Janakpur Khabar
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
Janakpur Khabar
No Result
View All Result

जनताको मत र जीतको असली हकदार जसपा नेपाल मात्रै हो: अध्यक्ष उपेन्द्र यादव

जनकपुरखबर संवाददाता जनकपुरखबर संवाददाता
माघ २३, २०८२
In निर्वाचन
0

२३ माघ ,सप्तरी । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले आसन्न प्रतिनिधिसभा निर्वाचनमा जनताको मत र जीतको असली हकदार आफ्नो पार्टी मात्र रहेको दाबी गर्नु भएको छ। सप्तरीको विष्णुपुर गाउँपालिका–७, इटहरीमा शुक्रबार आयोजित चुनावी छलफल तथा भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष यादवले मधेश जनविद्रोहको ऐतिहासिक स्वामित्व, निरन्तरको सङ्घर्ष र सीमान्तकृत समुदायका एजेन्डाका कारण जसपा नेपाल नै जनताको पहिलो रोजाइ हुनु पर्ने तर्क गर्नु भयो।

उहाँले कठोर सङ्घर्षबाट प्राप्त अधिकार र अवसरहरूको जगमा टेकेर बाँकी अधिकार प्राप्तिका लागि पनि आफ्नो पार्टी लाई जिताउनुको विकल्प नरहेको जिकिर गर्नु भयो।मधेश विद्रोहकै कारण आज सरकारी सेवा, सेना र प्रहरी लगायतका सुरक्षा अङ्गहरूमा मधेशी, महिला, दलित, आदिवासी जनजाति, थारु र मुस्लिम समुदायको प्रतिनिधित्व र आरक्षण सुनिश्चित भएको स्मरण गराउँदै उहाँले यसलाई आन्दोलनको ठूलो उपलब्धिका रूपमा चित्रण गर्नु भयो।

सप्तरी क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार समेत रहनु भएका यादवले विगतमा सरकारी कार्यालयहरूमा मधेशी अनुहार देख्न मुस्किल हुने अवस्था रहे पनि अहिले समावेशिताको बाटो खुलेको बताउनु भयो। यद्यपि, मधेशमा अझै पनि अशिक्षा र गरिबी व्याप्त रहेको औंल्याउँदै उहाँले अबको लडाइँ पूर्ण अधिकार र विकासका लागि केन्द्रित हुने स्पष्ट पार्नु भयो।

सङ्घीय संरचनामा प्रदेशहरू स्थापना भए पनि ती अझै अधिकारविहीन रहेको गुनासो गर्दै अध्यक्ष यादवले अब प्रदेशहरूलाई वास्तविक रूपमा अधिकारसम्पन्न बनाउने जिम्मेवारी आफ्नो पार्टीले पुरा गर्ने प्रतिबद्धता व्यक्त गर्नु भयो। उहाँले जनसङ्ख्याको आधारमा निर्वाचन क्षेत्र निर्धारण र विकासीय बजेट विनियोजन हुनुपर्ने माग गर्दै शोषित र उत्पीडित जनताको अधिकार प्राप्तिका लागि आन्दोलनलाई थप सशक्त बनाउनुपर्नेमा जोड दिनु भयो।

मधेशको स्वाभिमान उच्च राख्दै प्रदेशलाई आर्थिक रूपमा समृद्ध र सामाजिक रूपमा समावेशी बनाउन सम्पूर्ण प्रदेशवासी एक जुट हुनु पर्ने उहाँको भनाइ रहेको थियो।

  • 2shares
  • Share
  • Tweet
  • Facebook Messenger
  • WhatsApp
  • Email
  • Print
जनकपुरखबर संवाददाता

जनकपुरखबर संवाददाता

सम्बन्धित समाचार

निर्वाचन

रेनु दाहाललाई पराजित गर्दै सोविता गौतम निर्वाचित

फाल्गुन २३, २०८२
निर्वाचन

भारी मतकासाथ भक्तपुर–२ मा रास्वपाका राजीव खत्री विजयी

फाल्गुन २३, २०८२
निर्वाचन

झापा ५ मा बालेन ३८ हजार मतले अगाडि

फाल्गुन २३, २०८२
निर्वाचन

ललितपुर– २ मा रास्वपाका जगदीश खरेल विजयी

फाल्गुन २३, २०८२
निर्वाचन

चितवन–२ मा रास्वपा सभापति लामिछाने भारी मतले बिजयी

फाल्गुन २३, २०८२
निर्वाचन

विमलेन्द्र निधिलाई हराउँदै धनुषा ३ मा रास्वपाका मनिष झाको उदय

फाल्गुन २३, २०८२

आफ्नो प्रतिकृया दिनुहोस्

ताजा खबर

फोहरबाट ऊर्जा: जनकपुरधामलाई सफा र समृद्ध बनाउने सुनौलो अवसर

असार २९, २०८३

इन्धन आपूर्तिमा सम्भावित चुनौती सवारी साधन प्रयोगमा संयम अपनाउनु पर्छ : डंगोल

चैत्र २२, २०८२

शनिबार र आइतबार सार्वजनिक बिदा दिने सरकारको निर्णय, नौं बजे देखि कार्यालय खुल्ने

चैत्र २२, २०८२

नवनियुक्त महान्यायाधिवक्ता कँडेलले गरे पदबहाली

चैत्र २२, २०८२

रामायणको तीनसय बर्ष पूरानो दुर्लभ पाण्डुलिपि संग्रहालयमा राखिने

चैत्र २१, २०८२

सरकारी मिडियालाई मात्र विज्ञापन : पारदर्शिता कि नियन्त्रणको रणनीति ?

चैत्र २१, २०८२

गृहमन्त्री सुधन गुरुङको पहिलो साता : धमाधम गिरफ्तारी र आक्रामक शैलीले तरंग

चैत्र २१, २०८२

वीरगन्जमा ११ वर्षीया बालिकामाथि यौन हिंसाको प्रयास, पसल सञ्चालक मिया पक्राउ

चैत्र २१, २०८२



प्रकाशक - जनकपुर खबर मिडिया ग्रुप प्रा.लि.
अध्यक्ष तथा प्रबन्ध निर्देशकः– रवि मंडल
सम्पादक - निरज कुमार मण्डल
+977-9854028150/9802328150
news@ejanakpurkhabar.com
सुचना बिभाग दर्ता नं. 2182/077-78

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

Send this to a friend