Janakpur Khabar
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
Janakpur Khabar
No Result
View All Result

जनकपुरधाम उपमहानगरको १३औं नगरसभा सम्पन्न, नीति तथा कार्यक्रम सार्वजनिक

जनकपुरखबर संवाददाता जनकपुरखबर संवाददाता
असार १०, २०८२
In स्थानीय
0

समावेशी विकास, सफाइ, स्वास्थ्य र पूर्वाधारलाई प्राथमिकता

१०असार ,जनकपुरधाम। जनकपुरधाम उपमहानगरपालिकाले सोमबार १३औं नगरसभाको आयोजना गर्दै आर्थिक वर्ष २०८२/०८३ का लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। नगर प्रमुख मनोज कुमार साहले प्रस्तुत गरेको उक्त दस्तावेजमा समावेशी विकास, फोहरमैला व्यवस्थापन, शिक्षा, स्वास्थ्य, कृषि, महिला सशक्तीकरण, पर्यटकीय पूर्वाधार, औद्योगिकीकरण तथा ग्रामीण पूर्वाधार विकासजस्ता क्षेत्रलाई विशेष प्राथमिकता दिइएको छ।

फोहरमैला व्यवस्थापनमा आधुनिकता

नीति अनुसार अब कुहिने र नकुहिने फोहर छुट्याएर कम्पोस्ट मल र उर्जा उत्पादन गरिनेछ, जुन कृषि कार्यमा प्रयोग गरिने जनाइएको छ। जनशक्ति र प्रविधिको प्रयोगमा जोड दिँदै छिमेकी नगरहरूसँगको सहकार्यमा सामूहिक सेनेटरी ल्यान्डफिल साइट निर्माणको तयारीसमेत थालिएको छ।

स्वास्थ्य सुरक्षा र लामखुट्टे नियन्त्रण

दीर्घकालीन समस्या बनेको लामखुट्टे नियन्त्रणका लागि विज्ञको परामर्शमा विशेष योजना लागू गरिनेछ। विपन्न तथा अपांगता भएका नागरिकहरूलाई नि:शुल्क स्वास्थ्य बीमा, विद्यालयहरूमा स्वास्थ्य परीक्षण कक्ष स्थापना, र घरदैलो सेवा सञ्चालन गरिने योजना छ।

पर्यटकीय पूर्वाधार र सार्वजनिक स्थल संरक्षण

रंगभूमि मैदान, ऐतिहासिक पोखरीहरूको सरसफाइ, डिल सौन्दर्यीकरण, र पार्किङ समस्या समाधान गर्न योजना अघि बढाइएको छ। पर्यटक गाइडको कार्यविधि निर्माण गरिनेछ भने परिक्रमा क्षेत्रमा दर्ता नभएका ई–रिक्सा सञ्चालनमा निषेध गरिने नीति ल्याइएको छ।

शिक्षा र खेलकुद प्रवर्द्धन

विद्यालयहरूमा इन्टरनेट जडान, युवा स्वयंसेवक शिक्षक परिचालन, बाल क्लब स्थापनाजस्ता कार्यक्रम सञ्चालन गरिनेछ। धुम्रपान र अपसंस्कृति फैलाउने चलचित्र माथि प्रतिबन्ध लगाइने छ। राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जित्ने खेलाडीलाई सम्मान गरिनेछ भने प्रत्येक दुई वर्षमा वृहत खेलकुद महोत्सव गरिनेछ।

कर प्रणालीमा सहुलियत र प्रविधि प्रयोग

तीन लाखसम्मको सम्पत्ति कर तिर्ने करदातालाई छुट दिइनेछ। समयमै कर बुझाउने महिला तथा पुरुष दुवैलाई छुटको व्यवस्था गरिनेछ। कर प्रणालीलाई प्रविधिमैत्री बनाउन मोबाइल एप विकास गरिनेछ।

कृषि र युवा लक्षित कार्यक्रम

‘एक वडा, एक उत्पादन’ र ‘एक वडा, एक पशु फर्म’ कार्यक्रम लागू गरिनेछ। उत्कृष्ट कृषकलाई पुरस्कृत गरिनेछ। बेरोजगार युवालाई ५ लाख सम्म आर्थिक सहयोग, सीप विकास तालिम, र ‘विन सीप को ना जीव’ कार्यक्रम मार्फत आत्मनिर्भर बनाउने नीति छ।

वातावरण र पूर्वाधारमा सुधार

सडक नामकरणसहित वैज्ञानिक घर नम्बर प्रणाली लागू गरिनेछ। खुला व्यायामशाला स्थापना, प्लास्टिक झोला निषेध, तथा विद्युतीय सवारीसाधनको प्रवर्द्धन जस्ता योजनाहरू समावेश छन्।

