Janakpur Khabar
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
Janakpur Khabar
No Result
View All Result

राज्यको मौनता विरुद्धको भोक अनसन : ‘यो गणतन्त्र होइन, लुटतन्त्र रहेछ’

जनकपुरखबर संवाददाता जनकपुरखबर संवाददाता
असार ९, २०८२
In अन्तर्वार्ता / विचार
0

(आकांक्षा धामी),९ असार,काठमाडौं । कञ्चनपुर शुक्लाफाँटा वन्यजन्तु आरक्ष विस्तारको क्रममा विस्थापित भएका कञ्चनपुरका जय बहादुर रोकाया र कर्ण बहादुर चन्दले राहत तथा क्षतिपूर्तिको माग गर्दै भोक हड्ताल सुरु गरेका छन् ।

उनीहरुले विगत २३ वर्षदेखि पीडित हुँदै आएकाले अब सहन नसकिने अवस्था आएको बताउँदै भोक हड्ताल गरेको बताए । पीडितहरुको भनाइमा आरक्ष विस्तारका क्रममा उनीहरुको घरगोठ जलाइएको, जग्गा खोसिएको र उचित व्यवस्थापन नगरिएको गुनासो छ ।

हड्तालमा बसेका रोकाया र चन्दले सरकारसँग तीन सूत्रीय माग अघि सारेका छन् । ती मागहरूमा खोसिएको सम्पत्ति फिर्ता गरिनु, आरक्ष पीडितको उचित पुन:स्थापना र व्यवस्थापन गरिनु तथा विगतका प्रतिवेदन अनुसार राहत कार्यान्वयन गरिनु पर्ने छन् ।

‘२३ वर्ष भयो तर न्याय पाइएन,’जय बहादुर रोकाय भन्छन् । उनी सुक्लाफाँटा वन्यजन्तु आरक्षण विस्तारको पीडामा जिन्दगी बिताइरहेका एक नागरिक हुन् । आमरण अनशनको १३ औँ दिनमा पुगेका रोकाय नेपाल न्यूज बैंकसँग कुरा गर्दै भन्छन्, ‘राज्यले अझै पनि हाम्रो पीडालाई नसुनेको झैं गर्छ, टुलुटुलु हेरेर बसिरहेको छ ।’

साथी कर्ण बहादुर चन्द सहित रोकाय अहिले पनि न्यायको आशामा अनसनमा बसेका छन् । घरबार गुमाएका, परिवार छुट्टिएका, जीविकाको स्रोत खोसिएका पीडितहरू भन्छन्, ‘यो मुलुकमा मानव अधिकारको कुरा सुन्न पाइन्छ, तर कार्यान्वयन शून्य छ ।’

जय बहादुर रोकायको आँखा रासाउँछ जब उनी विगत सम्झन्छन्, ‘हामी विस्थापित भयौं । तर कहिल्यै पुन:स्थापित हुन पाएनौं,’उनी भन्छन्, ‘बालबच्चाले पढ्न पाएका छैनन्, कतिपय त भारतमा भाडा माझ्दै छन्, घरबार छैन, श्रीमती छैनन्, बच्चा छैनन् । तर राज्य मौन छ ।’

उनको आक्रोश सरकार प्रति मात्र होइन, राजनीतिक दलहरू, मानव अधिकार संस्थाहरू र नेतृत्व प्रति पनि छ । ‘३४ वटा आयोग गठन भए, तर न्याय शून्य । २४७३ परिवार प्रमाणित आरक्ष पीडित छन्, अझै पनि अनेक ठाउँमा छरिएर बसिरहेका छन्,’ उनी भन्छन् ।

उनले थपे, ‘वन मन्त्रालय कांग्रेसको हातमा छ । तर मन्त्री जुनसुकै पार्टीको भए पनि पीडितका पक्षमा काम गर्नै पर्छ । अहिले दुई तिहाई बहुमतको सरकार छ । यति बलियो सरकारले पनि पीडितको आवाज नसुने भने कहिले सुन्ने ?’

