Janakpur Khabar
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
Janakpur Khabar
No Result
View All Result

एनआरएनए अमेरिका र युएस नेपाल टुडेको संयुक्त पहलमा महिला दिवस लक्षित संवाद कार्यक्रम हुँदै

जनकपुरखबर संवाददाता जनकपुरखबर संवाददाता
माघ १८, २०८२
In अन्तराष्ट्रिय
0

कोलोराडो, अमेरिका । अन्तर्राष्ट्रिय महिला दिवस २०२६ को अवसरमा गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् (एनसीसी) अमेरिका र युएस नेपाल टुडे डटकमको संयुक्त आयोजनामा विशेष संवाद श्रृंखला कार्यक्रम सञ्चालन हुने भएको छ ।

महिलाको स्वास्थ्य, सुरक्षा, सामाजिक सञ्जालको प्रभाव तथा नयाँ पुस्ताका महिला सम्बन्धी सवाललाई केन्द्रमा राखेर संवाद कार्यक्रम आयोजना गर्न लागिएको आयोजकले जनाएको छ ।

कार्यक्रम अन्तर्गत फेब्रुअरी १४ मा ‘महिला र स्वास्थ्य’, फेब्रुअरी २१ मा ‘एनआरएनए र दोस्रो पुस्ताका युवा महिला’, तथा फेब्रुअरी २८ मा ‘सामाजिक सञ्जाल र महिला सुरक्षा’ विषयमा संवाद सञ्चालन गरिनेछ । त्यसैगरी मार्च ८ अर्थात् अन्तर्राष्ट्रिय महिला दिवसकै दिन ‘अमेरिकामा घरेलु हिंसा र पारपाचुके किन बढ्दै छ?’ विषयमा विशेष छलफल आयोजना गरिनेछ ।

सबै संवाद कार्यक्रमहरू बिहान ९:३० बजे (न्युयोर्क समय) सुरु हुनेछन्। कार्यक्रम एनआरएनए एनसीसी अमेरिका र युएस नेपाल टुडे डटकमका आधिकारिक फेसबुक पेज मार्फत प्रत्यक्ष (लाइभ) प्रसारण गरिनेछ, जसबाट अमेरिका तथा विश्वभर रहेका नेपाली समुदायले सहभागिता जनाउन सक्नेछन्।

एनआरएनए एनसीसी अमेरिकाका अध्यक्ष सत्येन्द्र शाहका अनुसार संवाद श्रृंखलाको उद्देश्य महिलासँग सम्बन्धित समसामयिक मुद्दामाथि गम्भीर छलफल गर्नु, चेतना अभिवृद्धि गर्नु तथा समाधानका उपायहरू खोज्नु हो। महिला सशक्तीकरण, अधिकार र सुरक्षाका विषयमा सरोकारवाला निकाय तथा समुदायबीच खुला संवादको वातावरण सिर्जना गर्ने अपेक्षा गरिएको उनले बताए ।


एनआरएनए एनसीसी अमेरिका र युएस नेपाल टुडे डटकमले सबैलाई कार्यक्रममा सहभागी भई अन्तर्राष्ट्रिय महिला दिवस २०२६ लाई अर्थपूर्ण बनाइदिन आग्रह गरेका छन्।

  • 4shares
  • Share
  • Tweet
  • Facebook Messenger
  • WhatsApp
  • Email
  • Print
जनकपुरखबर संवाददाता

जनकपुरखबर संवाददाता

सम्बन्धित समाचार

अन्तराष्ट्रिय

इरानसँग कूटनीतिक सम्झौता हुनेमा ट्रम्प आशावादी, वार्ताको तयारी भइरहेको दाबी

माघ १९, २०८२
अन्तराष्ट्रिय

भारत द्वारा नेपाललाई १२ अर्ब ८० करोड अनुदान घोषणा: ‘छिमेक पहिलो’ नीतिलाई निरन्तरता

माघ १९, २०८२
अन्तराष्ट्रिय

चीनले सुरु गर्यो एआईमा आधारीत रोबोट रेस्टुरेन्ट

माघ १८, २०८२
अन्तराष्ट्रिय

रुस–युक्रेन युद्ध अन्त्यतर्फ प्रगति भएको ट्रम्पको दाबी

माघ १७, २०८२
अन्तराष्ट्रिय

चीनका सडकमा चालकविहीन कार, स्मार्ट यातायाततर्फ ठूलो फड्को

माघ १६, २०८२
अन्तराष्ट्रिय

डिजिटल पूर्वाधार साझेदारीमा विश्वासिलो विकल्पको रूपमा उदाउँदै भारत

अशोज २०, २०८२

आफ्नो प्रतिकृया दिनुहोस्

ताजा खबर

आइसीसी टी–२० विश्वकप : नेपाल इंग्ल्याण्डसँग ४ रनले पराजित

माघ २५, २०८२

कांग्रेस–कम्युनिस्ट असफल हुँदा देशमा असहज अवस्था आयो : उपेन्द्र यादव

माघ २५, २०८२

नेपाल–भारत सीमामा संयुक्त गस्ती

माघ २५, २०८२

आदिवासी जनजाति पत्रकारका माग र मुद्दामा सरकार गम्भीर नभएको गुनासो

माघ २४, २०८२

अभिनेता थापाको असामयिक निधन प्रति प्रधानमन्त्री कार्कीद्वारा दु:ख व्यक्त

माघ २४, २०८२

फागुन १ बाट रिलिज हुने सिनेमा ‘श्री बुकुरो: द होम कलिङ’को नयाँ गीत सार्वजनिक

माघ २४, २०८२

रास्वपाका उम्मेदवारले केन्द्रीय कार्यालयमा करारपत्रमा हस्ताक्षर गर्नुपर्ने

माघ २४, २०८२

चुनावी अभियानमा बालिकाको मृत्यु: रास्वपा द्वारा क्षतिपूर्ति र न्यायको प्रतिबद्धता

माघ २३, २०८२



प्रकाशक - जनकपुर खबर मिडिया ग्रुप प्रा.लि.
अध्यक्ष तथा प्रबन्ध निर्देशकः– रवि मंडल
सम्पादक - निरज कुमार मण्डल
+977-9854028150/9802328150
news@ejanakpurkhabar.com
सुचना बिभाग दर्ता नं. 2182/077-78

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

Send this to a friend