सञ्चार सशक्तीकरण

स्थानीय सञ्चारमाध्यमहरू लाई सशक्त बनाउन पत्रकार महासंघ लगायत संस्था सँग सहकार्य गरिनेछ। साथै, ‘उपमहानगर, हाम्रो जनकपुरधाम’ नामक रेडियो तथा टेलिभिजन कार्यक्रम सञ्चालन गरिनेछ।

समावेशी र दिगो विकासको प्रतिबद्धता

नीति तथा कार्यक्रममा महिला, दलित, लक्षित वर्ग उत्थान, विपद् व्यवस्थापन, भू–उपयोग, बस्ती विकास, आपूर्ति व्यवस्थापन तथा उद्योग–व्यापार प्रवर्द्धनमा समेत विशेष जोड दिइएको छ।

नगरसभामा उपप्रमुख किशोरी साह, प्रमुख प्रशासकीय अधिकृत मित्रलाल ढकाल, २५ वटै वडाका वडाध्यक्ष, जनप्रतिनिधि, कर्मचारी तथा सरोकारवालाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

जनकपुरधाम उपमहानगरपालिकाको यो नीति तथा कार्यक्रम स्वच्छ, समावेशी र दिगो विकासका दृष्टिकोणबाट दूरगामी प्रभाव पार्ने अपेक्षा गरिएको छ।

  • 2shares
  • Share
  • Tweet
  • Facebook Messenger
  • WhatsApp
  • Email
  • Print
जनकपुरखबर संवाददाता

जनकपुरखबर संवाददाता

सम्बन्धित समाचार

स्थानीय

बालविवाह न्यूनीकरणमा मटिहानी नगरको सार्थक पहल : जनचेतना रयाली सम्पन्न

असार ११, २०८२
स्थानीय

धनुषाको नगराईन न. पा. मा वडाध्यक्षको विरोधमा अनसन

असार ७, २०८२
स्थानीय

‘मिस्टर महानगर’ उपाधिका लागि ३८ खेलाडी बीच प्रतिस्पर्धा, असार ७ गते हुने फाइनल

असार ६, २०८२
स्थानीय

वडा अध्यक्ष माथि भएको आक्रमण प्रति हेटौंडा उपमहानगरपालिको गम्भीर ध्यानाकर्षण 

असार ५, २०८२
स्थानीय

मटिहानी नगरपालिका बन्यो सबैभन्दा पहिलो बजेट ल्याउने पालिका

असार ५, २०८२
स्थानीय

मटिहानी नगरपालिकाको ४४ करोड ५० लाखको बजेट सार्वजनिक, कृषि, शिक्षा, स्वास्थ्य र पर्यटन प्राथमिकतामा

असार ४, २०८२

आफ्नो प्रतिकृया दिनुहोस्

ताजा खबर

कस्तो रहयो परराष्ट्र मन्त्रीको एक वर्ष ?

असार ३१, २०८२

सुदूरपश्चिम विश्वविद्यालयको सिनेट : एक अर्ब ५४ करोड बजेट स्वीकृत

असार ३१, २०८२

मन्त्री राजकुमार गुप्ताको राजीनामा, घुस ऑडियो प्रकरण पछि जिम्मेवारीबाट अलग

असार ३१, २०८२
sun

सुनको मूल्य स्थिर, चाँदीको घट्यो

असार ३१, २०८२

धनुषाको सबैला नगरपालिकाका पूर्व इन्जिनियर र वडा अध्यक्ष सहित ७ जना विरुद्ध भ्रष्टाचार मुद्दा

असार ३१, २०८२

मुख्यमन्त्री सिंह द्वारा सुख्खा र खानेपानी समस्या समाधानका लागि संघीय सरकार र दातृ निकायलाई सहयोगको आग्रह

असार ३१, २०८२

मधेश प्रदेश सुख्खाग्रस्त क्षेत्र घोषणा

असार २७, २०८२

सांसद अशोक यादव माथिको मुद्दा खारेज नगरे सशक्त संघर्ष गर्ने चेतावनी

असार २७, २०८२



प्रकाशक - जनकपुर खबर मिडिया ग्रुप प्रा.लि.
अध्यक्ष तथा प्रबन्ध निर्देशकः– रवि मंडल
सम्पादक - निरज कुमार मण्डल
+977-9854028150/9802328150
news@ejanakpurkhabar.com
सुचना बिभाग दर्ता नं. 2182/077-78

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

Send this to a friend