काठमाडौं । जल तथा मौसम विज्ञान विभागका अनुसार समुद्री क्षेत्रबाट उत्पन्न मौसमी वायु प्रणाली नेपाल प्रवेश गरे सँगै कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा थप वर्षा, बाढी, पहिरो, चट्याङ, हुरी–बतास र डुवानको जोखिम बढेको छ।
यसै सन्दर्भमा नेपाल विद्युत प्राधिकरणले असोज १८ देखि २० गते सम्म विशेष सतर्कता अपनाउन आग्रह गरेको छ।
प्राधिकरणका प्रवक्ता राजन ढकालका अनुसार विद्युत संरचनामा सम्भावित क्षति रोक्न सबै प्राविधिक र कर्मचारी तयारी अवस्थामा राखिएका छन्। उनले भने, “विद्युत आपूर्ति अवरुद्ध भएमा यथासक्य छिटो मर्मत गरेर सेवा पुन :सञ्चालन गरिनेछ।”
प्राधिकरणले उपभोक्तालाई प्रतिकूल मौसमका बेला सुरक्षित स्थानमै बस्न, आकस्मिक अवस्थाबाहेक आवत–जावत नगर्न, विद्युतीय उपकरण सावधानीपूर्वक प्रयोग गर्न र आधिकारिक सूचना मात्र पालना गर्न अनुरोध गरेको छ।
त्यस्तै, विद्युत सेवा अवरुद्ध वा संरचना क्षतिग्रस्त भएमा नजिकैको वितरण केन्द्र वा हेल्पडेस्कमा सम्पर्क गर्न तथा हटलाइन नम्बर ११५० वा स्थानीय नो–लाईट नम्बर मा जानकारी दिन आग्रह गरिएको छ।



















आफ्नो प्रतिकृया दिनुहोस्