Janakpur Khabar
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
Janakpur Khabar
No Result
View All Result

‘लालीबजार’ स्वस्तिमा, आगामी फागुन १ गते प्रदर्शनमा आउने

जनकपुरखबर संवाददाता जनकपुरखबर संवाददाता
असार १०, २०८२
In मनोरन्जन
0

१० असार ,काठमाडौं । अभिनेत्री स्वस्तिमा खड्का अब ‘लालीबजार’ मा देखिने भएकी छिन् ।‘जात्रा’ शृङ्खला मार्फत स्थापित भएको व्यानर षट्कोण आट्र्सले निर्माण गर्ने नयाँ फिल्म ‘लालीबजार’ मा अभिनेत्री खड्काले अभिनय गर्दैछिन् ।

‘जात्रा’, ‘जात्रै जात्रा’, ‘महापुरुष’ र ‘महाजात्रा’ निर्माण गरेर दर्शक र प्रदर्शकको विश्वास जितिसकेको उक्त व्यानरले अभिनेत्री खड्का फिचर्ड पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति आगामी फागुन १ गते लाई तय गरेको छ ।

पोस्टरमा स्वस्तिमा गर्भवती महिलाको भूमिकामा देखिएकी छन्, तर उनको शृंगार र हाउभाउले फरक कथावस्तु संकेत गर्छ । उनको शारीरिक अवस्था र चाहना बीचको भिन्नता पोस्टरमा स्पष्ट झल्किन्छ ।

यम थापाको लेखन तथा निर्देशनमा तयार हुने ‘लालीबजार’ लाई रवीन्द्र सिंह बानियाँ र म्याक्स दीपेस खत्रीले निर्माण गर्दैछन् भने यसका कार्यकारी निर्माता प्रदीप भट्टराई हुन् ।

अभिनेत्री खड्काले फिल्मको कथावस्तु र निर्माण टिमको कारणले आफू नयाँ फरक रुपमा प्रस्तुत हुन् तयार भएको बताइन ।उनले भनिन्,‘मेरा अघिल्ला फिल्म भन्दा यसमा भिन्न स्वस्तिमा दर्शकले देख्नु हुनेछ । सार्वजनिक गरिएको पोस्टरले पनि धेरै कुरा भनिरहेको छ, म यो पात्रलाई जीवन्त बनाउन निकै उत्साहित छु ।’

निर्माता बानियाँका अनुसार षट्कोण आट्र्सले स्क्रीप्ट खोजीकै क्रममा निर्देशक थापा सँग सहकार्यको सुरुआत गरेको हो ।उनले भने,‘हामी अन्य लेखक तथा निर्देशक सँग सहकार्य गर्न छलफलमा थियौँ । राम्रो कथा दर्शक सम्म जान बाट बञ्चित नहोस् भनेर हामीले केही लेखक तथा निर्देशक सँग सहकार्यका लागि छलफल गरेका थियौँ । सोही क्रममा निर्देशक थापाले पठाउनु भएको स्क्रीप्टले हामीलाई आकर्षित ग¥यो । उहाँले स्क्रीप्ट लिएर काम गर्नुस् भन्नुभएको थियो तर हामीले नै निर्देशन गर्न आग्रह गर्यो ।’

निर्देशक थापा पनि आफ्नो करिअरलाई ‘लालीबजार’ ले नयाँ उचाई दिनेमा विश्वस्त छन् । निर्देशनमा केही समय विश्राम लिएका निर्देशक थापाले यस पटकको कार्यशैलीले आफ्नो काम लाई झनै परिपक्क बनाएको बताए ।

उनले भने,‘मेरो एक भेटमा निर्देशक भट्टराई सँग काम गर्ने विषयमा छलफल भएको थियो । सोही क्रममा म षट्कोण आट्र्समा आइपुगेको हु, यहाँ आए पछि मसँग भएको एउटा आइडिया सेयर गरें । उहाँहरू लाई मन परेपछि हामीले काम अगाडि बढाएका हौँ, निर्देशनको जिम्मेवारी पनि मलाई नै दिनु भएको छ । यो मेरा लागि अवसर र चुनौती दुवै हो ।’

