७ जेठ, (महोत्तरी) : मटिहानी नगरपालिका वडा नं. ५ (गोबरौरामा) स्थित श्री राष्ट्रिय आधारभूत विद्यालयको दुई कोठे पक्की भवनको आज उद्घाटन भएको छ। यो भवन राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत मटिहानी नगरपालिकाले निर्माण गरेको हो।

उद्घाटन समारोहमा नगरप्रमुख हरि प्रसाद मण्डलले भवनको शुभारम्भ गर्दै विद्यालयको विकासमा सहयोग पुर्याउन आह्वान गरे। पालिकाका प्राविधिक अधिकारी दिनेश साहका अनुसार यो भवन ३७ लाख ५० हजार रुपैयाँ खर्चमा निर्माण भएको हो।

कार्यक्रममा उप-नगरप्रमुख मञ्जु देवी साह, वडा अध्यक्ष मिश्री नायक, शिक्षा शाखा प्रमुख श्रीश कुमार मिश्र, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नागेन्द्र महतो, इन्जिनियर बिमलेश साह, वडा सचिव दिनेश यादव, स्थानीय राजनीतिक दलका प्रतिनिधि, शिक्षक, विद्यार्थी तथा अभिभावकहरू उपस्थित थिए।

यस अवसरमा नयाँ भवनले विद्यालयको शैक्षिक गुणस्तर सुधार्न मद्दत गर्ने विश्वास व्यक्त गरिएको छ।
आफ्नो प्रतिकृया दिनुहोस्