Janakpur Khabar
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
Janakpur Khabar
No Result
View All Result

रुस–युक्रेन युद्ध अन्त्यतर्फ प्रगति भएको ट्रम्पको दाबी

जनकपुरखबर संवाददाता जनकपुरखबर संवाददाता
माघ १७, २०८२
In अन्तराष्ट्रिय
0

एजेन्सी : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुस–युक्रेन युद्ध अन्त्यतर्फ केही सकारात्मक प्रगति भइरहेको दाबी गरेका छन्। तर युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की र रूसी राष्ट्रपति भ्लादिमिर पुटिन बीचको चिसिएको सम्बन्धका कारण शान्ति प्रयास भने जटिल बनेको पनि उनले स्वीकार गरेका छन्।

शुक्रबार ह्वाइट हाउसमा पत्रकारहरूसँग कुरा गर्दै राष्ट्रपति ट्रम्पले भने,“जेलेन्स्की र पुटिन एक–अर्कालाई घृणा गर्छन्, जसले समाधान निकाल्न निकै कठिन बनाएको छ। तर हामी सम्झौताका धेरै नजिक छौँ। यसलाई टुंग्याउने राम्रो सम्भावना देखिरहेको छु।”

ट्रम्पको यो अभिव्यक्ति उनले हालै राष्ट्रपति पुटिन सँग टेलिफोन संवाद गरेको खुलासा गरेको एक दिन पछि आएको हो। उक्त संवादमा ट्रम्पले कडा जाडोका कारण मानवीय अवस्था जटिल बनेको उल्लेख गर्दै कीभ तथा अन्य सहरहरूमा केही समय आक्रमण रोक्न अनुरोध गरेका थिए।

क्याबिनेट बैठकमा ट्रम्पले भने, “मैले व्यक्तिगत रूपमा राष्ट्रपति पुटिनलाई एक हप्ताका लागि कीभ र अन्य सहरहरूमा आक्रमण नगर्न आग्रह गरेँ, र उहाँ त्यसमा सहमत हुनु भयो। धेरैले फोन कल व्यर्थ जानेछ भनेका थिए, तर त्यसो भएन।”

आफ्नो अनुरोधको कारण स्पष्ट पार्दै ट्रम्पले युक्रेनमा असाधारण चिसो परिरहेको बताए। “त्यहाँ रेकर्ड तोड्ने जाडो छ। यो वासिङ्टनमा परेको चिसो सँग मिल्दोजुल्दो छ,” उनले भने।यद्यपि कूटनीतिक प्रयास जारी रहँदै गर्दा जमिनमा हिंसा भने रोकिएको छैन। युक्रेनी अधिकारीहरूका अनुसार बिहीबार राति दक्षिणी जापोरिझ्झिया क्षेत्रमा रूसी ड्रोन आक्रमणमा तीन जनाको मृत्यु भएको छ। यस्तै, राष्ट्रपति जेलेन्स्कीले रूसले अर्को ठूलो आक्रमणको तयारी गरिरहेको चेतावनी दिएका छन्।

यी घटनाक्रम आउँदो सप्ताहन्तमा अपेक्षित अमेरिकी मध्यस्थतामा हुने शान्ति वार्ताको पृष्ठभूमिमा भएका हुन्। यसैबीच, रूसले युद्ध अन्त्यका लागि वार्तामा सहभागी हुन युक्रेनी राष्ट्रपति जेलेन्स्कीलाई मस्को आमन्त्रण गरेको छ।

क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले बिहीबार उक्त जानकारी दिँदै गत साता अबुधाबीमा रूस, युक्रेन र अमेरिकाबीच सम्पन्न पहिलो त्रिपक्षीय बैठक पछि मस्कोलाई सम्भावित वार्ता स्थलका रूपमा विचार गरिएको बताएका छन्।

लगातार दोस्रो दिन वरिष्ठ क्रेमलिन अधिकारीहरूले जेलेन्स्की वार्ताका लागि तयार भए मस्कोमा स्वागत गरिने संकेत दिएका छन्। राष्ट्रपति सहायक युरी उशाकोभले युक्रेनी नेतृत्वले वार्ता प्रति सकारात्मक संकेत दिएमा संवादको ढोका खुला रहेको स्पष्ट पारेका छन्।

  • 5shares
  • Share
  • Tweet
  • Facebook Messenger
  • WhatsApp
  • Email
  • Print
जनकपुरखबर संवाददाता

जनकपुरखबर संवाददाता

सम्बन्धित समाचार

अन्तराष्ट्रिय

इरानसँग कूटनीतिक सम्झौता हुनेमा ट्रम्प आशावादी, वार्ताको तयारी भइरहेको दाबी

माघ १९, २०८२
अन्तराष्ट्रिय

भारत द्वारा नेपाललाई १२ अर्ब ८० करोड अनुदान घोषणा: ‘छिमेक पहिलो’ नीतिलाई निरन्तरता

माघ १९, २०८२
अन्तराष्ट्रिय

चीनले सुरु गर्यो एआईमा आधारीत रोबोट रेस्टुरेन्ट

माघ १८, २०८२
अन्तराष्ट्रिय

एनआरएनए अमेरिका र युएस नेपाल टुडेको संयुक्त पहलमा महिला दिवस लक्षित संवाद कार्यक्रम हुँदै

माघ १८, २०८२
अन्तराष्ट्रिय

चीनका सडकमा चालकविहीन कार, स्मार्ट यातायाततर्फ ठूलो फड्को

माघ १६, २०८२
अन्तराष्ट्रिय

डिजिटल पूर्वाधार साझेदारीमा विश्वासिलो विकल्पको रूपमा उदाउँदै भारत

अशोज २०, २०८२

आफ्नो प्रतिकृया दिनुहोस्

ताजा खबर

आइसीसी टी–२० विश्वकप : नेपाल इंग्ल्याण्डसँग ४ रनले पराजित

माघ २५, २०८२

कांग्रेस–कम्युनिस्ट असफल हुँदा देशमा असहज अवस्था आयो : उपेन्द्र यादव

माघ २५, २०८२

नेपाल–भारत सीमामा संयुक्त गस्ती

माघ २५, २०८२

आदिवासी जनजाति पत्रकारका माग र मुद्दामा सरकार गम्भीर नभएको गुनासो

माघ २४, २०८२

अभिनेता थापाको असामयिक निधन प्रति प्रधानमन्त्री कार्कीद्वारा दु:ख व्यक्त

माघ २४, २०८२

फागुन १ बाट रिलिज हुने सिनेमा ‘श्री बुकुरो: द होम कलिङ’को नयाँ गीत सार्वजनिक

माघ २४, २०८२

रास्वपाका उम्मेदवारले केन्द्रीय कार्यालयमा करारपत्रमा हस्ताक्षर गर्नुपर्ने

माघ २४, २०८२

चुनावी अभियानमा बालिकाको मृत्यु: रास्वपा द्वारा क्षतिपूर्ति र न्यायको प्रतिबद्धता

माघ २३, २०८२



प्रकाशक - जनकपुर खबर मिडिया ग्रुप प्रा.लि.
अध्यक्ष तथा प्रबन्ध निर्देशकः– रवि मंडल
सम्पादक - निरज कुमार मण्डल
+977-9854028150/9802328150
news@ejanakpurkhabar.com
सुचना बिभाग दर्ता नं. 2182/077-78

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

Send this to a friend