उनले फिल्मका अन्य कलाकार र विषय वस्तुका बारेमा क्रमशः जानकारी दिदै जाने बताउनु भयो । सार्वजनिक गरिएको पोस्टरमा केशव पाण्डेको फोटोग्राफी रहेको छ भने रोयल भीमसेन (ट्राइडेन्ट कन्सेप्ट) ले पोस्टर तयार पारेको हुन् ।

आगामी दसैँ लगत्तै छायाङ्कन गरिने ‘लालीबजार’ षट्कोण आट्र्स एकल निर्माता भएर निर्माण गरिरहेको पाँचौँ फिल्म हो । यसबाहेक ‘टल्कजङ्ग भर्सेस टुल्के’, ‘डाकिनी’, ‘सुपर मङ्क’ लगायतका फिल्ममा अन्य व्यानर सँग सहकार्य गरेको छ । 

  • 9shares
  • Share
  • Tweet
  • Facebook Messenger
  • WhatsApp
  • Email
  • Print
जनकपुरखबर संवाददाता

जनकपुरखबर संवाददाता

सम्बन्धित समाचार

मनोरन्जन

अदालती बहस देखि संगीतको धुन सम्म: सरकारी वकिलको एउटा ‘प्रेमकथा’

फाल्गुन १६, २०८२
मनोरन्जन

गायन छाड्ने अरिजितको निर्णयले आमिर भावुक, ‘सन्यास’ फिर्ता लिन विशेष आग्रह

फाल्गुन १२, २०८२
मनोरन्जन

आना शर्माको ‘रमिताको पिरती’ अदालतको कठघरामा

फाल्गुन ८, २०८२
मनोरन्जन

दोस्रो जनकपुर अन्तरराष्ट्रिय फिल्म महोत्सव शुरु

फाल्गुन ८, २०८२
मनोरन्जन

‘रमिताको पिरती’ र ‘कुमारी’ ले कति कमाए ?

फाल्गुन ५, २०८२
मनोरन्जन

चलचित्र ‘शिवांश : च्याप्टर १’ आजबाट प्रदर्शनमा

फाल्गुन १, २०८२

आफ्नो प्रतिकृया दिनुहोस्

ताजा खबर

“युवामा बढ्दै जोखिमपूर्ण व्यवहार: यौन शिक्षाको अभाव प्रमुख कारण”

फाल्गुन २९, २०८२

नेपाल आदिवासी जनजाति महासंघको ११औँ राष्ट्रिय महाधिवेशन चैत ५–६ मा काठमाडौंमा

फाल्गुन २९, २०८२

आजदेखि आधा भरिएको ग्यास सिलिण्डर बिक्री शुरु

फाल्गुन २९, २०८२

दिनको सुरुवात योग र ध्यानबाट गर्दा मानसिक स्वास्थ्यमा सुधार

फाल्गुन २९, २०८२

पोखरामा सम्पन्न नेपाल–भारत बैठक : विद्युत खरिद दरमा १.५ प्रतिशत वृद्धि

फाल्गुन २९, २०८२

शहीद परिवारलाई भेटेपछि सांसद खरेलले भने : जेनजी आन्दोलनको अपूरो सपना पूरा गर्छौं

फाल्गुन २६, २०८२

बाजुराकी भण्डारीले बाटोमै जन्माइन् बच्चा

फाल्गुन २६, २०८२

बैकल्पिक शक्तिको रूपमा उदाएको रास्वपा सबैभन्दा ठूलो दल

फाल्गुन २६, २०८२



प्रकाशक - जनकपुर खबर मिडिया ग्रुप प्रा.लि.
अध्यक्ष तथा प्रबन्ध निर्देशकः– रवि मंडल
सम्पादक - निरज कुमार मण्डल
+977-9854028150/9802328150
news@ejanakpurkhabar.com
सुचना बिभाग दर्ता नं. 2182/077-78

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

Send this to a friend