रोकायको भनाइमा, राज्यले चाहेको भए अधिकार सम्पन्न आयोग गठन गरेर तीन महिनाभित्र समस्या समाधान गर्न सक्थ्यो । तर त्यसको सट्टा पीडितहरूलाई उपेक्षा गर्दै आएको छ ।

उनले सबै राजनीतिक दलहरुलाई आग्रह गरेका छन् कि आरक्ष पीडितको नाममा राजनीति नगरियोस् । ‘हामी जस्ता पीडितका घाउ चिर्दै राजनीति गर्ने होइन,’ उनी भन्छन्, ‘जनताका अधिकार सुनिश्चित गरियो भने राजनीति आफैं बलियो हुन्छ ।’

यसै गरी अर्का पीडित कर्ण बहादुर चन्द भन्छन्,  ‘हामी विस्थापित जग्गाधनी हौं । तर आज हामी सँग न जग्गा छ, न घर ।’ शुक्लाफाँटा वन्यजन्तु आरक्षण विस्तारका क्रममा २०५८ सालमा जबरजस्ती उठीबासमा पारिएका पीडित मध्ये एक हुन् उनी पनि ।

घर लुटिएको, जमिन खोसिएको र सम्मानमै चोट पुगेको छ । त्यो कालो दिन अझै उनको स्मृतिमा ताजै छ । ‘त्यति बेला सूर्य बहादुर पाण्डे, शेरबहादुर देउवा मन्त्री थिए । ज्ञानेन्द्र शाह राजा थिए । हामी लाई त्यसैबेला विस्थापित गरियो । हाम्रो कुनै अपराध थिएन, केवल त्यो भूगोलमा जन्मिएको कारणले आज पनि न्यायका लागि भोकै बस्नु परेको छ,’ चन्दको स्वर थकित तर आक्रोशपूर्ण सुनिन्छ ।

उनले जनाएका छन् कि आफू सँग चार ठाउँको जग्गाको प्रमाण सहितको नक्सा छ । ‘तर राज्यले हेरेन, सुनेन, चासो देखाएन,’उनी भन्छन्, ‘जग्गा फिर्ता नपाए सम्म हामी सरकार लाई छाड्दैनौं । अहिले पनि यदि सरकारले हाम्रो आवाज नसुन्ने हो भने हामी प्रतिवादमा उत्रन तयार छौं ।’

वन मन्त्रालय गएका बेला आफूलाई मन्त्री सँग भेट्न रोकिएको गुनासो गर्दै चन्द भन्छन्, ‘आमरण अनसनमा बसेको मान्छे लाई मन्त्री सँग भेट्न दिइएन । यस्तो कानुनलाई म घोर भर्त्सना गर्छु । यस्तो कानुन हामीलाई चाहिएको छैन । यो गणतन्त्र होइन, यो त लुटतन्त्र हो ।’

उनको आक्रोश केवल राज्य प्रति होइन, वर्तमान राजनीतिक प्रणाली प्रति पनि छ । ‘देउवा, प्रचण्ड, केपी ओली— जसले जे गरे पनि चल्छ । तर जनता उठे भने गैरकानुनी ठहरिन्छ ? जनताको व्यवस्था नहुने यो कस्तो शासन ?’ चन्दको प्रश्न छ ।

उनले आठसय आरक्ष पीडित परिवारका ७ हजार ४१४ जनाको यथोचित व्यवस्थापन सरकारले गर्नु पर्ने बताए ।उनले भने, ‘हामी जेल जान तयार छौं, तर यस्तो नाम मात्रको गणतन्त्र हामीलाई चाहिँदैन । यस्तो कानुन चाहिँदैन । जनताको व्यवस्था हुनु पर्छ । आठसय पीडितका ७ हजार ४ सय १४ जनाको आरक्षकहरुको व्यवस्था हुनु पर्छ ।’

