Janakpur Khabar
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
Janakpur Khabar
No Result
View All Result

बिना इजाजत फुसको छानाले बनेका चिया–क्याफेहरू सुरक्षा दृष्टिले खतरनाक

जनकपुरखबर संवाददाता जनकपुरखबर संवाददाता
पुस २३, २०८२
In स्थानीय
0

उपमहानगरपालिका मुकदर्शक, आगलागीको जोखिम बढ्दो

२३ पुष,जनकपुरधाम : जनकपुरधाम उपमहानगरपालिका क्षेत्र भित्र बिना कुनै इजाजत फुसको छाना प्रयोग गरी सञ्चालन गरिएका चिया तथा कफी क्याफेहरूको संख्या दिन-प्रतिदिन बढ्दै गएको छ। मुख्य सडक, बस्ती नजिक तथा सार्वजनिक स्थानहरूमा यस्ता क्याफेहरू खुलेआम सञ्चालनमा रहेका छन्, जसले सुरक्षा चुनौती थपिएको छ।

फुस, पराल र काठ जस्ता सजिलै बल्ने सामग्री प्रयोग गरिएका यी क्याफेहरू विशेष गरी युवा–युवतीहरूका लागि आकर्षक केन्द्र बन्दै गएका छन्। ग्रामीण शैली, प्राकृतिक वातावरण र सस्तो मूल्यका कारण दैनिक रूपमा ठूलो संख्यामा युवाहरू यहाँ भेला हुने गरेका छन्। तर आकर्षण सँगै जोखिम पनि उत्तिकै बढ्दै गएको छ।

खुला आगो, ग्यास चुलो तथा विद्युत् तारको अव्यवस्थित प्रयोगले कुनै पनि बेला आगलागी हुन सक्ने अवस्था रहेको छ। अधिकांश क्याफेहरूमा आगो निभाउने उपकरण, आपतकालीन निकास वा सुरक्षा मापदण्डको पालना भएको देखिँदैन।

स्थानीयवासीहरूको भनाइमा यस्ता क्याफेहरू धेरैजसो दर्ता, नक्सापास र अनुमतिविना सञ्चालन भइरहेका छन्। “युवाहरूको भीड हुने यस्ता स्थानमा सानो दुर्घटनाले ठूलो मानवीय क्षति हुन सक्छ,” एक स्थानीय बासिन्दा कैलाश महतोले चिन्ता व्यक्त गरे।

यस अवस्थामा स्थानीय प्रशासन तथा जनकपुरधाम उपमहानगरपालिकाले तत्काल अनुगमन गरी सुरक्षा मापदण्ड कडाइका साथ लागू गर्नुपर्ने आवश्यकता देखिएको छ। अनुमति बिना सञ्चालन भएका फुसका छानायुक्त क्याफेहरूलाई व्यवस्थित गर्न वा वैकल्पिक सुरक्षित संरचनामा सार्न ढिलाइ गरिए भविष्यमा ठूलो दुर्घटना निम्तिन सक्ने स्थानीयहरूको चेतावनी रहेको छ।

  • 6shares
  • Share
  • Tweet
  • Facebook Messenger
  • WhatsApp
  • Email
  • Print
जनकपुरखबर संवाददाता

जनकपुरखबर संवाददाता

सम्बन्धित समाचार

स्थानीय

इन्धन आपूर्तिमा सम्भावित चुनौती सवारी साधन प्रयोगमा संयम अपनाउनु पर्छ : डंगोल

चैत्र २२, २०८२
स्थानीय

काठमाडौं महानगरले वैशाख १ गते देखि रात्रिकालीन बस सेवा सञ्चालन गर्ने

चैत्र १९, २०८२
स्थानीय

गंगासागर क्षेत्रका अवैध टहरा हटाइयो, फुटपाथ पसलमा डोजर अभियान तीव्र

चैत्र १६, २०८२
स्थानीय

कार्यसम्पादन मूल्याङ्कनमा रौतहटको गौर नगरपालिका जिल्लामै प्रथम

फाल्गुन १, २०८२
स्थानीय

अब जाममुक्त बन्दै जनकपुरधाम: रामानन्द चौक–जनक चौक खण्डमा ‘वान-वे’ नियम लागू

माघ २१, २०८२
स्थानीय

जनकपुरधाममा एचपीभी खोप अभियान शुरु हुँदै, पाठेघरको मुखको क्यान्सर विरुद्ध नि:शुल्क खोप

माघ २१, २०८२

आफ्नो प्रतिकृया दिनुहोस्

ताजा खबर

फोहरबाट ऊर्जा: जनकपुरधामलाई सफा र समृद्ध बनाउने सुनौलो अवसर

असार २९, २०८३

इन्धन आपूर्तिमा सम्भावित चुनौती सवारी साधन प्रयोगमा संयम अपनाउनु पर्छ : डंगोल

चैत्र २२, २०८२

शनिबार र आइतबार सार्वजनिक बिदा दिने सरकारको निर्णय, नौं बजे देखि कार्यालय खुल्ने

चैत्र २२, २०८२

नवनियुक्त महान्यायाधिवक्ता कँडेलले गरे पदबहाली

चैत्र २२, २०८२

रामायणको तीनसय बर्ष पूरानो दुर्लभ पाण्डुलिपि संग्रहालयमा राखिने

चैत्र २१, २०८२

सरकारी मिडियालाई मात्र विज्ञापन : पारदर्शिता कि नियन्त्रणको रणनीति ?

चैत्र २१, २०८२

गृहमन्त्री सुधन गुरुङको पहिलो साता : धमाधम गिरफ्तारी र आक्रामक शैलीले तरंग

चैत्र २१, २०८२

वीरगन्जमा ११ वर्षीया बालिकामाथि यौन हिंसाको प्रयास, पसल सञ्चालक मिया पक्राउ

चैत्र २१, २०८२



प्रकाशक - जनकपुर खबर मिडिया ग्रुप प्रा.लि.
अध्यक्ष तथा प्रबन्ध निर्देशकः– रवि मंडल
सम्पादक - निरज कुमार मण्डल
+977-9854028150/9802328150
news@ejanakpurkhabar.com
सुचना बिभाग दर्ता नं. 2182/077-78

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

Send this to a friend