Janakpur Khabar
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
Janakpur Khabar
No Result
View All Result

कमला नदीको अस्थायी डाइभर्सनबाट कुलमान घिसिङको चुनावी शंखघोष

जनकपुरखबर संवाददाता जनकपुरखबर संवाददाता
माघ २२, २०८२
In निर्वाचन
0

२२ माघ ,सिराहा । उज्यालो नेपाल पार्टीका अध्यक्ष एवं पूर्वमन्त्री कुलमान घिसिङले बिहीबार सिराहा र धनुषाको सीमानामा पर्ने चर्चित कमला नदी पार गर्दै आफ्नो चुनावी अभियानको औपचारिक सुरुवात गरेका छन्। तराई–मधेशको लाइफलाइन मानिने हुलाकी राजमार्ग अन्तर्गतको यस क्षेत्रमा वर्षौँ देखि अलपत्र पुलको विकल्पमा निर्माण गरिएको अस्थायी डाइभर्सन प्रयोग गर्दै उनी सिराहा तर्फ प्रवेश गरेका हुन्।

ऊर्जा, भौतिक पूर्वाधार तथा शहरी विकास जस्ता महत्वपूर्ण मन्त्रालयको जिम्मेवारी सम्हालिसकेका घिसिङलाई स्वागत गर्न कमला पुल परिसरमा पार्टीका नेता, कार्यकर्ता र स्थानीयवासीको ठूलो उपस्थिति रहेको थियो, जसले यस क्षेत्रको राजनीतिक माहोललाई निकै तताएको छ।

विगत १४ वर्ष देखि पुल निर्माण कार्य पूरा नहुँदा स्थानीयले भोग्नु परेको सास्ती र जोखिमपूर्ण यात्राको अन्त्यका लागि घिसिङले भौतिक पूर्वाधार मन्त्री रहँदा विशेष चासो देखाएका थिए। गत मंसिर ५ गते पुलको स्थलगत निरीक्षणका क्रममा देखिएको जनगुनासो र जोखिमलाई मध्यनजर गर्दै उनले दिएको कडा निर्देशन पछि मात्र नदी क्षेत्रमा ह्युम पाइप राखेर यो अस्थायी आवत–जावतको व्यवस्था मिलाइएको हो।

वर्षौँदेखि लामो वैकल्पिक मार्ग प्रयोग गर्न बाध्य सवारीसाधन र सर्वसाधारणले अहिले अस्थायी रूपमै भए पनि नदी पार गर्न पाएपछि ठूलो राहत महसुस गरेका छन्। घिसिङले आफैँले सुरु गराएको डाइभर्सनबाट यात्रा गर्न पाउँदा खुसी व्यक्त गर्दै अलपत्र रहेको ४६९ मिटर लामो स्थायी पुलको बाँकी कामको पनि सुक्ष्म अवलोकन गरेका छन्।

यो चुनावी भ्रमण केवल सांकेतिक मात्र नभई तराईका जिल्लाहरूमा पार्टीको उपस्थिति मजबुत बनाउने रणनीतिक योजनाका रूपमा हेरिएको छ। आफ्नो अभियानका क्रममा घिसिङले धनुषा, सिराहा र सप्तरीका विभिन्न निर्वाचन क्षेत्रमा पुगेर पार्टीका उम्मेदवार, स्थानीय कार्यकर्ता र मतदाताहरूसँग प्रत्यक्ष संवाद गर्ने कार्यक्रम तय भएको छ।

विकास र समृद्धिको एजेन्डा बोकेर चुनावी मैदानमा उत्रिएका घिसिङले अधुरा पूर्वाधारलाई पूर्णता दिने र जनताका आधारभूत समस्या समाधान गर्ने प्रतिबद्धतालाई नै यस पटकको मुख्य चुनावी एजेन्डा बनाएका छन्।

  • 2shares
  • Share
  • Tweet
  • Facebook Messenger
  • WhatsApp
  • Email
  • Print
जनकपुरखबर संवाददाता

जनकपुरखबर संवाददाता

सम्बन्धित समाचार

निर्वाचन

रेनु दाहाललाई पराजित गर्दै सोविता गौतम निर्वाचित

फाल्गुन २३, २०८२
निर्वाचन

भारी मतकासाथ भक्तपुर–२ मा रास्वपाका राजीव खत्री विजयी

फाल्गुन २३, २०८२
निर्वाचन

झापा ५ मा बालेन ३८ हजार मतले अगाडि

फाल्गुन २३, २०८२
निर्वाचन

ललितपुर– २ मा रास्वपाका जगदीश खरेल विजयी

फाल्गुन २३, २०८२
निर्वाचन

चितवन–२ मा रास्वपा सभापति लामिछाने भारी मतले बिजयी

फाल्गुन २३, २०८२
निर्वाचन

विमलेन्द्र निधिलाई हराउँदै धनुषा ३ मा रास्वपाका मनिष झाको उदय

फाल्गुन २३, २०८२

आफ्नो प्रतिकृया दिनुहोस्

ताजा खबर

फोहरबाट ऊर्जा: जनकपुरधामलाई सफा र समृद्ध बनाउने सुनौलो अवसर

असार २९, २०८३

इन्धन आपूर्तिमा सम्भावित चुनौती सवारी साधन प्रयोगमा संयम अपनाउनु पर्छ : डंगोल

चैत्र २२, २०८२

शनिबार र आइतबार सार्वजनिक बिदा दिने सरकारको निर्णय, नौं बजे देखि कार्यालय खुल्ने

चैत्र २२, २०८२

नवनियुक्त महान्यायाधिवक्ता कँडेलले गरे पदबहाली

चैत्र २२, २०८२

रामायणको तीनसय बर्ष पूरानो दुर्लभ पाण्डुलिपि संग्रहालयमा राखिने

चैत्र २१, २०८२

सरकारी मिडियालाई मात्र विज्ञापन : पारदर्शिता कि नियन्त्रणको रणनीति ?

चैत्र २१, २०८२

गृहमन्त्री सुधन गुरुङको पहिलो साता : धमाधम गिरफ्तारी र आक्रामक शैलीले तरंग

चैत्र २१, २०८२

वीरगन्जमा ११ वर्षीया बालिकामाथि यौन हिंसाको प्रयास, पसल सञ्चालक मिया पक्राउ

चैत्र २१, २०८२



प्रकाशक - जनकपुर खबर मिडिया ग्रुप प्रा.लि.
अध्यक्ष तथा प्रबन्ध निर्देशकः– रवि मंडल
सम्पादक - निरज कुमार मण्डल
+977-9854028150/9802328150
news@ejanakpurkhabar.com
सुचना बिभाग दर्ता नं. 2182/077-78

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

Send this to a friend