यसैगरी ‘हामी अहिले पनि सडकको छेउमा छौं, हाम्रो घर त्यही हो,’ भन्छन् शुक्लाफाँटा वन्यजन्तु आरक्षबाट विस्थापित प्रेमदत्त भट्ट । विस्थापित जीवन बिताइरहेका उनी अहिले पनि न्यायको आशमा भोक हड्तालमा बसेका छन्, तर निराश छन् । ‘भोक हड्ताल गर्दा न्याय पाइन्छ भन्ने विश्वास छैन, तर आशा भने बाँकी छ ।’

२०५८ सालमा राज्यले घर र जमिन खोसेर उखेलिएको जिन्दगी अझै शरीरमा घाउ बन्‍न आइपुग्छ । राज्यले खोसेको सम्पत्तिको लेखाजोखा गर्न २३ वर्ष लाग्यो, अझै पनि समाधान भएको छैन,’उनी भन्छन्, ‘हाम्रो माग त सधैं एउटै हो—जमिन फिर्ता गर, बसोबासको व्यवस्था गर ।’

उनका अनुसार, त्यति बेलाका आन्दोलन र आश्वासनका पंजामा लुगा फेर्दै ३४ वटा आयोग बने । ३४ ओटा नै फेरिए, तर हालत फेरिएन । ‘वनमन्त्री फेर्दै फेर्दा कति मन्त्री आए, कति गए, तर हामी भने त्यहीँ सडकमा छौं,’ उनले पीडा पोखे ।

प्रेमदत्त भट्ट भन्छन्, ‘हाम्रो थलो राज्यले नै बेच्यो । नेताहरूले विदेशीहरू सँग मिलेर जमिन पुरै बेचिदिए । अब हामीलाई १० कट्ठा जमिन देऊ, घरगोठ जलाएको सट्टामा फेरि बनाइ देऊ, हाम्रो माग यही हो ।’

‘सरकारका त कुनै निकायले हाम्रो अवस्था हेरेन, सुनेन । सुरक्षाकर्मीले पनि सहयोग गरेन ।’ उनको आँखा रसाउँछ जब उनी २०५८ को विस्थापन सम्झन्छन्, ‘त्यसबेला ४ हजार ३ सय १४ घरधुरी परिवार निकालिएका थिए । अहिले सम्म सरकारले २४ सय ७३ परिवार मात्र तथ्याङ्कमा राखेको छ । बाँकी हामी कहाँ गयौं, के अस्तित्वहीन भयौं ?’

मानव अधिकारका नाममा गठन भएका संस्थाहरु प्रति उनको गुनासो गहिरो छ । ‘मानव अधिकार भन्ने नाम त सुनिन्छ, तर काम हामीले कहिल्यै महसुस गर्न पाएनौं ।  यस्तो संस्थाले केही नगर्ने हो भने नेपालमै रहेर के गर्ने ? हटाउने हो । पीडितलाई सहयोग गर्न नसक्ने अधिकारवादी संस्थाको हामीलाई जरुरी छैन,’ उनी भन्छन् ।

प्रेमदत्त भट्टको जीवन सडकमा रोकिएको छ, तर आवाज चिच्याइरहेको छ— कि राज्यले अब सुनेर केही गरोस्, होइन भने यो सडकको छेउ नै यिनको चिहान नबनोस् । कर्ण बहादुर चन्द, जय बहादुर रोकाया र प्रेमदत्त भट्ट जस्ता पीडितहरुको भनाइले राज्यका नीति निर्माता र जनप्रतिनिधिहरूको संवेदनहीनतालाई उजागर गर्छ । राज्यले उठीबास गराएकाहरूको चिहान निर्माण गरिरहेको छ–जहाँ न्याय छैन, सुनुवाइ छैन, केवल पीडा छ ।

२३ वर्ष अघिको अन्याय अझै पनि न्यायको प्रतीक्षामा छ । र त्यो प्रतीक्षा अब आमरण अनसनमा परिणत भइसकेको छ । दुःख, वेदना र अन्यायले गाँजिएका जय बहादुर, कर्ण बहादुर र  प्रेमदत्त जस्ता पीडितहरूको आवाज अझै पनि सडकमा गुञ्जिरहेको छ । जहाँ न राज्यले कान सुनिरहेको छ, न देख्न सकेको छ । उनीजस्ता हजारौं पीडितहरू अझै पनि न्यायको प्रतीक्षामा छन् ।

