरा नगरेको भन्दै अनुमति प्रदान गर्न मन्त्रालयले लामो समयसम्म अड्काएर राखेको थियो । थोमस विलियम हिडल्स्टन र गेन्डेन फुन्टसोकको अभिनय रहने यो फिल्म नेपालमा छायांकन भएर रिलिज भएमा नेपालको पर्यटनमा ठूलो योगदान पुग्ने अनुमान गरिएको छ ।


जेनिफर पीडोमको निर्देशनमा बन्ने फिल्ममा अभिनयका लागि विदेशी कलाकार नेपाल आएका हुन् । फिल्मको निर्माण ओस्कार विजेता फिल्म ‘द किङ्स स्पिच’ को निर्माता कम्पनी सी–स फिल्म्स गरिरहेको हो ।


सम्पूर्ण कागजात पुरा गरेर २०८१ माघ अन्तिम साता सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा अनुमतिका लागि निवेदन दिएको थियो । तर २०८२ को वैशाख १७ गते दिउसो मात्र फिल्मले अनुमति पाएको थियो ।


विभिन्न झन्झटिलो प्रक्रिया देखाएर मन्त्रालयले छायांकनको अघिल्लो दिन मात्र अनुमति प्रदान गरेकाले समय सीमा भित्र काम सक्न निर्माण टीमलाई कठिनाइ पर्ने गुनासो गर्दै आइरहेको छ ।

  • 43shares
  • Share
  • Tweet
  • Facebook Messenger
  • WhatsApp
  • Email
  • Print
जनकपुरखबर संवाददाता

जनकपुरखबर संवाददाता

सम्बन्धित समाचार

मनोरन्जन

फागुन १ बाट रिलिज हुने सिनेमा ‘श्री बुकुरो: द होम कलिङ’को नयाँ गीत सार्वजनिक

माघ २४, २०८२
मनोरन्जन

नयाँ नेपाली फिल्म ‘श्री बुकुरो : द होम कलिङ’ को रोमान्टिक पोस्टर सार्वजनिक

माघ २२, २०८२
मनोरन्जन

सुशील र अञ्जनाको फिल्म ‘परिवर्तन’ को एक साताको कमाइ ३१ लाख

माघ १९, २०८२
मनोरन्जन

प्रविन बज्राचार्यको स्वरमा नयाँ गीत ‘सोल्टिनी’ सार्वजनिक

माघ १८, २०८२
मनोरन्जन

फिल्म ‘जाँड’ लाई सबैले हेर्न मिल्ने ‘पिजी’ सर्टिफिकेट प्रदान

माघ १७, २०८२
मनोरन्जन

चलचित्र ‘चिराग’ को ‘फूल बनि फुल्थें’ गीत सार्वजनिक

अशोज २७, २०८२

आफ्नो प्रतिकृया दिनुहोस्

ताजा खबर

आइसीसी टी–२० विश्वकप : नेपाल इंग्ल्याण्डसँग ४ रनले पराजित

माघ २५, २०८२

कांग्रेस–कम्युनिस्ट असफल हुँदा देशमा असहज अवस्था आयो : उपेन्द्र यादव

माघ २५, २०८२

नेपाल–भारत सीमामा संयुक्त गस्ती

माघ २५, २०८२

आदिवासी जनजाति पत्रकारका माग र मुद्दामा सरकार गम्भीर नभएको गुनासो

माघ २४, २०८२

अभिनेता थापाको असामयिक निधन प्रति प्रधानमन्त्री कार्कीद्वारा दु:ख व्यक्त

माघ २४, २०८२

फागुन १ बाट रिलिज हुने सिनेमा ‘श्री बुकुरो: द होम कलिङ’को नयाँ गीत सार्वजनिक

माघ २४, २०८२

रास्वपाका उम्मेदवारले केन्द्रीय कार्यालयमा करारपत्रमा हस्ताक्षर गर्नुपर्ने

माघ २४, २०८२

चुनावी अभियानमा बालिकाको मृत्यु: रास्वपा द्वारा क्षतिपूर्ति र न्यायको प्रतिबद्धता

माघ २३, २०८२



प्रकाशक - जनकपुर खबर मिडिया ग्रुप प्रा.लि.
अध्यक्ष तथा प्रबन्ध निर्देशकः– रवि मंडल
सम्पादक - निरज कुमार मण्डल
+977-9854028150/9802328150
news@ejanakpurkhabar.com
सुचना बिभाग दर्ता नं. 2182/077-78

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

Send this to a friend