१२ असार,(मधेश प्रदेश) : जनकपुरमा आज देखि मुख्यमन्त्री अन्तर–प्रदेश कबड्डी प्रतियोगिता शुरु हुँदैछ ।आज बिहीबार देखि सुरु हुने प्रतियोगिता शनिबार सम्म सञ्चालन हुने छ । प्रतियोगितामा सातै प्रदेशका कबड्डी टोली सहभागी हुने छन् ।

मधेश प्रदेश सरकारले ५० लाख रुपैयाँको लागतमा कबड्डी प्रतियोगिता गराउन लागेको हो ।हरेक प्रदेश बाट १२ जनाका दरले ८४ जना खेलाडी सहभागी हुने छन् ।प्रतियोगिताको विजेतालाई २५ हजार, दोस्रो हुने टोलीलाई २० हजार र तेस्रो हुने टोली लाई १५ हजार रुपैयाँ नगद पुरस्कारको व्यवस्था गरिएको छ ।



















आफ्नो प्रतिकृया दिनुहोस्