मागहरु : खोसिएको सम्पत्ती फिर्ता गर । आरक्ष पीडित तको ब्यवस्था गर ।,पीडितकोे तीन सुत्रीय माग पूरा गर ।,३४औं आयोगले दिएको प्रतिवेदनको अनुसूची (ठ) लागु गर ।,दिवान सिंह बिष्टको पालामा विद्यानाथ अधिकारीले तोक लगाएको प्रतिवेदन पास गर ।, कम्तिमा १० कठ्ठा जमिन दे , २३ वर्ष सम्मको क्षतिपूर्ति दे।,उठीवास गर्दा जलाईएको घरगोठ दे, ।

  • 21shares
  • Share
  • Tweet
  • Facebook Messenger
  • WhatsApp
  • Email
  • Print
जनकपुरखबर संवाददाता

जनकपुरखबर संवाददाता

सम्बन्धित समाचार

अन्तर्वार्ता / विचार

बैकल्पिक शक्तिको रूपमा उदाएको रास्वपा सबैभन्दा ठूलो दल

फाल्गुन २६, २०८२
अन्तर्वार्ता / विचार

र्‍यापरबाट उदाएका बालेन शाह पुराना दिग्गजहरू माथि भारी

फाल्गुन १३, २०८२
अन्तर्वार्ता / विचार

‘नयाँ पुस्ताले श्रीस्वस्थानी कथा सुन्ने मात्र नभइ अर्थ खोज्न थालेका छन’

माघ १८, २०८२
अन्तर्वार्ता / विचार

यस पटक रास्वपाले एकल वहुमत ल्याउनेछ, मतदाताले विश्वास गर्नेछन् : तोषिमा कार्की

माघ १८, २०८२
अन्तर्वार्ता / विचार

नयाँपन अनुहारमा होइन, नीति, कार्यक्रम र उद्देश्यमा हुनुपर्छ : विशाल खड्का

माघ १७, २०८२
अन्तर्वार्ता / विचार

अन्तरिम सरकारले GEN-Z का कुनैपनि माग पूरा गर्न सक्दैन् : डा.केसी

अशोज २४, २०८२

आफ्नो प्रतिकृया दिनुहोस्

ताजा खबर

“युवामा बढ्दै जोखिमपूर्ण व्यवहार: यौन शिक्षाको अभाव प्रमुख कारण”

फाल्गुन २९, २०८२

नेपाल आदिवासी जनजाति महासंघको ११औँ राष्ट्रिय महाधिवेशन चैत ५–६ मा काठमाडौंमा

फाल्गुन २९, २०८२

आजदेखि आधा भरिएको ग्यास सिलिण्डर बिक्री शुरु

फाल्गुन २९, २०८२

दिनको सुरुवात योग र ध्यानबाट गर्दा मानसिक स्वास्थ्यमा सुधार

फाल्गुन २९, २०८२

पोखरामा सम्पन्न नेपाल–भारत बैठक : विद्युत खरिद दरमा १.५ प्रतिशत वृद्धि

फाल्गुन २९, २०८२

शहीद परिवारलाई भेटेपछि सांसद खरेलले भने : जेनजी आन्दोलनको अपूरो सपना पूरा गर्छौं

फाल्गुन २६, २०८२

बाजुराकी भण्डारीले बाटोमै जन्माइन् बच्चा

फाल्गुन २६, २०८२

बैकल्पिक शक्तिको रूपमा उदाएको रास्वपा सबैभन्दा ठूलो दल

फाल्गुन २६, २०८२



प्रकाशक - जनकपुर खबर मिडिया ग्रुप प्रा.लि.
अध्यक्ष तथा प्रबन्ध निर्देशकः– रवि मंडल
सम्पादक - निरज कुमार मण्डल
+977-9854028150/9802328150
news@ejanakpurkhabar.com
सुचना बिभाग दर्ता नं. 2182/077-78

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

Send this to a friend